गोरखा समाचारदाता
राष्ट्रिय जनावार गाई काटेर खाएको आरोपमा जिल्लाका ४ जना व्यक्ति बिरुद्ध गौबध मुद्दा दर्ता भएको छ ।
अजिकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङका आइते सार्की, मंगले सार्की, बुधे सार्की र राम सार्कीलाई गाई काटेर खाएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको हो । ‘हामीले उहाँहरुलाई प्रकाउ गरी कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाएका छौ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले भने ।

स्थानीयको सुराकीका आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा बुझाएको हो ।
चारै जना आरोपीका बारेमा जिल्ला अदालत गोरखा बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको रिजालले बताए ।




















