मोहसिन अलि मियाँ/गोरखा
दरौदी नदिमा अबैध दोहन बढेको भन्दै छेवेटारवासीले चिन्ता ब्यक्त गरेका छन् । दिनप्रतिदन दोहन बढेकाले खानेपानीका मुलहरु सुक्न थालेको, सिंचाइमा समस्या भएको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् । ‘दराँदीको यति दोहन भएको छ कि अहिले कसैको मृत्यु भयो भने त्याहा गएर चिता बनाउने ढुंगा पाउन पनि गाह्रो छ’ छेपेटर टोल विकास संस्थाका सचिव विनोद पाण्डेले भने ।
गोरखा नगरपालिका, सोच नेपाल र नेपाल पत्रकार महासंघ गोरखाको संयुक्त आयोजनामा गोनपा–१० छेपेटारमा भएको साझा सभा कार्यक्रममा बोल्दै सहभागीहरुले दरौदी नदिमा भइरहेको दोहन रोक्न नगरपालिकालाई आग्रह समेत गरेका छन् । त्यस्तै विद्यालय नजिकै क्रशर स्थापना भएकाले पठनपाठनमा समेत समस्या भएको भन्दै नगरपालिकालाई यथासिघ्र यसको समाधानका लागि पहल गरिदिन स्थानीयले माग गरेका छन् । ‘स्कुल नजिकै क्रशर छ, गरर टिप्परले गिटीबालुवा खन्याउदा त स्कुलै पुरै गुइरीमण्डल भएर पढाइ नै बन्द गर्नुपर्ने अवस्था हुन्छ, यो कस्ले स्विकृत दिएको हो यसको यथाशिघ्र समाधान हुनुप¥यो’ तारा मावीका शिक्षक विश्णु पाठकले भने ।
गोरखा आँबुखैरेनी सडकखण्डमा २५ मिटर क्षेत्र भित्रका भुकम्पपिडितलाई घर पुनःनिर्माणमा अन्यौल बढेको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका छन् । ‘म यस क्षेत्रको बासिन्दा पनि हुँ, रोडछेउमा घर भएकाहरुले अहिलेसम्म पनि भुकम्पपिडितको अनुदान पाउन सकेका छैनन्, कि पाउछ भन्नु परयो कि पाउदैन भन्दिनु भरयो, जनतालाई कति झुलाउने?’ पत्रकार महासंघ गोरखाका अध्यक्ष समेत रहेका किशोरजंग थापाले भने ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले बिभिन्न सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनताले हैरानी खेप्नु परेको बताएका छन् । त्यस्तै भुकम्प पिडितहरुले अनुदान बापतको रकम लिन बैंकमा पुग्दा समेत झन्झट खेप्नु परेको भन्दै गुनासो गरेका छन् । ‘सरकारले बैंकहरुलाई सहुलियतको ऋण उपलब्ध गराउन निर्देशन जारी गर्दा समेत बैंकका मेनेजरहरु आफ्नै खल्तीको पैसा माग्न आएजस्तो गरेर हप्काउछन, यो गुनासो कस्ले सुनिदिने हो ?’ तारा मावीका शिक्षक ऋषीराम सिलवालले भने ।
कच्ची सडकको मर्मत नहुदा सडक वरपर धुलोधुवा लगायतका समस्या बढि भएको, स्थानिय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्धनमा समस्या भएको भन्दै नगरपालिकाका प्रमुख एवं प्रतिनिधिहरुलाई गुनासो गरेका हुन् । 
कार्यक्रममा सहभागीहरुको गुनासो र प्रश्नको जवाफ दिदै गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले नगरपालिकाका कर्मचारीहरुले सेवा प्रवाहका क्रममा अनाबश्यक दुःख दिने गरेको पाइयो आफुले तत्काल कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘तपाईहरुलाई काम गर्दा पैसा माग्ने, अनाबश्यक दुःख दिने, झुलाउने गरेको भए सिधै मलाई भेट्नुस् त्यस्तालाई म कारवाही गर्छु, तत्काल त्यस्ता कर्मचारीलाई बर्खास्त गर्न सकिन भने म मेयर पदबाटै राजिनामा दिन्छु’ नगरप्रमुख पन्तले भने ।
त्यस्तै गोरखा–आँबुखैरेनी सडक खण्डमा २५ मिटर भित्र के कति भुकम्पपिडित छन् र उनिहरुको बैकल्पिक बासको ब्यवस्थापन लगायतका कुराहरुको पहिचान र तथ्यांक संकलन गरेर केन्द्रमा सिफारिस गर्न गृहकार्य भइरहेको नगरप्रमुख पन्तको भनाई छ ।
नगरप्रमुख पन्तले नगर क्षेत्र भित्र उत्पादन हुने बस्तुको बजार व्यवस्थापनका लागि निजि क्षेत्र संग सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भईरहेको जानकारी दिएका छन् । छेपेटारमा बस्ति बिकास तिब्र रपमा भइरहेकाले सुरक्षा व्यस्वस्था मिलाउन प्रहरी चौकीको स्थापनाका लागि समेत जिल्ला प्रहरी कार्यालयसंग छलफल अगाडी बढेको उनले बताएका छन् । त्यस्तै अनाधिकृत रुपमा दरौदी नदिको दोहन भएको पाइएमा तत्काल नगरपालिकालाई खबर गर्न नगर प्रमुख पन्तले आहवान समेत गरेका छन् ।
नगरपालिका भित्रका सडकहरुको स्तरोन्नतीका लागि आफुले प्राथामिकतामा राखेको भन्दै बिस्तारै गोरखा नगरपालिकालाई नमुना नगरपालिका बनाउन लागि परेको दावी गरेका छन् । एफ एच आइ ३६० र युएस एडको सहयोगमा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत भएको साझा सभामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयका प्रमुख वेद प्रसाद आचार्य, नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष देवीबहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
दरौंदी नदिमा अबैध दोहन बढेको प्रति स्थानीयको चिन्ता
दरौंदी नदिमा अबैध दोहन बढेको प्रति स्थानीयको चिन्ता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


