मोहसिन अलि मियाँ/गोरखा
बिभिन्न पाँच विधेयक पारित गर्दै गोरखा नगरपालिकाले पहिलो हिउँदे विधेयक नगर सभा सम्पन्न गरेको छ । नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको पहिलो हिउँदे विधेयक सभामा बिभिन्न पाँच विषयगत विधेयक सर्वसमत पारित गरिएको हो ।
स्थानीय सरकार संचालन सम्बन्धि ऐन आइसके पश्चात स्थानीय स्तरमा कानुनको आवस्यकता परेकाले नगरपालिकाले लामो कसरत र छलफल सहित विधेयक निर्माण गरि नगरसभामा पास गरिएको नगरप्रमुख पन्तले जानकारी दिएका छन् । ‘यत्रो समय हामी अन्यौलतामा थियौ, न कानुन थियो न ऐन, स्थानीय सरकार संचालन सम्बन्धि ऐन आइसकेपछि हामीले धेरै लामो कसरत र सरोकारवालाहरुसंग छलफल गरेर विधेयक बनाएर आज पारित ग¥यौ ।’
मंगलबार भएको नगर सभामा आर्थिक कार्यविधि, कृषि ब्यवसाय प्रवर्धन, सहकारी, शिक्षा र न्यायीक समितीले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यबिधिका सम्बन्धमा बनेको विधेयक माथी छलफल गरी पारित गरिएको हो । अबका दिनमा यि ऐन मार्फत बिभिन्न नियमावली तयार गरेर नगरपालिकाले काम कारबाही अघि बढाउनेबारे समेत छलफल भएको नगरप्रमुख पन्तको भनाई छ । ‘आजसम्म हाम्रो ऐन थिएन, त्यसकारण यहाँ बिभिन्न अराजकता थिए, ति सबै अराजकतालाई निरुत्साहित गर्ने उदेश्यले हामीले ऐनहरु बनाएका छौ, अब विनियमहरु बनाए कार्यान्वयनमा जान्छौ’ नगरप्रमुख पन्तले भने ।
नगरको विकासका निम्ती नगरसभा कोशेढुंगा सावित हुने दावी गर्दै पन्त भन्छन् ‘हामी गोरखा नगरलाई देशकै नमुना नगरका रुपमा विकास गर्न चाहान्छौ, त्यसका लागि आजको यो सभा महत्वपूर्ण बन्ने हामीले आशा राखेका छौ’
सभामा आर्थिक कार्यबिधि विधेयक र न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यबिधिका सम्बन्धमा बनेको विधेयक उपप्रमुख विनाकुमारी श्रेष्ठ, ब्यवसाय प्रवद्धन विधेयक वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर खड्का, सहकारी विधेयक वडा नम्बर १० का वडा अध्यक्ष देवि बहादुर बस्नेत र शिक्षा विधेयक वडा नम्बर २ का वडा अध्यक्ष रहमतुल्ला मियाँ प्रस्तुत गरेका थिए ।
त्यस्तै नगरसभाले नगरपालिकाको न्यायिक समितीलाई समेत पूर्णता दिलाएको छ । उपप्रमुख श्रेष्ठको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको हो । जसको सदस्यहरुमा कृष्णबाबु कुवँर र सावित्री थापा मगर रहेको पन्तको भनाई छ । ‘हाम्रो नगरको कार्यपालिका र ब्यवस्थापिका पहिले नै पूर्ण हुदै गर्दा आजसम्मपनि न्यायपालिकाले पूर्णता पाउन सकेको थिएन आज यस सभाले न्यायपालिकालाई पनि पूर्णता दिएर सबै प्रकारका अग्रान्सहरुलाई मजबुत बनाएर हिड्नका लागि सक्षम नगरपालिकाको रुपमा विकास गर्न यो सभा महत्वूिर्ण बन्नेछ’
यस्तै नगरपालिकाले चालु वर्षको दुई चौमासिकमा एक करोड ६१ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । फागुन मसान्त सम्म नेपाल सरकारको अनुदान सहित ३७ करोड ८५ लाख रुपैयाँ आम्दानी नगरपालिकाको देखिएको छ । अहिले सम्म नगरपालिकाले २१ करोड ९५ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख पन्तले सभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै गोरखा नगरपालिकाले नगरसभामा संसदिय पद्धतीको अभ्यास समेत गरेको छ । टेलिभिजन, पत्रपत्रिका लगायतका संचार माध्ययममा देखेका र पढेका भरमा पहिलो पटक संसदिय अभ्यास गरेको नगरपालिकाले यस नगरसभा गर्नका लागि केहि दिन अघि कार्यालयमा डेमो नगरसभा समेत गरेको थियो ।
गोरखा नगरपालिकाको हिउँदे विधेयक नगर सभा सम्पन्न, पाँच बिधेयक पारित
गोरखा नगरपालिकाको हिउँदे विधेयक नगर सभा सम्पन्न, पाँच बिधेयक पारित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


