नरेन्द्र ढकाल/गोरखा
चैत्र १४ गते । जिल्लाका ६ वटा कबुलियती वनमा विभिन्न व्यवसायिक काम हुने भएको छ । व्यवसायीक प्रयोजनका लागि कबुलियती बन उपलब्ध गराउने कार्यक्रम अन्र्तगत प्रस्ताव आब्हान गरिएका ती वनहरुमा पर्यापर्यटन व्यवसाय सञ्चालनका गर्न र जडिबुटी तथा कच्चा पदार्थ उत्पादनका लागि अनुमती दिने तयारी गरिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद भट्टले जानकारी दिए ।‘हाम्रो नियमित कार्यक्रम अनुसार नै केही ठाउँमा बोलपत्र आब्हान गरेका थियौ, सोही अनुसार उहाँहरुलाई अनुमती दिने तयारी गरिएको हो ।’
जसअनुसार अजिकोट गाउँपालिकाको नागेपोखरी, धार्चे र सुलिकोट गाउँपालिकाको धार्चे वन, शहिद लखन गाउँपालिकाको भुंग्रेलपाखा वन ताक्लुङ, गोरखा नगरपालिकको पश्चिमकाली, सुलिकोट गाउँपािलकाको मोम्जे डाडाँ बारपाक, कलकाङ र गुप्सीपाखा धार्चे लगायतका ठाउँ विभिन्न खालका पर्यापर्यटन उद्योग सञ्चालनका लागि जिल्ला वन कार्यालयले अनुमति दिने तयारी गरेको हो ।
धार्चेको गुप्सी पाखा बाहेक अन्यत्र सबै ठाउँमा १ वटा मात्र प्रस्ताव परेपछि इच्छुक सबैले काम गर्न पाउने भएका छन् । ‘नागेपोखरीमा चाँही प्रस्ताव परेन अरु सबै ठाउँमा प्रस्ताव परेको छ, अब प्रक्रिया पु¥याएर उहाँहरुले काम गर्न पाउनु हुनेछ’ भट्टले भने । उक्त कार्यक्रम सञ्चालनको लागि बनेको कार्यविधि २०६८ अन्र्तगत ती कबुलियती वनहरुमा पर्यापर्यटन व्यवसाय सञ्चालन गर्न र जडिबुटी तथा कच्चा पर्दाथ उत्पादन गर्न अनुमती दिएको सहायक वन अधिकृत भट्टले बताए ।
वन कार्यालयले गत माघ ४ गते प्रस्ताव आब्हान गरेको थियो । अनुपती पाएको संगठित सस्था वा उद्योगले वार्षिक ३५ हजार रुपयाँ तिररे अहिलेको सरचना नबिगारिकन पर्यापर्यटन उद्योग गर्नुपर्नेछ । ‘उहाँहरुलाई हामी निश्चित समय दिन्छौ, त्यहाँको सरचना नबिगिकन, थप वृक्षारोप गरेर, हरियाली प्रवद्र्धन गर्दै काम गर्नुपर्ने छ’ उनले भने ।
उक्त उद्योग सञ्चालन पछि स्थानीयको आर्य आर्जनमा वृद्धि हुनुका साथै खेरगइरेको वन क्षेत्रको सदुपयोग हुने सहायक वन अधिकृत भट्टले बताए ।


