गोरखा समाचारदाता
आफ्नै नगरपालिका भित्र जिल्लाका अन्य स्थानीय तहले स्वास्थ्य संस्थाको स्वामित्व ग्रहण गरिरहेका बेला गोरखा नगरपालिका भने अनुपस्थित भएको छ । गोरखा नगरपालिकालाई विशेष आग्रह गर्दा समेत हस्तान्तण कार्यक्रममा सहभागी नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।
‘पत्राचार मात्र होइन, म आफैले फोन गरेको छु, नगर प्रमुख ज्यू व्यस्तता रहेकाले आउन सकिन्न भन्नुभयो, उहाँहरु आउनु भएन्’ जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने‘ उपप्रमुखलाई पठाइदिन न त भन्दा पनि भ्याउन हुन्न भन्नुभयो ।’ मंगलबार नगरसभा गर्ने पुर्व निर्धारित कार्यक्रम भएको त्यसको तयारीका लागि कार्यपालिकाको बैठक राखिएकाले उक्त कार्यक्रमको सहभागी हुन नसकेको बताएको छ ।
‘हाम्रो पूर्व निर्धारित कार्यक्रम थियो, उहाँहरुले बोलाउनु भयो भनेर आफ्नो कार्यक्रम छोडेर जति बेला पनि जान मिलेन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ।
नगर प्रमुख पन्त र जनस्वास्थ्य प्रमुख पराजुली दुबैले अन्य कुनै कारण त्यस्तो नभएको दाबी गरे पनि अन्यत्रका स्थानीय तह सहभागी भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रतिनिधि सहभागी नहुनुलाई गम्भीर रुपमा लिएका छन् ।


