कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १२ गते । जिल्ला प्रहरी कार्यालय गोरखाको हाता भित्र महिला तथा बालबालिका सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । भवनको एक कार्यक्रम बिच प्रहरी अतिरिक्त महानिरिक्षक बम बहादुर भण्डारीले रिबन काटेर उदघाट्न गर्नु भएको थियो ।
घरेलु हिंसाबाट पिडीत तथा विभिन्न कारणले पिडामा परेका महिलाहरु न्यायका लागि कानूनी उपचार खोज्दा पुनः सोही घरमा बस्न जानु नपरोस भनेर भवनको निर्माण गरीएको हो ।
नेपाल सरकारको समन्वय तथा एशियाली बिकास बैंकको आर्थिक सहयोगमा निर्माण भएको उत्त भवन ३ सय ४५ मिटर स्क्वायरमा निर्माण भएको छ । भवनको पहिलो तलामा महिला तथा बालबालिकाको लागि छुटइएको छ भने दोस्रो तलामा महिला प्रहरीलाई आवासको ब्यवस्था गरीएको छ ।

मिटीङ्ग हल, कर्मचारी बस्ने कार्यालय कोठा, सोधपुछ कक्ष, शौचालय तथा भान्सा र पिडीत महिला तथा बालबालिका बस्ने गरी निर्माण भएको उत्त भवन १ करोड ४९ लाख ८३ हजार २ सय ८४ रुपैयाँ खर्च भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

भवन उदघाट्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक असोक गुरुङ्ग, जिल्ला भित्रको नगर पालिका तथा गाउपालिका प्रमुख तथा प्रतिनिधी, महिला तथा बालबालिका संग सम्बन्धी क्षेत्रमा काम गर्ने संघ संस्था, नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाका सभापति भगवानबाबु मास्के, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवन ज्योति श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय मातहात रहेका प्रहरी यूनिटका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।



