गोरखा समाचारदाता
गोरखा अस्पतालमा चार जना पाठेघर खसेका महिलाहरुको अप्रेशन भएको छ । आइतबारदेखि सुरु भएको पाठेघर खसेका महिलाहरुको निशुल्क अप्रेशन शिविरमा चार जनाको सफलतापूर्वक शल्यक्रिया भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले जानकारी दिएका छन् ।
पाठेघर सम्बन्धी समस्या भएका २० जना मध्येबाट ४ जनाको शल्यक्रिया भएको हो । ‘आज बिरामी त २० जना जति आएका थिए, तर अप्रेशन गर्नैपर्ने ४ जना थिए’ डाक्टर तिवारीले भने । शिविरमा आज पाँच जनाको शल्यक्रिया हुने बताइएको छ । उनिहरुलाई हिजैदेखि अस्पतालमा भर्ना गरेर राखिएको डाक्टर तिवारीको भनाई छ । पाटन अस्पतालका डाक्टर पवन शर्माको नेतृत्वको टोलीले पाँच दिनसम्म जिल्लाका पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ ।
केयर नेपालको आर्थिक सहयोग तथा श्री स्वाँरा सघन गाँउविकास केन्द्रको साझेदारीमा सञ्चालन भएको पाठेघर खसेका महिलाहरुको निशुल्क अप्रेशन शिविरमा १५ गतेसम्म चल्ने बताइएको छ । जिल्ला अस्पतालको समन्वयमा संचालन भएको शिविर अवधीभरमा करिब २५ जनाको शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ ।
पाठेघर खसेको शल्यक्रिया गोरखा अस्पतालमै
पाठेघर खसेको शल्यक्रिया गोरखा अस्पतालमै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















