- देवी मन्दिरमा भक्तजनहरुको भिड
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ११ गते । यस बर्षको चैते दसै र रामनवमी एकै दिन परेको छ । आईतबार परेको चैते दसैका कारण गोरखा जिल्लाको देवी मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।

देवी मन्दिरमा बलि दिने देखी विशेष पुजागर्नेहरुको भिड लागेको छ । गोरखाको गोरखकाली मन्दिर, गोरखनाथ तथा मनकामना मन्दिर, अकला, अन्नपूर्ण मन्दिरका साथै धेरै जसो देवी मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको हो ।

देवी मन्दिरहरुमा आजै ठुलो संख्यामा पशु बली समेत दिइने गरीन्छ । आजै गोरखाको गोरखकाली मन्दिर र मनकामना मन्दिरमा २ हजार भन्दा बढी पशुको बली हुने अनुमान गरीएको छ । त्यस्तै गरी जिल्ला भित्रको अन्य देवी मन्दिरहरुमा पनि त्यती कै संख्यामा पशु बलि हुने गर्दछ ।

- तस्बिरमा गोरखकाली मन्दिर तथा वरपरका केही दृष्यहरु








