गोरखा समाचारदाता
कुवँर राणा पाञ्चायन तथा कुल संरक्षण समिती गोरखाले २० जना बृद्धबृद्धालाई सम्मान गरेको छ ।
गोरखा नगरपालिका ११ कुवँरखोला स्थित ८० घर परिवारमा रहेको कुवँर राणाहरुको कुलबन्धुका २० बृद्धबृद्धालाई समितीले सम्मान गरेको सचिव शंकर कुवँरले जानकारी दिएका छन् । कुल बन्धुहरुको इतिहासका साक्षी मानेर ७५ बर्ष उमेर भन्दा माथीका बृद्धबृद्धालाई सम्मान गरेको उनको भनाई छ ।
कार्यक्रममा समितीका अध्यक्ष धन प्रताप राणा, सल्लाहकार नेत्र प्रताप कुवँर, सचिव शंकर कुवँर, कोषाध्यक्ष अर्जुन प्रताप वबरा लगायते मन्तब्य राखेका थिए ।


