गोरखा समाचारदाता
एकता समाज बिकाश केन्द्र गोरखाले निशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न गरेको छ । अजिरकोट गाँउपालिकाको भच्चेक बजारमा रहेको पशु सेवा केन्द्रको भबनमा भएको शिविरमा १ सय ८६ किसानले पशु जाँच गराएको आयोजक एकता समाजका दिनेश दानीले जानकारी दिएका छन् ।
जसमध्ये ९ सय १६ बाख्रा , १ हजार ५ सय ५१ कुखुरा , ५५गोरु, २९ रागा र २ सय ५ भैंसी को निशुल्क स्वास्थ्य जाँच गराइएको दानीको भनाई छ । साथै शिविरमा पशु सम्बन्धि बिभिन्न प्रकारका औषधी निशुल्क बितरण गरिएको छ । शिविरमा १ सय ९ भैसीको गोबर समेत परिक्षण गरिएको थियो ।
डा. दिपेन्द्र कडेलको नेतृत्वको टोलीले शिविरमा पशु स्वास्थ्य परिक्षण गरेको थियो ।
निशुल्क पशु स्वास्थ्य शिविरमा १८६ किसानले सेवा लिए
निशुल्क पशु स्वास्थ्य शिविरमा १८६ किसानले सेवा लिए
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


