गोरखा समाचारदाता
आफ्नै छिमेकीलाई बोक्सीको आरोप लगाउने एक महिलालाई कारवाहीमा परेकी छिन् । शहिद लखन गाउँपालिका वडा नम्वर ६ की ३८ बर्षिया पार्वती श्रेष्ठलाइ पुर्पक्षका लागी कारागार पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले श्रेष्ठलाइ बिहीबार पुर्पक्षका लागी थुनामा पठाइएको हो । सोही ठाउँकी मखना श्रेष्ठलाइ बोक्सीको आरोप लगाएको अभियोगमा श्रेष्ठ सहित उनकी १७ बर्षिया छोरी जानुका श्रेष्ठलाइ प्रहरीले पक्राउ गरेको थियो । छोरी जानुकालाइ भने धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।
छोरी बिरामी भएपछि मखनालाई उनीहरुले बोक्सीको आरोप लगाएको थिए ।




















