गोरखा समाचारदाता
पद्धती बिकास सेवा केन्द्रले गोरखा नगरपालिका वडा नम्बर ४ फिनाममा सञ्चालन गरेको कार्यक्रमको सार्वजानिक लेखा परिक्षण गरेको छ ।
सामुदायिक बिकास केन्द्रका अध्यक्ष जमिल मियाँको अध्यक्ष तथा वडा अध्यक्ष खोप बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सन २०१८ भित्र गर्ने कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गरिएको थियो ।
गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रले सामुदायिक बिकास परियोजना मार्फत वडा नम्बर ४ फिनाममा विद्यालय पुनर्निमाण, गाउँघर क्लिनिक सुद्रिढिकरण लगायतका कार्यक्रममा भएको खर्च विवरण सार्वजानिक गरेको पद्धती बिकास सेवा केन्द्रका शिक्षा अधिकृत भुपेन्द्र पोखरेलले जानकारी दिए ।
२९ करोड १४ लाख बजेड बिनियोजन गरिएको फिनाममा हाल सम्म १४ करोड १४ लाख रकम खर्च भएको र १५ करोड रकम खर्च गर्न बाँकी रहेको पद्धती बिकास सेवा केन्द्रले जानकारी दिएको छ ।
सन २०१८ को लागि सामुदायिक बिकास परियोजनामा १ करोड ८९ लाख अनुमानित बजेट निर्माण गरिएको गुड नेर्वस इन्टरनेशनलका जिल्ला संयोजक द्रोण जिसीले सहभागीहरुलाई जानकारी गराएको पोखरेलले बताए ।


