×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सन्तोषले मर्दैछुः इन्द्रबहादुर राई

  •  
  • बुधबार, फागुन २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सेवा भट्टराईकला संवाददाता, बीबीसी नेपाली

    मंगलवार राति भएको साहित्यकार इन्द्रबहादुर राईको निधनले नेपाली साहित्य जगत् मर्माहत भएको छ।

    ९१ वर्षीय साहित्यकार राईको दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको परिवारनिकट स्रोतले जनाएको छ।

    उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।

    भारतको दार्जिलिङमा जन्मेका इन्द्रबहादुर राई साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्।

    सन् १९७७ मा भारतको साहित्य अकादेमीले नेपाली भाषामा योगदानका लागि वार्षिक पुरस्कार दिन शुरू गर्दा इन्द्रबहादुर राईले ‘नेपाली उपन्यासका आधारहरू’ पुस्तकका लागि त्यो पुरस्कार जितेका थिए।

    इन्द्रबहादुर राई

    पश्चिमा समालोचनाका सिद्धान्तहरू प्रयोग गरेर नेपाली साहित्यको मूल्याङ्कन गरिएको ‘नेपाली उपन्यासका आधारहरू’ नेपाली समालोचना क्षेत्रको कोसेढुङ्गा मानिन्छ।

    नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा उनको योगदान रहेको बताइन्छ।

    ‘विपना कतिपय’ र ‘आज रमिता छ’ जस्ता शुरूवाती कृतिबाट राईले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको मानिन्छ।

    उनले शुरूवात गरेका आयामेली आन्दोलन र लीलालेखनबाट पछिल्लो पुस्ताका लेखकहरू प्रभावित भएको बताउँछन्।

    साहित्यमा बिताएको जीवन आफ्नै कृतिजस्तै लाग्ने उनले उल्लेख गरेका थिए।

    करिब एक वर्षअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “साहित्यकारका निम्ति जीवन के थोक हो, हामी बताउनै सक्दैनौँ।”

    त्यसलाई काममा लगाउँछौँ। तर पनि हामीले चाहेको जस्तो त्यो काममा लाग्दैन।

    केही केही काममा लाग्छ, त्यतिमै सन्तोक मान्नपर्छ जस्तो लाग्छ।

    जुन आफैँमा पनि हामीले लेखेमा भिन्दै कथा, भिन्दै उपन्यास हुन जानेछ।”

    त्यस्ता कथा लेख्ने लेखकहरूले भने कसैको पाइला नपछ्याइ आफ्नै बाटो पहिल्याउनुपर्नेमा उनको सधैँ जोड थियो।

    “हामी जहिले पनि आफ्नो बाटो खोजौँ। अरूको बाटो नसमातौँ,” उनले भनेका थिए।

    मौलिक सिर्जनाले मात्रै साहित्य समृद्ध हुने विचार राख्दै उनी भन्छन,”साहित्यमा ठूला लेखकलाई पछ्याउन खोज्यौँ भने देखि हामी कहीँका रहँदैनौँ।

    हामी कसैको बाटो हिँड्नु हुँदैन। आफ्नै बाटो खोज्नुपर्छ।

    आफ्नै बाटो पहिल्याउन सकेनौँ भनेदेखि लेखक, कवि नभए पनि भयो।”

    जीवनको उत्तरार्द्धमा राइ विस्मृति लगायतका विभिन्न स्वास्थ्य समस्या र पत्नीको निधनको दुःखद परिस्थितिको सामना गरिरहेका थिए। तर उनी निराश भने देखिँदैनथे।

    “म अघिको लेखक फेरि बनूँला भन्नेमा छैन, तर म सन्तुष्ट छु,”उनले आफ्नो जीवनलाई आफ्नै शब्दमा यसरी मूल्याङ्कन गरेका थिए।

    “मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु ।

    मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिँ त्यो व्यक्ति हुँ, म सक्छु।”

    राईको अन्त्येष्टि बिहीवार दार्जिलिङमा गरिने परिवारनिकट स्रोतले जनाएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.