×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शीर्ष नेताको सम्बोधन आज

  •  
  • मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन २२ गते । प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरूले प्रतिनिधिसभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँचवटै राष्ट्रिय दल तथा स्वतन्त्र सांसदहरूले संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा बैठक मङ्गलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार अधिवेशन सुरु भएकै दिन सम्बोधन गर्ने तयारी भए पनि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका र संसद् बैठक एकै समयमा परेपछि मङ्गलबारका लागि सम्बोधनको समय तोकिएको हो ।

    मङ्गलबार सबै दलका संसदीय दलका नेताहरूले नै सम्बोधन गर्ने भए पनि एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने सम्बोधन गर्नुहुनेछैन । एमालेका तर्फबाट वरिष्ठ नेतामध्ये एकले सम्बोधन गर्नुहुनेछ । एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक एवं सांसद भानुभक्त ढकालले प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने बताउनुभयो ।

    ढकालले भन्नुभयो, “सबै दलका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ तर प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्न ।एमालेका तर्फबाट पूर्वप्रधानमन्त्रीमध्ये एकले सम्बोधन गर्नुहुन्छ । ” प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच राष्ट्रिय दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले संसदीय दलको नेता चयन गरिसकेका छन् । काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेतामा चयन गरेको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं संसदीय दलको नेता हुनुहुन्छ । फोरम नेपालका उपेन्द्र यादव संसदीय दलको नेता चयन भइसक्नुभएको छ । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेताको चयन हुन बाँकी छ । संसद्मा राष्ट्रिय दलका नेतासहित स्वतन्त्र हैसियतमा रहनुभएका नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले मङ्गलबारको संसद्लाई सम्बोधन गर्नुहुनेछ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.