ब्रिटेनको विल्टशायरमा एउटा नाम नखुलेको पदार्थका कारण गम्भीर बिरामी परेका एकजना पुरुष ब्रिटेनका लागि जासुसी गरेको दोषमा रूसमा लामो समय जेल परेका व्यक्ति भएको बीबीसीले बुझेको छ।
६६ वर्षीय सर्गेइ स्क्रिपाललाई सन् २०१० मा रूस र अमेरिकाबीच जासुसी गरेको आरोप लागेपछि ब्रिटेनमा शरण दिइएको थियो।
स्क्रिपाल र ३३ वर्षीय महिला आइतवार सोलोजबरीस्थित किनमेल केन्द्रको एउटा बेन्चमा अचेत अवस्थामा भेटिएका थिए।
प्रहरीको सावधानीपछि सोलोजबरीको एउटा रेस्टुरेन्ट बन्द भएको छ।
ती जासुस जुन पदार्थले गम्भीर विरामी भए त्यो के हो भन्ने पहिचान भएको छैन।
तर ब्रिटेनको जनस्वास्थ्य संस्थाले त्यसले सर्वसाधारणको स्वास्थमा कुनै खतरा नगर्ने जनाएको छ।
विल्टशायरको प्रहरीले उक्त घटनालाई महत्वपूर्ण भनि व्याख्या गरेको छ र थुप्रै संस्थाहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन्।
प्रहरीले त्यो जोडीले कुनै अपराध गरेको छ कि भनेर पनि अनुसन्धान गरिरहेको छ।

किनमेल केन्द्रमा फेला परेको त्यो जोडीमा देखिने कुनै चोटहरू नभएको बताइएको छ।
प्रहरीले यसलाई आतंकवादी घटना नभएको भने पनि त्यसबारे पनि अनुसन्धान भने जारी रहेको जनाएको छ।
युरोपमा भूमिगत रहेका रूसी जासुसहरूको पहिचान ब्रिटेनको गुप्तचर सेवा एमआइसिक्सलाई उपलब्ध गराएको अभियोगमा उनलाई दोषी ठहराइएको थियो।
पछि सन् २०१० मा उनलाई ब्रिटेनमा शरण दिइएको हो।
उनी र उनीसँगै अचेत अवस्थामा फेला परेकी महिलालाई सोलोजबरीस्थित अस्पतालको सघन कक्षमा उपचार गराइएको छ।
BBC


