×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

डाइबिटिज पाँच प्रकारका, उपचारविधि पनि फरक हुने

  •  
  • मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हालसम्म जम्मा दुई प्रकारको मात्र हुने भनी उपचार भइरहेको डाइबिटिज रोगको विभिन्न पाँच प्रकारले वर्गीकरण गर्न सकिने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले बताएका छन्।

    गत शुक्रवार सार्वजनिक गरिएको त्यस्तो अनुसन्धान परिणामले उक्त रोगको सही निदान गर्न चिकित्सकहरूलाई सघाउ पुग्ने ठानिएको छ।

    साथै डाइबिटिजका कारण उत्पन्न हुने घातक जटिलताहरूको पनि ठिक ढङ्गले अनुमान गर्न सकिने आशा व्यक्त गरिएको छ।

    एउटा प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यानसेट डाइबिटिज एण्ड एन्डोक्राइनोलोजी’ मा प्रकाशित अनुसन्धान नतिजाले वयस्कहरूमा हाल निदान हुने गरेका दुई प्रकारको साटो डाइबिटिज रोगको पाँच विशिष्ट प्रकार हुन सक्ने पत्ता लागेको जनाएको छ।

    विभिन्न पाँच फरक प्रकारका डाइबिटिजको पहिचान गरिएको बताउने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले झण्डै १५ हजार मानिसहरूमा अध्ययन गरेका थिए। र तिनीहरुको रगतको नमुनाको विस्तृत विश्लेषण गरिएको थियो।

    वैज्ञानिकहरूका अनुसार ती पाँच प्रकारमध्ये प्रत्येकको कारण, जटिलता र उपचार फरक फरक छ।

    स्क्यान्डिनेभियाका बासिन्दाहरूमा गरिएको उक्त अनुसन्धानले डाइबिटिजबाट पीडित बिरामीहरूलाई तिनीहरुको व्यक्तिगत आवश्यकता र समस्या अनुरूपकै उपचार पद्धति विकास गर्नमा सघाउ पुग्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्।

    डाइबिटिजका कारण मानिसको शरीरमा रहेको रगतमा चिनीको मात्रा अनियन्त्रतित बन्न पुग्छ।

    टाइप वान डाइबिटिजलाई अटोइम्युन रोग भनिन्छ भने टाइप टु डाइबिटिज मानिसको खराब जीवनशैलीसँग सम्बन्धित छ।

    मधुमेह

    तर यो पछिल्लो अनुसन्धान गरेका वैज्ञानिकहरू भन्छन् डाइबिटिज रोगको अवस्था बारेको चित्र झन् जटिल छ।

    संसारमा ११ जनामध्ये एकजना वयस्कमा डाइबिटिज रोग देखिएको छ।

    लण्डनस्थित इम्पिरिअल कलेजमा वरिष्ठ चिकित्सा अनुसन्धान फेलोका रूपमा कार्यरत डा. भिक्टोरिया सलेम भन्छिन् – स्क्यान्डिनेभियाका बिरामीहरूमा गरिएको अनुसन्धानको नतिजा अन्यत्रका विरामीसँग पनि मिल्छ कि मिल्दैन भन्ने स्पष्ट भएको छैन।

    “उदाहरणका लागि दक्षिण एशियालीहरूको हकमा त्यस्तो नतिजा मिल्दैन। त्यसैले अबको कदम भनेको अन्य जातीयता भएका मानिसहरूमा यस्तो प्रकारको अनुसन्धान हुनुपर्छ,” उनी भन्छिन्।

    अन्तर्राष्ट्रिय डाइबिटिज महासङ्घका अनुसार हाल संसारमा ४२ करोड मानिसहरू डाइबिटिजबाट पीडित रहेको र सन् २०४५ सम्ममा त्यो संख्याले ६२ करोड नाघ्ने अनुमान छ।

    टाइप वान डाइबिटिज बालककालमा नै निदान हुने गर्छ जसमा मानिसको शरीरले रगतमा चिनीको मात्रा नियमित तुल्याउने हर्मोन इन्सुलिन निर्माण गर्नै सक्दैन।

    टाइप टु डाइबिटिज भएका विरामीहरुको शरीरले इन्सुलिन उत्पादन त गर्छ तर पर्याप्त मात्रामा होइन। त्यसो हुँदा रगतमा ग्लुकोजको मात्रा बाँकी नै रहन्छ।

    यस्तो प्रकारको डाइबिटिजको सम्बन्ध चर्को मोटोपनासँग हुन्छ र समयक्रममा त्यसबाट अन्धोपन, मृगौलामा खराबी, मुटु रोग र मस्तिष्काघात समेत हुनपुग्छ।

    जटिल अवस्थामा बिरामीहरूको हातखुट्टा समेत काट्नु पर्ने हुन सक्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.