×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सार्वजनिक जग्गा मिचेर बनाइएका भवन भत्काउन मेयर आफै पुगे

  •  
  • सोमबार, फागुन २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशान्त माली

    फाल्गुन २१, २०७४ काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको भवन भत्काउने अभियान सुरु गरेको छ । महाराजगञ्जस्थित सोमबार राष्ट्रपति भवन शितल निवास नजिकैको काठमाडौं होटेलले ६ आना सार्वजनिक जग्गा ओगटर बनाइएको भवन भत्काइयो ।

    काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफैले गल र ३ नम्बर वडाध्यक्ष दिपक केसीले हथौंडाले भवनको पर्खालमा हानेर भत्काउने अधियान सुरु गरेका थिए ।
    काठमाडौं महानगरपालिकाका मेयर शाक्यले अब क्रमश सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना खाली गर्दै जाने बताए । ‘यस अभियानमा सर्वसाधारणले पनि साथ दिनुपर्छ,’ उनले भने, ‘वडा कार्यालयलाई केन्द्रको पूर्ण समर्थन हुनेछ ।’
    उनले भत्काउन पूर्व जग्गा मिचेर बनाइएका सम्बन्धित व्यक्तिलाई सुचना दिइने बताए । ‘आफैले भत्काउन अटेर गरेमा महानगरपालिकाले भत्काउनेछ,’ उनले भने, ‘राजधानीमा सबभन्दा ठुलो समस्या खुला क्षेत्र अभाव हो ।’ उनले सार्वजनिक जग्गामा संरचना बनाउने प्रवृति अन्त्य गर्ने बताए । ‘खुला क्षेत्रमा युवाहरुलाई खेलकुद मैदान र बालबालिकालाई चिल्ड्रेन पार्क बनाइनेछ,’ उनले भने ।
    महानगरपालिका–३ नम्बर वडा कार्यालयसँगै जोडिएको उक्त भत्काइएको जग्गामा मल्टी परपोज विल्डिङ बनाउने महानगरपालिकाको योजना छ । महानगरपालिकाका अधिकारीहरुका अनुसार भवनमा युवाहरुलाई लक्षित गरि बिहान योगा र व्यायाम गर्न मिल्ने, दिउँसो ज्येष्ठ नागरिक आश्रम र साँझ बालिबालिकालाई हुने गरि संग्रहालय र पुस्तकालय बनाइनेछ । काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष केसीले काठमाडौं होटेलका सञ्चालकलाई भत्काउन पटक पटक लिखित तथा मौखिक जानकारी गराएको बताए । ‘तर, अटेर गरेपछि महानगरपालिका आफैले भत्काउन सुरु गरेका हौं,’ उनले भने, ‘अन्य सार्वजनिक जग्गा मिचेर बनाइएहरु व्यक्तिहरु सहमतिमा आएमा क्षतिपूर्तिसमेत दिन तयार छौं । नत्र एक्सनमा जान बाध्य हुनेछ ।’
    महानगरपालिकाका अधिकारीहरुका अनुसार भत्काइएको उक्त जग्गा चलनचल्तिको मूल्य अनुसार प्रति आना एक करोड रुपैया पर्छ । उनीहरुका अनुसार विश्व हिन्दु महासंघले बाँसबारीमा २२ रोपनी, गाइत्री समाजले ४२ आना र अन्यले १६ रोपनी सार्वजनिक जग्गा मिचेको छ । यी बाहेक ३ नम्बरमा मात्रै ३० रोपनी सार्वजनिक जग्गा मिचेर संरचना बनाइएको वडाध्यक्ष केसीले बताए । उनी भन्छन्, ‘अतिक्रमणमा परेका सम्पूर्ण जग्गा तीन महिनाभित्रमा फिर्ता लिइनेछ ।’
    रानीबारीको लथालिंग अवस्थामा रहेको एक सय ३६ रोपनी जग्गामापनि व्यवस्थित पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । ‘पार्क बनाउन चालु आवमा दुई करोड रुपैया बजेट विनियोजित छ,’ वडाध्यक्ष केसीको भने, ‘पहिलो चरणको काम सम्पन्न भएर दोस्रो सुरु भइरहेको छ ।’ पार्क निर्माणसँगै रानीबारीमा लागु पर्दाथ दुर्व्यासनी र यौनजन्य क्रियाकलाप ठप्प हुने महानगरपालिकाको भनाई छ । ३ नम्बरमा कुल २ सय रोपनी सार्वजनिक जग्गा छ ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.