नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
उनले प्रकाशमान सिंहलाई पराजित गरेका हुन्।
देउवाले ४४ र सिंहले १९ मत पाएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए।
प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई संसदीय दलको नेता नबन्न दबाब दिएको थियो।
चुनावमा कांग्रेसले हार बेहोरेको विषयलाई लिएर उक्त समूहले देउवाको आलोचना गर्दै आएको थियो।
तर देउवाले त्यसको बचाउ गर्दै आएका छन्।
दुवै पक्षबाट सर्वसम्मतिको प्रयास भएपनि त्यो सफल हुन सकेन।
त्यसपछि देउवा र सिंहको उम्मेदवारी परेको थियो।
BBC


