गोरखा समाचारदाता
फाल्गुण १९ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्यको संयुक्त बैठक आज सनिबार बस्ने भएको छ । एकीकरण प्रक्रिया सुरु भइरहेको बेला प्रतिनिधिसभा सदस्यको संयुक्त बैठक शनिबार बस्ने भएको हो । माघ २० गते हुने प्रतिनिधिसभा सदस्यको शपथग्रहण हुनुभन्दा एक दिनअघि दुई दलका सांसदको संयुक्त भेला बोलाएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने सो संयुक्त भेलालाई एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ । दुवै नेताले देशको समसामयिक राजनीतिक अवस्था, पार्टी एकीकरणको प्रक्रिया, संसद्मा प्रस्तुति लगायत विषयमा सांसदलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।
सङ्घीय संसद्को पहिलो बैठक फागुन २१ गते बस्दैछ । संसद्मा एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद हुनुहुन्छ ।




















