यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो ।
गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ रेक्टर स्केल भन्दा मुनिका परकम्प दिनहुँ जसो गइरहेका छन् ।


