×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कालीगण्डकी करिडोरको ‘ट्र्याक’ खुल्यो

  •  
  • शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौंँ, फागुन १८ गते । भारतको सुनौलीलाई कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीनसम्म जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मीमा नेपाली सेनाले ट्र्याक छिचोलेपछि सुनौली अब कोरला नाकासित जोडिएको हो ।
    नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बागलुङ र गुल्मी जिल्लामा पर्ने करिडोरको ७६ किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरिसकेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नेपालसहित एसियाकै दुई आर्थिक शक्ति भारत र चीनलाई जोड्ने चीनको कोरलादेखि भारतको सुनौली जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले खोलिएको ट्र्याक फराकिलो पारेर सडक कालोपत्रे गर्नका लागि ठाउँठाउँमा निर्माण भइरहेको समेत जानकारी दिनुभयो ।
    करिडोरअन्तर्गत बागलुङ र गुल्मी जिल्लामा पर्ने खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरेको थियो भने बाँकी खण्डमा सडक विभागले विभिन्न निर्माण कम्पनीमार्फत ट्र्याक खोल्ने काम गरेको थियो । बागलुङ र गुल्मीमा यो करिडोर ७६ किलोमिटर पर्छ ।
    दुई वर्षअघि चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गरेपछि यस करिडोरको निर्माणले गति लिएको हो । कोरलादेखि सुनौलीसम्म ४३५ किमि लामो यस करिडोरमा दुई लेन (नौ मिटर चौडाइ) को सडक निर्माण गर्न लागिएको हो । यो करिडोर निर्माणले प्रदेश ४ र ५ लाई मात्र नभई सिङ्गै मुलुकको नै आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ ।
    कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किलोमिटर, कागबेनीदेखि बागलुङसम्म ९५ किलोमिटर, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किलोमिटर, रिडीदेखि बुटवलसम्म ६८ किलोमिटर र बुटवलदेखि सुनौलीसम्मको २५ किलोमिटर यस करिडोरअन्तर्गत पर्छ । कोरलादेखि १७ किलोमिटर उत्तरमा चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ ।
    बागलुङ र गुल्मी खण्डमा सेनाद्वारा निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँंदै सैनिक प्रवक्ता भण्डारीले तीन ठाउँमा बेलिब्रिज राख्ने काम पूरा भएको र अरू ठाउँको पहिचान भइरहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा यो खण्डको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
    सडक विभागका प्रवक्ता मुक्ति गौतमले करिडोरको निर्माण दु्रत गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ । यसका लागि विनियोजित रकम प्रथम चौमासिक (असोज)मा सकिइसकेको छ । ”
    चालू आर्थिक वर्षमा विनियोजित रकम र थप १० करोड रुपियाँ सकिएको तथा थप रकम अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी प्रवक्ता गौतमले दिनुभयो । अबको दुई वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
    चालू आर्थिक वर्षमा कालीगण्डकी करिडोरअन्तर्गत पर्ने राम्दी–मालढुङ्गा सडकखण्डका लागि ४५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने बेनी–जोमसोम सडकखण्डका लागि थप ४५ करोड रुपियाँ छुट्ट्याइएको छ । गत वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्डका लागि २८ करोड ८२ लाख रुपियाँ विनियोजन गरिएको थियो ।
    भौगोलिक विकटताका कारण यस करिडोरमा सोचेजस्तो काम गर्न नसकेको सडक विभागको भनाइ छ । प्रवक्ता गौतमले भन्नुभयो, “कतिपय ठाउँमा हेलिकोप्टरबाट सामान ओसारेर र डोजर लगेर यस करिडोरमा काम गर्नुपर्ने अवस्था छ । ”
    करिडोर निर्माणसँगै नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पुरयाउने विश्वास गरिएको छ । कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.