वातावरणविद्हरूलाई निराश बनाउँदै ब्रजिलको सर्वोच्च अदालतले अमाजोनस्थित घना जंगलको संरक्षण गर्ने कानूनमा गरिएका व्यापक परिवर्तनहरूलाई अनुमोदन गरेको छ।
ब्रजिलको संसद्ले पाँच वर्षअघि उक्त कानून अनुमोदन गरेको भएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन।
त्यसमा विगतमा गैरकानूनी रूपमा विश्वको सबैभन्दा ठूलो वन क्षेत्रमा सन् २००८ सम्म गरी झण्डै दुई दशकसम्म गरिएको जंगल फडानीमा सजाय पाएका व्यक्तिहरूलाई आममाफी दिने व्यवस्था राखिएको थियो।
ब्रजिलको सबैभन्दा शक्तिशाली कृषि वकालतकर्ता समूहले अदालतको निर्णयको स्वागत गरेको छ।
उक्त समूहले फौजदारी अभियोगबाट उन्मुक्ति पाएपछि अब उत्पादनकर्ताहरू अर्थतन्त्र उकास्नमा केन्द्रित हुने टिप्पणी गरेको छ।
वातावरणविद्हरूले उक्त परिमार्जित कानूनले गैरकानूनी वन फडानीलाई वैधता दिने बताउने गरेका छन्।

उक्त कदमले वृक्षारोपण गर्नुपर्ने र पुनः जंगली क्षेत्रमा रूपान्तरण गर्नुपर्ने झण्डै इट्लीको क्षेत्रफल बराबरको जग्गालाई उक्त आदेशले खाली जमिनका रूपमा राखिरहन छुट दिने उल्लेख गरेका छन्।
तर एकजना सर्वोच्च अदालतका न्यायाधीशले वातावरण संरक्षण र आर्थिक विकास दूवैमा सन्तुलन मिलाउनुपर्नेमा जोड दिएका छन्।
BBC


