- एक अवधारणा
बद्री बहादुर मास्के
१. पृष्टभुमी
गोरखाबजार उच्चपहाडमा अवस्थित सानाशहर (Emerging Town) मा रुपान्तरित भईरहेको पुरानो राजधानी तथा ऐतिहाँसीक बजार हो । नेपालको प्रमुख शहरहरु र, पृथ्वि राजमार्ग यहाँवाट नजिक पर्दछ । साथै ऐतिहाँसीक तथा धार्मीक स्थाल भएको गोरखाबजारमा पर्यटकहरुको आवागमन प्रशस्तै हुने गरेकोछ । तर, गोरखाबजारमा नगरमा हुनुपर्ने गुणहरु भने पटक्कै देखिएको छैन । यसैले गोरखा आउने पर्यटकहरु छिट्टै फर्कने गरेका छन् । गोरखाबजारको अर्थिक विकासका लागि पर्यटकीय पुर्वाधार विकास बाहेक अन्य विकल्प देखिन्न । एउटा पर्यटक असन्तोष भएको खण्डमा धेरै पर्यटकहरुलाई प्रभाव पार्नेहुँदा पर्यटकीय पुर्वाधारहरुको विकास अत्यन्त जरुरी छ । यस्तो पुर्वाधार विकास भनेको मुख्यगरेर खानेपानी र ढलनै हुन् । यसपछि पर्यटकलाई आवश्यक पर्ने अन्य मनोरंजन तथा सेवासुविधाका साधनहरु पर्दछन । गोरखाको पर्यटन विकास गोरखालीको शाझा कार्यक्रम हो । यसले प्रत्यक्ष वा परोक्ष रुपमा सबै गोरखालीलाई फाईदा पुग्नेछ ।
२. जलश्रोतको उपयोग र खानेपानी
खानेपानीको वारेमा अगाडी पनि मैले स्थानिय तथा राष्ट्रीय पत्रीका मार्फत केहि चर्चा गरेको थिएँ । अहिले पुनः गोरखा बजारकै विषमा केहि थप चर्चागर्न चाहान्छु । विस्वमा अहिले पानीको निक्कै समस्या देखिन थालेकोछ । विभिन्न देसमा पानीका कारण यूध्द हुनसक्ने संभावना देखापरेको छ । अफ्रीकन मुलुकहरुमा पानी नभएर बसाईसराईको समस्या आईरहेको छ । दक्षिण भारतमा वर्षौ देखिको खानेपानी अभावका कारण नागरिकहरु मरिरहेका छन । पानीकै कारण भारत नेपाललाई चिढाउन कदापी चाहाँदैन । बेल्जीयम पछिको दोश्रो जलश्रोतका धनिदेस नेपाल भनिन्छ, तर देसमा भने जनताले खानेपानी पाईरहेको अवस्था छैन । प्राप्त जलश्रोतको सहि सदुपयोग र प्रवर्धन हुन सकिरहेको छैन । त्यहि जलश्रोत पनि हिमालमा हिउँ रहेसम्म मात्र हुनसक्छ, योपनि घट्दै गएको हुँदा कुनै न कुनै दिन विकराल समस्या नआउला भन्न सकिन्न । विभिन्न देसहरुले आफुसंग भएको पानीलाई संरक्षण संवर्धन गर्ने योजनाहरु अगाडी सारेकोछ । चिनले पानीको प्रबर्धन गर्ने नाममा व्हांङ्गो नदिलाई फर्काएर आफ्नै देसमा घुमाई दिंदा भारत र बंगलादेसलाई समस्यामा पारेको हामिले सुनिरहेकै छौं । हुन त हाम्रो देसमा पनि पानीका योजनाहरु बन्दै नबनेका त होईनन्, तर योजना बनेपनि कार्यान्वयन पक्षभने अतिसुस्त अवस्थामा छन् । केहि समय अगाडी मैले फेसबुक मार्फत साथिहरुको माझमा दरौंदीको पानीलाई अँबुवामा बाँधहालि जलभण्डारको रुपमा, जलासयको रुपमा, सिँचाईको रुपमा र जलाधारको रुपमा प्रयोग गर्न प्रस्ताव गरेको थिएँ । कतिपय साथिहरुले यसलाई महत्वकाँक्षी प्रस्ताव भनेर उडाएका थिए । तर यो योजना दिर्घकालिन सोंचमा निर्माण गर्ने होभने गोरखाको आर्थीक विकासमा टेवा पु¥याउने छभन्ने लागेकोछ ।
पृथ्वीनारायण सानासहरी खानेपानी आयोजनाले २०६० सालमा मुख्यबजार क्षेत्रको घरधुरी सर्भेक्षण गर्दा ९०० घरधुरी थियो भने बसाई सराईका कारण अहिले २०७४ सालमा करिब ५००० घरधुरी पुगि सकेकोछ । घरधुरी मात्र बृध्दि भएको छैन, पानी उपभोग गर्ने विद्यालयका शिक्षक, विद्यार्थी र अविभावकहरु अनि सेवाग्राही र कर्मचारीहरु पनि त्यत्तिकै थप भएको देखिन्छ । विगतमा सानासहरी आयोजनाले पनि दरौंदी र लुदीखोलाको पानी ल्याउन प्रस्ताव गरिएको थियो । तर एडिबिको निति अनुसार थोरै जनसंख्याका लागि ठुलो लगानी नगर्ने भएकोले बुंकोट स्थित छाङ्गखोला र ढाक्रेखोलाको पानी लिन पुगेका थियौं । गोरखाबजारका स्थानिय श्रोतका पानीहरु सुकेको मात्र छैन दुषित पनि भएको प्रमाणीत भएकोछ, । यहि श्रोतहरुलाई पनि व्यवस्थित गर्न सकिएको छैन । सानासहरी खानेपानी आयोजनाले पर्याप्त पानीदिन नसके पनि कमसेकम खानेपानीको संरचनाहरु त बनेकोछ । यसको साथै उपभोक्ताहरुले पैसा तिरेर घरघरमा खानेपानी लिनेबानी बसालेको त छ, जुनकुरा समाजमा अत्यावश्यक पनि थियो ।
गोरखा बजार उच्च पहाडी धरातलमा अवस्थित भएकोले विद्युतको सहायता विना पानी ल्याउन सकिने सम्भावना रत्तिभर छैन । विगतमा स्थानियवासी र नेताहरुको प्रयासमा दरौंदीको पानी ल्याउने प्रयासका फलस्वरुप अहिले दरौंदीको खानेपानी आयोजना निर्माण अगाडी बढेकोछ । दरौदीको पानी आउनेबेला सम्म पानीको अभाव अरुतिब्र हुने करिब निश्चित देखिन्छ । तसर्थ दरौंदी आयोजना जतिसके चाँडो संपन्न गर्ने र सकेसम्म धेरै ल्याउने प्रयत्न भईरहेकोछं । यो पानी गोरखा नगरपालिकाको वडा नं.३,४,५,६,७ र ८ का उच्च भूभागमा वितरण गर्ने योजना छ । कतिपय उपभोक्ताले दरौंदीको पानी कसरि ल्याईन्छ भन्ने वारेमा बुझेका छैनन् । दरौंदी नदि वरपर एउटा ईन्फील्ट्रेसन ग्यालरी निर्माण गरिनेछ । यस ग्यालरीवाट किनारमा निर्मित सम्पवेलमा जम्मागरि पम्पको सहायतावाट पानी उपचार केन्द्रमा ल्याईन्छ । यसपछि ३–४–५ पम्पस्टेसन हुँदै उपल्लाकोटमा लगिनेछ । विगतका यथेष्ठ अनुभवका आधारमा कुनै त्रुटीहुन नदिईने प्रतिबध्द गरेकाछौं । यो पानीलाई विभिन्न क्षेत्रमा सन्चालन गरिरहेका खानेपानी उपभोक्ता सँस्थालाई बल्कमिटर मार्फत वितरण गरिनेछ । यसपछि उपभोक्ता सँस्थाले यथावत रुपमा पानी वितरण, मर्मतसंभार र महशुल संकलन गर्नेछन । दरौंदी खानेपानी उपभोक्ता सँस्थाले पानी उत्पादनमा मात्र ध्यानदिनेछ । भविष्यमा यस दरौंदीको संरचनाले पनि पानी नपुग्ने कुरालाई ध्यानदिई थपपानी ल्याउन सक्ने प्रावधानहरु राख्न सुझाव दिईएकोछ । यस दरौंदीको पानी बाहेक गोरखाबजारको खानेपानीको समाधानका अर्को विकल्प देखिएको छैन ।
अर्कोकुरा, गोरखामा अहिले पर्यटक र भोजभतेरमा प्रयोग हुने बोत्तल र जारको पानी तनहँु र अन्य जिल्लाहरुवाट महँगो मुल्यतिरेर आयात गरिएकोछ । यसलाई पनि हामिले ध्यानदिई दरौंदीको शुध्द पानीलाई बोत्तलीङ्ग गरि बजारमा उपलब्ध गराउन सकिन्छ । यो बोत्तलीङ्ग गरेको पानीवाट प्राप्त बचत रकम मध्ये ५% प्रतिशत भविष्यमा संरचना थपगर्न सकिने गरि अक्षेयकोषमा जम्मागर्ने र बाँकी रकम दरौंदीको पानी उपभोग गर्ने उपभोक्ताहरुको हकअधिकारमा राख्न सकेमा गोरखाकै पानी सुपथ मुल्यमा प्रयोगहुने र भविष्यमा श्रोत थपगर्न समस्या आउने छैन ।
३. गोरखाबजारमा चर्पीको फोहोरलेदो (Fecal Sludge) विसर्जनका लागि ढलः–
पुर्वकालमा (करिब २०–३० वर्ष अगाडि) गोरखावासीहरुले दिसा पिसाव खुल्ला मैदानमा विसर्जन गर्ने चलन थियो । मोटर बाटो आईसके पछि घरघरमा खाल्टेचर्पी प्रयोग गर्नथालेका हुन । विस्तारै बजारमा ढलानका घरहरु बन्नथाले र सेप्टीक ट्यांकहरु निर्माण गर्नथालेका हुन् । धेरैजसो घरमा सेप्टीक ट्यांक र सोक्फिट बनाउने यथेष्ठ जगा छैन । यसैले केहि उपभोक्ताहरुले आगनमा सेप्टीक ट्यांक बनाई सक्फिटमा जानेपानीलाई सतहि नालामा फाल्न बाध्य भएकाछन, किनभने आगनमा सक्फीटले काम गर्दैनन् पनि । कतिपय घरहरुको सेप्टीक ट्यांक फोहोरफाल्ने ट्यांकरको पाईपले नभेट्ने ठाउँमा भएकोले फाल्ने समस्या आई खुलानालामा छोड्ने गरेकाछन । हुनत, गोरखा नगरपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भई सकेकोछ । पर्यटकीय पाहुनाहरु र सेवाग्राहीहरुका लागि सामुदायीक चर्पीहरु नभएको हुँदा लुकिछिपि खुलाठाउँमा दिशापिसाव गर्नेगरेका छन् । दिसापिसाव रोकेर राख्न सकिने चिज होईन, सकेसम्म सुरक्षित ठाउँमा गर्छन, नसके पछि बाध्यभएर खुलाठाउँमा विसर्जन गर्नैपर्ने मानविय स्वभाव हो । तर सरोकारवाला संस्थाले यसको विकल्प दिन सक्नुपर्छ । अन्यथा फोहोर त जम्मा हुनेनै कुराहो, हुन्छ पनि ।
नगरपालिका भईसकेपछि नगरवासीले पाउनृपर्ने सुविधाहरु मध्ये चर्पीको फोहोरलेदो फाल्ने ढल र यसको विसर्जन व्यवस्था मुख्य रुपमा पर्दछ । यसमा पनि संघीयता लागु भईसकेपछि स्थानिय सरकारको मुख्य भूमीका फोहोर तह लगाउउने नै हुन्छ । नगरपालिकाले यसको विकल्प चाँहि दिन नसक्ने, कारवाहि मात्र अगाडी सार्दा नगरवासीको बाध्यतालाई नबुझेको जस्तो देखिन्छ । नगरपालिकावाट विविध करहरु अशुल गरिसके पछि सुविधा दिनेकाममा कन्जुस्याई गर्नु कदापी हुँदैन । नगरवासी उपभोक्ताहरुले पनि आफ्नै सुखः सुविधाको लागिमात्र नभै आफ्नै ठाउँको विकासका लागि पनि सकृय सहभागीता जनाउनु उत्तिकै दायीत्व हुन्छ । हाल गोरखाबजारमा १५–२० वर्ष अगाडी बनेको करिब १०० मिटर मात्र फोहोरफाल्ने ढल बनेको छ । तर त्योपनि प्रयोगमा आएको छैन । विशेषज्ञको भनाई अनुसार पानीको योजना शुरुगर्दा श्रोतवाट र ढलको योजना शुरुगर्दा फोहोलेदो प्रशोधन र विसर्जन गर्नेठाउँवाट शुरुगर्नु पर्नेहुन्छ । तर गोरखाबजारको फोहोरलेदो हाल्ने ढलको निर्माण बस्तिको विचवाट शुरुगरिएको छ । हालसम्म ढलको समस्या समाधानका लागि कुनै क्षेत्रवाट प्रयास भईरहेको जानाकारीमा छैन । तसर्थ गोरखाबजारमा चर्पीको फोहोरलेदो फाल्ने ढलको व्यवस्था गर्नु अतिजरुरी भईसकेकोछ । जो जसले जहाँवाट भएपनि यस विषयमा यथाशक्य चाँडो व्यवस्था गर्नुपर्ने नितान्त आवश्यक भएकोछ । अन्यथा गोरखाबजार दुर्गन्धित भई यहाँ आउने पाहुनाहरु फेरीफर्केर गोरखा आउने छैन ।
फोहोर लेदो (Fecal Sludge) व्यवस्थापनका धेरै उपायहरु छन । महँगो प्रविधिको ईलेक्ट्रीक डिस्पोजल मेसीन राख्न सकिन्न । सहज हुने प्रविधि मध्ये निम्न तिन तरिकावाट फोहोर लेदो विसर्जन गर्न सकिन्छ ।
१) सबै फोहोर पानी, बर्षे पानी र फोहोर लेदो ढल मार्फत विसर्जन गर्ने पोखरी सम्म पु¥याउने । र यसलाई मलको रुपमा प्रयोगमा ल्याउने, पानीलाई सिँचाईको रुपामा प्रयोग गर्ने । गोरखाबजार भित्र रहेको हरेक खोल्सीमा ठुला ह्यूमपाईप राखि सबै ढलमा आउने फोहोर यसमा पठाउने र यसमाथि मानिस हिड्ने सिढि बनाउने । बजार भन्दा केहि तलको २–३ ठाउँमा फोहोर विसर्जन गर्ने पोखरी बनाउने ।
२) फोहोर लेदो (Fecal Sludge) विसर्जन गर्ने ठाउँको व्यवस्था गरि फोहोर लेदो उठाउने उपयूक्त सक्तीशाली ट्यांकरको व्यवस्था गर्ने । र हरेक घरवाट शुल्क लिई उठाउने । र विसर्जन गरेको ठाउँवाट मल र पानी पुनः प्रयोग गर्ने ।
३) बजारको सहज हुनेठाउँवाट ढलनिर्माण गरि ठाउँठाउँमा सेप्टीक ट्यांक निर्माणगरि जम्मा गर्ने । यस सेप्टीक ट्यांकको फोहोर लेदो ट्यांकरवाट फोहोर विसर्जन गर्ने ठाउँमा पुरयाउने ।
४. समाधानका उपाय र सहभागीता :
उपभोक्ताको सहभागी विना कुनैपनि पुर्वाधारहरुको विकास संभव छैन । गोरखाबजारमा स्थानिय निकाय र उपभोक्ताहरु मिलेर गर्नुपर्ने पुर्वाधार विकासका कामहरु धेरै छन । बाहिरवाट आएको मान्छेले गर्दैन, गोरखावासीले नै गर्नुपर्ने हुन्छ,। स्थानिय निकायहरुले आफैले नेतृत्व लिने भन्दापनि उपभोक्ताहरुलाई सकृय गराउनु पर्छ । स्थानिय निकायवाट सहजकर्ता र नियमनकारीको भूमीका निभाउनु उचित हुन्छ । तर राजनितिक दल, सरोकारवाला संघसंस्थाहरु, बुध्दिजिवि सबै पक्षहरुको समन्वय र समझदारी भने उत्तिकै आवश्यक पर्छ ।
गोरखा राज्यका तत्कालिन् राजा पृथ्विनारायण शाहले बाह्रहजार गोरखाली जनतावाट १÷१ रुपैया उठाएर नेपाल एकीकरण गरि विशाल राज्य निर्माण गरेको ईतिहाँस हामि सबैलाई थाहाछ । त्यस्तैगरि पृथ्विनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पनि आयोजना निर्माणमा ऋण सहितको उपभोक्ताहरुको सह–लगानीमा आयोजना निर्माण गरेको सबैलाई विदितै छ । त्यसैले उपभोक्ताहरुको सह–लगानीमा धेरै पुर्वाधारको विकास गर्न सकिन्छ । यत्ति मात्रकि यस्ता किसिमको विकास निर्माणका कामहरुमा सबैको सकारात्मक सहयोग जरुरि हुन्छ । यसै विषयमा नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागले मिति २०७१ साल चैत्र २ र ३ गते दुईदिने राष्ट्रीय कार्यशाला गोष्ठी काठमाण्डौंमा आयोजना गरेको थियो । सो गोष्टीमा गोरखा नगरपालिकाका नगरअधिकृत र पृथ्विनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका तत्कालिन अध्यक्ष र डिभिजन प्रमुखको सकृय सहभागीता रहेको थियो । यो कार्यशाला गोष्टीमा “खेरगएको पानी तथा फोहोर लेदोको सुरक्षित विसर्जन प्रकृया र त्यसको क्षेत्र विस्तार संबन्धमा देखिएका समस्या तथा चुनौतीको समाधान गर्न सकिने उपायहरुको खोजि, समाजले स्विकारगर्न सकिने, आर्थिक हिसाबले थेग्न सकिने र वातावरणीय हिसाबले पनि सुरक्षित हुनेविधि, प्रकृया र प्रविधि वारेमा” केन्द्रित रहेको थियो । यसले के जनाउँछ भने, उपभोक्ता र स्थानिय निकाय जागरुक भएमा उचित किसिमको चर्पीको फोहोर लेदो व्यवस्थापन र विसर्जनको काम संभव हुन्छ भन्ने देखिन्छ । तसर्थ, यस अवसरमा गोरखा स्थित राजनितिक दल, सरोकारवाला संघसंस्था, बुध्दीजिवि र उपभोक्ताहरुको गहन शल्लाह र सुझावको आवश्यक पर्छ । जतिसके चाँडो जनसहभागीता मुलक ढलको व्यवस्था गर्न स्थानिय निकाय अग्रसर होस् भन्न चाहान्छु ।
मास्के दरौंदी गोरखा (बृहत पम्पीङ्ग) खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गोरखाका अध्यक्ष हुनुहुन्छ




















