×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाबजारको खानेपानी र चर्पीको फोहोरलेदो (Fecal Sludge) विसर्जन

  •  
  • आइतबार, फागुन १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • एक अवधारणा

    बद्री बहादुर मास्के

    १. पृष्टभुमी
    गोरखाबजार उच्चपहाडमा अवस्थित सानाशहर (Emerging Town) मा रुपान्तरित भईरहेको पुरानो राजधानी तथा ऐतिहाँसीक बजार हो । नेपालको प्रमुख शहरहरु र, पृथ्वि राजमार्ग यहाँवाट नजिक पर्दछ । साथै ऐतिहाँसीक तथा धार्मीक स्थाल भएको गोरखाबजारमा पर्यटकहरुको आवागमन प्रशस्तै हुने गरेकोछ । तर, गोरखाबजारमा नगरमा हुनुपर्ने गुणहरु भने पटक्कै देखिएको छैन । यसैले गोरखा आउने पर्यटकहरु छिट्टै फर्कने गरेका छन् । गोरखाबजारको अर्थिक विकासका लागि पर्यटकीय पुर्वाधार विकास बाहेक अन्य विकल्प देखिन्न । एउटा पर्यटक असन्तोष भएको खण्डमा धेरै पर्यटकहरुलाई प्रभाव पार्नेहुँदा पर्यटकीय पुर्वाधारहरुको विकास अत्यन्त जरुरी छ । यस्तो पुर्वाधार विकास भनेको मुख्यगरेर खानेपानी र ढलनै हुन् । यसपछि पर्यटकलाई आवश्यक पर्ने अन्य मनोरंजन तथा सेवासुविधाका साधनहरु पर्दछन । गोरखाको पर्यटन विकास गोरखालीको शाझा कार्यक्रम हो । यसले प्रत्यक्ष वा परोक्ष रुपमा सबै गोरखालीलाई फाईदा पुग्नेछ ।
    २. जलश्रोतको उपयोग र खानेपानी
    खानेपानीको वारेमा अगाडी पनि मैले स्थानिय तथा राष्ट्रीय पत्रीका मार्फत केहि चर्चा गरेको थिएँ । अहिले पुनः गोरखा बजारकै विषमा केहि थप चर्चागर्न चाहान्छु । विस्वमा अहिले पानीको निक्कै समस्या देखिन थालेकोछ । विभिन्न देसमा पानीका कारण यूध्द हुनसक्ने संभावना देखापरेको छ । अफ्रीकन मुलुकहरुमा पानी नभएर बसाईसराईको समस्या आईरहेको छ । दक्षिण भारतमा वर्षौ देखिको खानेपानी अभावका कारण नागरिकहरु मरिरहेका छन । पानीकै कारण भारत नेपाललाई चिढाउन कदापी चाहाँदैन । बेल्जीयम पछिको दोश्रो जलश्रोतका धनिदेस नेपाल भनिन्छ, तर देसमा भने जनताले खानेपानी पाईरहेको अवस्था छैन । प्राप्त जलश्रोतको सहि सदुपयोग र प्रवर्धन हुन सकिरहेको छैन । त्यहि जलश्रोत पनि हिमालमा हिउँ रहेसम्म मात्र हुनसक्छ, योपनि घट्दै गएको हुँदा कुनै न कुनै दिन विकराल समस्या नआउला भन्न सकिन्न । विभिन्न देसहरुले आफुसंग भएको पानीलाई संरक्षण संवर्धन गर्ने योजनाहरु अगाडी सारेकोछ । चिनले पानीको प्रबर्धन गर्ने नाममा व्हांङ्गो नदिलाई फर्काएर आफ्नै देसमा घुमाई दिंदा भारत र बंगलादेसलाई समस्यामा पारेको हामिले सुनिरहेकै छौं । हुन त हाम्रो देसमा पनि पानीका योजनाहरु बन्दै नबनेका त होईनन्, तर योजना बनेपनि कार्यान्वयन पक्षभने अतिसुस्त अवस्थामा छन् । केहि समय अगाडी मैले फेसबुक मार्फत साथिहरुको माझमा दरौंदीको पानीलाई अँबुवामा बाँधहालि जलभण्डारको रुपमा, जलासयको रुपमा, सिँचाईको रुपमा र जलाधारको रुपमा प्रयोग गर्न प्रस्ताव गरेको थिएँ । कतिपय साथिहरुले यसलाई महत्वकाँक्षी प्रस्ताव भनेर उडाएका थिए । तर यो योजना दिर्घकालिन सोंचमा निर्माण गर्ने होभने गोरखाको आर्थीक विकासमा टेवा पु¥याउने छभन्ने लागेकोछ ।
    पृथ्वीनारायण सानासहरी खानेपानी आयोजनाले २०६० सालमा मुख्यबजार क्षेत्रको घरधुरी सर्भेक्षण गर्दा ९०० घरधुरी थियो भने बसाई सराईका कारण अहिले २०७४ सालमा करिब ५००० घरधुरी पुगि सकेकोछ । घरधुरी मात्र बृध्दि भएको छैन, पानी उपभोग गर्ने विद्यालयका शिक्षक, विद्यार्थी र अविभावकहरु अनि सेवाग्राही र कर्मचारीहरु पनि त्यत्तिकै थप भएको देखिन्छ । विगतमा सानासहरी आयोजनाले पनि दरौंदी र लुदीखोलाको पानी ल्याउन प्रस्ताव गरिएको थियो । तर एडिबिको निति अनुसार थोरै जनसंख्याका लागि ठुलो लगानी नगर्ने भएकोले बुंकोट स्थित छाङ्गखोला र ढाक्रेखोलाको पानी लिन पुगेका थियौं । गोरखाबजारका स्थानिय श्रोतका पानीहरु सुकेको मात्र छैन दुषित पनि भएको प्रमाणीत भएकोछ, । यहि श्रोतहरुलाई पनि व्यवस्थित गर्न सकिएको छैन । सानासहरी खानेपानी आयोजनाले पर्याप्त पानीदिन नसके पनि कमसेकम खानेपानीको संरचनाहरु त बनेकोछ । यसको साथै उपभोक्ताहरुले पैसा तिरेर घरघरमा खानेपानी लिनेबानी बसालेको त छ, जुनकुरा समाजमा अत्यावश्यक पनि थियो ।
    गोरखा बजार उच्च पहाडी धरातलमा अवस्थित भएकोले विद्युतको सहायता विना पानी ल्याउन सकिने सम्भावना रत्तिभर छैन । विगतमा स्थानियवासी र नेताहरुको प्रयासमा दरौंदीको पानी ल्याउने प्रयासका फलस्वरुप अहिले दरौंदीको खानेपानी आयोजना निर्माण अगाडी बढेकोछ । दरौदीको पानी आउनेबेला सम्म पानीको अभाव अरुतिब्र हुने करिब निश्चित देखिन्छ । तसर्थ दरौंदी आयोजना जतिसके चाँडो संपन्न गर्ने र सकेसम्म धेरै ल्याउने प्रयत्न भईरहेकोछं । यो पानी गोरखा नगरपालिकाको वडा नं.३,४,५,६,७ र ८ का उच्च भूभागमा वितरण गर्ने योजना छ । कतिपय उपभोक्ताले दरौंदीको पानी कसरि ल्याईन्छ भन्ने वारेमा बुझेका छैनन् । दरौंदी नदि वरपर एउटा ईन्फील्ट्रेसन ग्यालरी निर्माण गरिनेछ । यस ग्यालरीवाट किनारमा निर्मित सम्पवेलमा जम्मागरि पम्पको सहायतावाट पानी उपचार केन्द्रमा ल्याईन्छ । यसपछि ३–४–५ पम्पस्टेसन हुँदै उपल्लाकोटमा लगिनेछ । विगतका यथेष्ठ अनुभवका आधारमा कुनै त्रुटीहुन नदिईने प्रतिबध्द गरेकाछौं । यो पानीलाई विभिन्न क्षेत्रमा सन्चालन गरिरहेका खानेपानी उपभोक्ता सँस्थालाई बल्कमिटर मार्फत वितरण गरिनेछ । यसपछि उपभोक्ता सँस्थाले यथावत रुपमा पानी वितरण, मर्मतसंभार र महशुल संकलन गर्नेछन । दरौंदी खानेपानी उपभोक्ता सँस्थाले पानी उत्पादनमा मात्र ध्यानदिनेछ । भविष्यमा यस दरौंदीको संरचनाले पनि पानी नपुग्ने कुरालाई ध्यानदिई थपपानी ल्याउन सक्ने प्रावधानहरु राख्न सुझाव दिईएकोछ । यस दरौंदीको पानी बाहेक गोरखाबजारको खानेपानीको समाधानका अर्को विकल्प देखिएको छैन ।
    अर्कोकुरा, गोरखामा अहिले पर्यटक र भोजभतेरमा प्रयोग हुने बोत्तल र जारको पानी तनहँु र अन्य जिल्लाहरुवाट महँगो मुल्यतिरेर आयात गरिएकोछ । यसलाई पनि हामिले ध्यानदिई दरौंदीको शुध्द पानीलाई बोत्तलीङ्ग गरि बजारमा उपलब्ध गराउन सकिन्छ । यो बोत्तलीङ्ग गरेको पानीवाट प्राप्त बचत रकम मध्ये ५% प्रतिशत भविष्यमा संरचना थपगर्न सकिने गरि अक्षेयकोषमा जम्मागर्ने र बाँकी रकम दरौंदीको पानी उपभोग गर्ने उपभोक्ताहरुको हकअधिकारमा राख्न सकेमा गोरखाकै पानी सुपथ मुल्यमा प्रयोगहुने र भविष्यमा श्रोत थपगर्न समस्या आउने छैन ।

    ३. गोरखाबजारमा चर्पीको फोहोरलेदो (Fecal Sludge) विसर्जनका लागि ढलः–
    पुर्वकालमा (करिब २०–३० वर्ष अगाडि) गोरखावासीहरुले दिसा पिसाव खुल्ला मैदानमा विसर्जन गर्ने चलन थियो । मोटर बाटो आईसके पछि घरघरमा खाल्टेचर्पी प्रयोग गर्नथालेका हुन । विस्तारै बजारमा ढलानका घरहरु बन्नथाले र सेप्टीक ट्यांकहरु निर्माण गर्नथालेका हुन् । धेरैजसो घरमा सेप्टीक ट्यांक र सोक्फिट बनाउने यथेष्ठ जगा छैन । यसैले केहि उपभोक्ताहरुले आगनमा सेप्टीक ट्यांक बनाई सक्फिटमा जानेपानीलाई सतहि नालामा फाल्न बाध्य भएकाछन, किनभने आगनमा सक्फीटले काम गर्दैनन् पनि । कतिपय घरहरुको सेप्टीक ट्यांक फोहोरफाल्ने ट्यांकरको पाईपले नभेट्ने ठाउँमा भएकोले फाल्ने समस्या आई खुलानालामा छोड्ने गरेकाछन । हुनत, गोरखा नगरपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भई सकेकोछ । पर्यटकीय पाहुनाहरु र सेवाग्राहीहरुका लागि सामुदायीक चर्पीहरु नभएको हुँदा लुकिछिपि खुलाठाउँमा दिशापिसाव गर्नेगरेका छन् । दिसापिसाव रोकेर राख्न सकिने चिज होईन, सकेसम्म सुरक्षित ठाउँमा गर्छन, नसके पछि बाध्यभएर खुलाठाउँमा विसर्जन गर्नैपर्ने मानविय स्वभाव हो । तर सरोकारवाला संस्थाले यसको विकल्प दिन सक्नुपर्छ । अन्यथा फोहोर त जम्मा हुनेनै कुराहो, हुन्छ पनि ।
    नगरपालिका भईसकेपछि नगरवासीले पाउनृपर्ने सुविधाहरु मध्ये चर्पीको फोहोरलेदो फाल्ने ढल र यसको विसर्जन व्यवस्था मुख्य रुपमा पर्दछ । यसमा पनि संघीयता लागु भईसकेपछि स्थानिय सरकारको मुख्य भूमीका फोहोर तह लगाउउने नै हुन्छ । नगरपालिकाले यसको विकल्प चाँहि दिन नसक्ने, कारवाहि मात्र अगाडी सार्दा नगरवासीको बाध्यतालाई नबुझेको जस्तो देखिन्छ । नगरपालिकावाट विविध करहरु अशुल गरिसके पछि सुविधा दिनेकाममा कन्जुस्याई गर्नु कदापी हुँदैन । नगरवासी उपभोक्ताहरुले पनि आफ्नै सुखः सुविधाको लागिमात्र नभै आफ्नै ठाउँको विकासका लागि पनि सकृय सहभागीता जनाउनु उत्तिकै दायीत्व हुन्छ । हाल गोरखाबजारमा १५–२० वर्ष अगाडी बनेको करिब १०० मिटर मात्र फोहोरफाल्ने ढल बनेको छ । तर त्योपनि प्रयोगमा आएको छैन । विशेषज्ञको भनाई अनुसार पानीको योजना शुरुगर्दा श्रोतवाट र ढलको योजना शुरुगर्दा फोहोलेदो प्रशोधन र विसर्जन गर्नेठाउँवाट शुरुगर्नु पर्नेहुन्छ । तर गोरखाबजारको फोहोरलेदो हाल्ने ढलको निर्माण बस्तिको विचवाट शुरुगरिएको छ । हालसम्म ढलको समस्या समाधानका लागि कुनै क्षेत्रवाट प्रयास भईरहेको जानाकारीमा छैन । तसर्थ गोरखाबजारमा चर्पीको फोहोरलेदो फाल्ने ढलको व्यवस्था गर्नु अतिजरुरी भईसकेकोछ । जो जसले जहाँवाट भएपनि यस विषयमा यथाशक्य चाँडो व्यवस्था गर्नुपर्ने नितान्त आवश्यक भएकोछ । अन्यथा गोरखाबजार दुर्गन्धित भई यहाँ आउने पाहुनाहरु फेरीफर्केर गोरखा आउने छैन ।
    फोहोर लेदो (Fecal Sludge) व्यवस्थापनका धेरै उपायहरु छन । महँगो प्रविधिको ईलेक्ट्रीक डिस्पोजल मेसीन राख्न सकिन्न । सहज हुने प्रविधि मध्ये निम्न तिन तरिकावाट फोहोर लेदो विसर्जन गर्न सकिन्छ ।
    १) सबै फोहोर पानी, बर्षे पानी र फोहोर लेदो ढल मार्फत विसर्जन गर्ने पोखरी सम्म पु¥याउने । र यसलाई मलको रुपमा प्रयोगमा ल्याउने, पानीलाई सिँचाईको रुपामा प्रयोग गर्ने । गोरखाबजार भित्र रहेको हरेक खोल्सीमा ठुला ह्यूमपाईप राखि सबै ढलमा आउने फोहोर यसमा पठाउने र यसमाथि मानिस हिड्ने सिढि बनाउने । बजार भन्दा केहि तलको २–३ ठाउँमा फोहोर विसर्जन गर्ने पोखरी बनाउने ।
    २) फोहोर लेदो (Fecal Sludge) विसर्जन गर्ने ठाउँको व्यवस्था गरि फोहोर लेदो उठाउने उपयूक्त सक्तीशाली ट्यांकरको व्यवस्था गर्ने । र हरेक घरवाट शुल्क लिई उठाउने । र विसर्जन गरेको ठाउँवाट मल र पानी पुनः प्रयोग गर्ने ।
    ३) बजारको सहज हुनेठाउँवाट ढलनिर्माण गरि ठाउँठाउँमा सेप्टीक ट्यांक निर्माणगरि जम्मा गर्ने । यस सेप्टीक ट्यांकको फोहोर लेदो ट्यांकरवाट फोहोर विसर्जन गर्ने ठाउँमा पुरयाउने ।
    ४. समाधानका उपाय र सहभागीता :
    उपभोक्ताको सहभागी विना कुनैपनि पुर्वाधारहरुको विकास संभव छैन । गोरखाबजारमा स्थानिय निकाय र उपभोक्ताहरु मिलेर गर्नुपर्ने पुर्वाधार विकासका कामहरु धेरै छन । बाहिरवाट आएको मान्छेले गर्दैन, गोरखावासीले नै गर्नुपर्ने हुन्छ,। स्थानिय निकायहरुले आफैले नेतृत्व लिने भन्दापनि उपभोक्ताहरुलाई सकृय गराउनु पर्छ । स्थानिय निकायवाट सहजकर्ता र नियमनकारीको भूमीका निभाउनु उचित हुन्छ । तर राजनितिक दल, सरोकारवाला संघसंस्थाहरु, बुध्दिजिवि सबै पक्षहरुको समन्वय र समझदारी भने उत्तिकै आवश्यक पर्छ ।
    गोरखा राज्यका तत्कालिन् राजा पृथ्विनारायण शाहले बाह्रहजार गोरखाली जनतावाट १÷१ रुपैया उठाएर नेपाल एकीकरण गरि विशाल राज्य निर्माण गरेको ईतिहाँस हामि सबैलाई थाहाछ । त्यस्तैगरि पृथ्विनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पनि आयोजना निर्माणमा ऋण सहितको उपभोक्ताहरुको सह–लगानीमा आयोजना निर्माण गरेको सबैलाई विदितै छ । त्यसैले उपभोक्ताहरुको सह–लगानीमा धेरै पुर्वाधारको विकास गर्न सकिन्छ । यत्ति मात्रकि यस्ता किसिमको विकास निर्माणका कामहरुमा सबैको सकारात्मक सहयोग जरुरि हुन्छ । यसै विषयमा नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागले मिति २०७१ साल चैत्र २ र ३ गते दुईदिने राष्ट्रीय कार्यशाला गोष्ठी काठमाण्डौंमा आयोजना गरेको थियो । सो गोष्टीमा गोरखा नगरपालिकाका नगरअधिकृत र पृथ्विनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका तत्कालिन अध्यक्ष र डिभिजन प्रमुखको सकृय सहभागीता रहेको थियो । यो कार्यशाला गोष्टीमा “खेरगएको पानी तथा फोहोर लेदोको सुरक्षित विसर्जन प्रकृया र त्यसको क्षेत्र विस्तार संबन्धमा देखिएका समस्या तथा चुनौतीको समाधान गर्न सकिने उपायहरुको खोजि, समाजले स्विकारगर्न सकिने, आर्थिक हिसाबले थेग्न सकिने र वातावरणीय हिसाबले पनि सुरक्षित हुनेविधि, प्रकृया र प्रविधि वारेमा” केन्द्रित रहेको थियो । यसले के जनाउँछ भने, उपभोक्ता र स्थानिय निकाय जागरुक भएमा उचित किसिमको चर्पीको फोहोर लेदो व्यवस्थापन र विसर्जनको काम संभव हुन्छ भन्ने देखिन्छ । तसर्थ, यस अवसरमा गोरखा स्थित राजनितिक दल, सरोकारवाला संघसंस्था, बुध्दीजिवि र उपभोक्ताहरुको गहन शल्लाह र सुझावको आवश्यक पर्छ । जतिसके चाँडो जनसहभागीता मुलक ढलको व्यवस्था गर्न स्थानिय निकाय अग्रसर होस् भन्न चाहान्छु ।

    मास्के दरौंदी गोरखा (बृहत पम्पीङ्ग) खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गोरखाका अध्यक्ष हुनुहुन्छ

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.