×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पर्यटन क्षेत्रको विकासमा प्रचार–प्रसार

  •  
  • आइतबार, फागुन १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पौडेल
    प्राकृतितः पृथ्वीको सृष्टि स्वयंमा अपरम्पार त छदैंछ, उसमाथि मानवनिर्मित संसारका महान् आश्चर्यहरुले यसलाई अरु थप आकर्षित तुल्याएको छ । प्राकृतिक छटाहरुबाट शोभित पृथ्वीका विभिन्न स्थलहरुको अलौकिक दृष्य अब पनि मानवीयदृष्टि बाहिर छन् भन्न त सकिंदैन तापनि नयाँ–नयाँ दर्शनीय स्थलहरुको निर्माण, विस्तार, एवं पुराना सम्पदाहरुको सम्भार भने मानवीय प्रयासबाट भइरहेको पाइन्छ । त्यस्ता प्राकृतिक, ऐतिहासिक, धार्मिक महत्वका दर्शनीय स्थलहरुको अवलोकन गरी मन बहलाउन देश–विदेशबाट पर्यटकहरुको आवागमन भईरहेछ, भईरहन्छ । वास्तवमा देश–विदेश घुम्ने, भ्रमणगर्ने, पर्यटन गर्ने व्यक्तिलाई नै पर्यटक भनिन्छ । हाम्रो सन्दर्भमा, स्वदेशी र विदेशी गरी पर्यटकलाई सामान्यतयाः दुई वर्गमा विभाजित गरेपनि विदेशी पर्यटकलाई भारतीय, सार्क देशीय र अन्य देशीय गरी पुनः वर्गीकरण गरेको पाइन्छ ।
    वृहत शव्दकोषलाई सन्दर्भ ग्रन्थत्व दिंदा “पर्यटन” भन्नाले अनेकौं ऐतिहासिक, दर्शनीय र महत्वपूर्ण स्थानहरु हेर्न वा मन बहलाउनका निम्ति देश विदेशमा गरिने भ्रमण वा यात्रा भनेर अथ्र्याएको पाइन्छ । वास्तवमा तराईको फाँटमा पलेंटी कसेको पहाडी कदको हाम्रो देश, सगरमाथाको शिरपोशबाट एसीयाको नानी बनी संसारप्रसिद्धि पाएकोछ । प्राकृतिक वरदान स्वरुप यहाँ पाइने छाँगा, छहरा, ताल, तलैया, खोल्सा, झरना एवं चाँदीको पछ्यौरी ओढेका हिमाच्छादित पर्वत शृङ्खलाहरु हाम्रा अमूल्य पर्यटकीय निधिहरु हुन् । यस मानेमा हाम्रो देशलाई एसीयाको स्वीट्जरल्याण्ड मानिएको छ र पर्यटकीय दृष्टिले समृद्ध मान्नुपर्दछ । हुनपनि हाम्रो निमुखो अर्थतन्त्रमा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण अंश पर्यटन क्षेत्रले नै ओगटेको पाइन्छ ।
    भारतीय पर्यटकहरुले सामान्यतः धार्मिक महत्वका स्थानहरुको भ्रमणलाई आफ्नो यात्राको मूल प्राथमिकता दिएको पाइन्छ भने गैरभारतीय पर्यटकहरुले अलौकिक प्राकृतिक दृष्यावलोकनलाई आफ्नो पर्यटनको केन्द्रविन्दु मानेका पाइन्छ । तसर्थ पर्यटकीय सरोकारका विषयवस्तु एवं स्थलहरुको मरमत, सम्भार, निर्माण एवं विस्तार गरी पर्यटन क्षेत्रको विकास गर्नु हामीकहाँ अत्यावश्यक प्रतीत हुन्छ । हुनत पर्यटकीय महत्वका वस्तु एवं स्थलहरुको विद्यमानता स्वयंमा महत्वपूर्ण हुन्छ नै, रपनि तिनको सघन प्रचार–प्रसार गरी पर्यटकसम्म जानकारी नपु¥याउने हो भने हुनु र नहुनुबीच खासै अन्तर रहँदैन । यस सवालमा अतिथि देवो भवः … पर्यटक हाम्रा पाहुना हुन् … जस्ता नारा सहित मनाइएका “नेपाल भ्रमण वर्ष १९९८”, “नेपाल पर्यटन वर्ष २०११” ले निःसन्देह ऐतिहासिक महत्व राखेकाछन् ।
    “पर्यटकीय सरोकारको सघन प्रचार–प्रसार ः पर्यटन विकासको सबल आधार” लाई नाराकै रुपमा आत्मसात् गरी विभिन्न तह र तप्काबाट लागी पर्नु नेपालको पर्यटन विकासको पहिलो खुट्किलो भन्दा अत्युक्ति नहुनुपर्छ एकातर्फ भने अर्कोतर्फ लोक परम्परा, संस्कृति एवं ऐतिहासिक र धार्मिक क्षेत्रको मर्मत, सम्भार, निर्माण एवं विस्तारलाई पनि पर्यटनको ठोस आधारको रुपमा मनन गर्न सकेनौं भने हाम्रो पर्यटन विकासको कवाफमा हड्डी नलाग्ला भन्न सकिंंदैन ।
    संक्षेपमा भन्नुपर्दा, नेपालको आर्थिक समुन्नतिसँग पर्यटन क्षेत्रको विकास गाँसिएकोछ, अनि पर्यटनको विकासको लागि पर्यटकलाई आकर्षित गर्नु अनिवार्य छ । पर्यटक तब न आकर्षित हुन्छन्, जब देशभित्रका पर्यटकीय अमूल्य निधिको जानकारी विभिन्न प्रचार–प्रसारका माध्यमबाट पर्यटकसम्म पु¥याउन सकिन्छ ।
    यसै तथ्यलाई मनन गरी रेडियो नेपाल, नेपाल टेलीभिजनबाट पर्यटन कार्यक्रमको प्रसार गर्नु, पत्रपत्रिकामा पर्यटन प्रबद्र्धनका विज्ञापनहरु गर्नु, क्यालेण्डर, लोगो, ब्याच आदि तयार पारी वितरण गर्नु जस्ता प्रचार–प्रसारका अध्यायहरुको थालनी र निरन्तरता वर्तमानमा जरुरी भइसकेकोछ । सार्वजनिक स्थानमा, बसपार्क एवं पर्यटकहरुको सनातनी भ्रमणस्थलहरुमा पर्यटकीय महत्वका फोटा प्रदर्शनीको आयोजना गर्ने, पोष्टरिङ गर्ने, पम्प्लेटिङ गर्ने, ग्लोसरिज वितरण गर्ने जस्ता कार्यहरुले पनि प्रचार–प्रसारमा महत्व राख्दछन् । यसको अतिरिक्त, पर्यटन क्षेत्रका हुलाक टिकटहरुको प्रकाशन एवं वैदेशिक हुलाकमा तिनैको अनिवार्य प्रयोग गर्नु र उपयुक्त नाराहरु तय गरी चिठीपत्रहरुमा छाप लगाउनैपर्ने प्रावधानले पनि प्रचार–प्रसारको कार्यमा उत्तिकै महत्व राख्दछ ।
    यसै सन्दर्भमा यहाँ यातायातका साधनहरु मार्फत पनि प्रचार–प्रसारका विविध तरिकाहरु अबलम्वन गरी पर्यटन क्षेत्रको आकर्षण थप्नमा पु¥याउने योगदानलाईं प्रस्तुत गर्ने जमर्को गरिएकोछ ।
    नेपालका पर्यटकीय सम्पदाहरुको पहिचान हुनेखालका स्टिकर एवं नाराहरुलाई यातायातका साधनहरुमा अनिवार्यरुपले टाँस्नु पर्ने व्यवस्था मिलाउनाले पर्यटकीय निधिको प्रसारण त हुन्छ नै अझ राजधानी वा अन्य महत्वपूर्ण शहरहरुबाट लामो दूरीमा चल्ने दिवा तथा रात्री बसमा पर्यटन सम्बन्धी श्रव्य क्यासेटहरु तयार पारी बजाउनै पर्ने अनिवार्यता गराउन सके प्रचार–प्रसारमा नयाँ आयाम थपिने कुरालाई नकार्न नमिल्ला । हुनत पर्यटक बसहरुमा पथप्रदर्शकहरुबाट हरेक ठाउँहरुको परिचय दिइँदै आएको तथ्यले उपरोक्त तर्कलाई पुरानै सावित गराउला नै, तरपनि स्वदेशी एवं साधारण बसबाटै यात्रा गर्ने बाध्यताका पर्यटकहरुका लागि उपरोक्त तरिकालाई लाभदायक मान्नै पर्छ । बरु सो व्यवस्थाका लागि सम्बद्ध निकायहरु (पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, पर्यटन विभाग÷कार्यालय, यातायात व्यवस्था कार्यालय, बस व्यवसायी समितिहरु, म्यूजिक नेपाल आदि) बाट समन्वयात्मक कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनमा दृढता भने देखाउनै पर्दछ ।
    अब, ती श्रव्य क्यासेटहरुमा के–के कुरा समावेश गर्ने ? भन्ने प्रश्न खडा हुन्छ । यस प्रश्नको उत्तर बस छुट्ने र पुग्ने स्थान अनि यात्रुलाई खाना ख्वाउने स्थानको आधारमा निर्णित हुन्छ । तापनि सामान्यतयाः राजधानीबाट बाहिरिने बसहरुको हकमा थानकोटबाट यात्रा अघिबढेपछि हामी कहाँको लागि रमाना हुदैछौं ? सो स्थान कति टाढा पर्दछ ? त्यो कुन जिल्लाको कुन ठाउँ हो ? जस्ता प्रश्नको उत्तरबाट रिकर्डिङ शुरु गर्नु उपयुक्त देखिन्छ । यसैगरी पुग्ने जिल्लाको भौगोलिक जानकारी अर्थात् समुद्र सतहबाट कति उचाइमा पर्छ ? कस्तो जलवायु पाइन्छ ? कत्तिको गर्मी अथवा ठण्डी हुन्छ ? जस्ता पक्षको जानकारीका साथै सामाजि, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका जानकारीहरुलाई समेट्नु उपयुक्त देखिन्छ । भनौं, यात्रा बिसाउने जिल्लामा कुन–कुन जातिहरुको बसोवास छ ? शैक्षिक स्तर कस्तो छ ? के–के चाडवाडहरु मनाइन्छ ? महत्वपूर्ण स्थानहरु कुन–कुन हुन् ? त्यहाँ जान पैदल, नगरबस वा छोटो दूरीका बसहरुमध्ये कस्तो सुविधा छ ? नगरबस कतिबेला देखि कतिबेलासम्म कुन–कुन रुट भएर सञ्चालन हुन्छ ? बस्नका लागि उत्तमदेखि सामान्य होटलहरु कुन–कुन ठाउँमा अबस्थित छन् ? चलचित्रघर, नाचघर जस्ता मनोरन्जनका स्थानहरु के–के छन् ? सरकारी एवं निजी क्षेत्रका स्वदेशी–विदेशी फोन सेवा, साइवर क्याफे कहाँ–कहाँ उपलव्ध छ ? उपहारका लागि त्यहाँको प्रख्यात वस्तु के हो ? यसैगरी त्यहाँबाट अन्यत्र कहाँ–कहाँ दिवा तथा रात्रीबसको सुविधा छ ? हवाइसेवाबाट कुन–कुन जिल्ला, स्थानमा जान सकिन्छ ? ती ठाउँका मुख्य–मुख्य स्थलहरु कुन–कुन हुन् ? जस्ता प्रश्नको उत्तरबाट जानकारी दिलाउनु उपयुक्त देखिन्छ ।
    उपरोक्तानुसारको जानकारीलाई नेपाली, अंग्रेजी र संभवतः हिन्दीभाषाबाट रेकर्डिङ् गरी तत्–तत् स्थानका लोकधून एवं लोकगीतहरु समेतको श्रव्य क्यासेटहरु तयार पार्नु समीचीन हुन्छ । यो जानकारीलाई यात्रुले खाना खाएपछि यात्रारम्भ गर्दापनि अनिवार्य रुपले बजाउनु पर्ने व्यवस्थाले अरु प्रभावकारी बनाउनेछ ।
    अब यो कार्यको थालनी कसरी गर्ने भन्ने प्रश्न खडा हुन्छ । यस विषयमा उपरोक्तानुसारको जानकारी जुटाउने कार्य पर्यटन मन्त्रालय, विभाग, कार्यालयहरुले गर्नु पर्नेछ भने सञ्चार मन्त्रालयले म्यूजिक नेपाल, रत्न रेकर्डिङ संस्थान वा निजी संस्थाहरुबाट रेकर्डिङ गराउनु पर्ने हुन्छ । त्यसै गरी भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालय मार्फत् यातायात व्यवस्था कार्यालयहरु र बस व्यवसायी समितिहरुले उक्त क्यासेटहरुको अनिवार्यरुपले प्रसार गर्न लगाउने र नगर्नेलाई समूचित दण्डको व्यवस्था मिलाउनु समोचित हुने देखिन्छ । अब ७७ जिल्लाको महत्वपूर्ण स्थानहरुको जानकारी प्राप्त भएपछि श्रव्य क्यासेट त बससेवा सञ्चालन भएको÷हुने रुट अनुसार रेकर्डिङ् गरेर तयार पार्न सकिन्छ नै । तर जानकारी कसरी जम्मा गर्ने भन्ने अर्को प्रश्न अगाडि आउँछ । यस सम्बन्धमा, प्राथमिक आँकडाहरुको हकमा स्थलगत निरीक्षणबाटै सङ्कलन गर्नुपर्ने हुन्छ भने सहायक तथ्याङ्कको लागि मेचिदेखि महाकाली, राष्ट्रिय जनगणना, प्रकाशित स्थलगत संक्षिप्त झलकहरु, सम्बन्धित जिल्लाका प्रोफाइलहरु र सम्बन्धित प्रकाशनहरुबाट जम्मा पार्न सकिने देखिन्छ ।
    अब यो कार्य कसले र कसरी गर्ने भन्ने अर्को टड्कारो प्रश्न खडा हुन्छ । यस प्रश्नको उत्तरमा विभिन्न विकल्पहरु सुझाउन सकिन्छ । जसमध्ये, संभवतः सहसचिव नत्र उपसचिवको अध्यक्षतामा हरेक प्रदेशमा १।१ जना शाखा अधिकृत र केन्द्रमा १ जना गरी जम्मा ८ जना शाखा अधिकृतहरु, हरेक प्रदेशमा १।१ जना र केन्द्रमा २ जना गरी जम्मा ९ जना नायव सुव्वाहरु र केन्द्रमा एउटा कम्प्युटर अपरेटर गरी कूल १८ जनाको कार्यदल गठन गर्नुलाई एउटा विकल्प मान्न सकिन्छ । कार्य विभाजनका हकमा, प्रदेशमा खट्ने शाखा अधिकृत र नायव सुव्वाहरुले आ–आफ्नो प्रदेशमा रहेका राष्ट्रिय दृष्टिले महत्वपूर्ण क्षेत्रहरुको स्थलगत निरीक्षण गरी विवरण सङ्कलन गर्नु पर्नेछ भने केन्द्रका लागि तोकिएका जनशक्तिले सहायक तथ्याङ्कसमेतको आधारमा प्राप्त विवरणलाई सम्पादन गर्नुपर्नेछ ।
    यस्तै अन्य उपयुक्त विकल्पहरु पनि छन्÷हुनन् अर्थात् यत्ति भनेर व्यहोरा संक्षिप्त्याउने चेष्टा यो होइन । बरु उक्त व्यहोराका लागि सम्बद्ध अन्य निकायहरुलाई समेत कार्य तदारुकताका लागि समावेश गराउनु पर्छ, जुन यस क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकायको चासोको विषय हुनुपर्छ भन्नका लागि गरिएको सहयोग हो ।
    सम्बन्धित क्षेत्रका व्यक्तित्व र सोबारेका जिज्ञासु बाहेक कतिपय विद्वानवर्गमा समेत आफ्नै जिल्ला, प्रदेश, राष्ट्रमा भएका पर्यटकीय निधिहरुबारे अनभिज्ञता रहेको पाइन्छ । तसर्थ, नेपाल भ्रमण वर्ष, पर्यटन वर्ष जस्ता अभियानका लागिमात्र नभै तदुपरान्त पनि उक्त क्रम अविच्छिन्न रहने व्यवस्था मिलाउनु वर्तमान सन्दर्भमा आवश्यक देखिन्छ । यसबाट राष्ट्रको विषयमा सुसूचित हुने अधिकारको प्रत्याभूति गराउनुलाई पनि सम्बन्धित निकायको जिम्मेवारीका रुपमा परिभाषित हुनु अनुपयुक्त देखिंदैन ।
    भ्रमणवर्ष, पर्यटन वर्षका लागि गरिएका विविध प्रचार–प्रसारका कार्यहरु अन्तत्वगत्वा पर्यटन विकासका लागि निर्देशित हुनुले र पर्यटन उद्योग हाम्रो देशका लागि दीर्घदृष्टिमा अनिवार्य र फलदायी भएकाले संभाव्य विधिहरु अबलम्वन गर्नैपर्छ । प्रस्तुत विधि खर्चका हिसाबले पनि त्यति खर्चिलो नहुने हुँदा समुचित कार्यान्वयन गरी स्वदेशी पर्यटक एवं यात्रुवर्गलाई विदेशी सामु आफ्नो देशमा रहेका अमूल्य निधिको परिचय दिन सक्ने तुल्याउनतर्फ पहल हुनैपर्ने देखिन्छ । केही चीजको प्राप्तिका लागि केही चीज त्याग्नै पर्छ भन्ने भनाइ जस्तै भ्रमणवर्ष, पर्यटन वर्ष जस्ता पर्यटकीय अभियानको सफलता र नेपाल पर्यटन उद्योगको विकासको लागि प्रस्तुत कार्यमा खट्न चाहीं भने पर्छ नै । हैन “उठ बुहारी भन्ने चुल्ठोमा कुल्चने” भने जस्तै पर्यटन विकास भनेको मञ्चमा भाषण गर्ने विषय र टिप्पणी, आदेशमा सीमितिने प्रसँग हो भने यस विषयमा कुनै टाउको दुखाइको जरुरी देखिंदैन ।
    जेहोस्, “पर्यटकीय क्षेत्रको सघन प्रचार–प्रसार ः पर्यटन विकासको सबल पूर्वाधार” लाई नाराको रुपमा स्वीकारी सम्बन्धित निकायको सत्प्रयास वर्तमानमा अत्यावश्यक ठहरिएकोछ । “सानो मुखको छोटो कुरा” नठानी प्रस्तुत विधिलाई परिस्कृतरुपमा कार्ययोजना बनाई समुचित कार्यान्वयन हुनेछ भनेर आशावादी बन्नै पर्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.