×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छोरीसँग लडेर एक अर्बको सम्पत्ति दान

  •  
  • बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनोज सत्याल

    नेपालगन्जका श्रीजंग शाह थापाथलीस्थित प्रधानमन्त्री गेस्ट हाउस पुगे। प्रधानमन्त्री बिपी कोइराला निवासमा थिएनन्। सहयोगीले पर्खन भने।

    भारतको कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्र र डिप्लोमेसी पढेका शाह बेरोजगार थिए। यही मेसोमा तत्कालीन मन्त्री त्रिवेणीप्रसाद प्रधानले उनलाई बिपीसँग भेट्ने तारतम्य मिलाइदिएका थिए।

    अलि बेरमा बिपी आए।

    शाहलाई आफ्नो शयनकक्षमा डाके। जाडो याम थियो। बिपी सिरकभित्र गुट्मुटिएका थिए। टाउको मात्र देखाएर बसेका बिपीले सोधे, ‘कहाँ बस्नुहुन्छ?’

    ‘नेपालगन्ज,’ शाहले छोटो जवाफ दिए।

    ‘तपाईंजस्तो पढेलेखेको मान्छे बाहिर बसेर हुँदैन,’ बिपीले सुझाए।

    यो २०१६ सालको कुरा हो।

    लगत्तै शाह काठमाडौं आए। राजधानीको कान्तिपथमा जग्गा किने। २०२३ सालमा घर बनाए।

    यो घर र जग्गाको सरकारी मूल्यांकन नै यतिबेला एक अर्ब रुपैयाँ हाराहारी छ। शाह आफ्नी श्रीमती रुद्रकुमारीसँग यही घरमा बस्छन्।

    बिपीको सल्लाहमा जोडेको र वर्षौं वर्ष बिताएको यही घरजग्गा शाह दम्पतीले २०७४ फागुन ३ गते नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई दान गरिदिएका छन्।

    यो दान सहज थिएन। शाहले ‘हकदाबी’ गर्ने एक मात्र छोरीसँग मुद्दा लड्नुपर्यो।

    सुरुमा त उनले छोरीसँग सल्लाह गरेकै थिए।

    वर्षदिनअघि छोरी ईश्वरी राणा र ज्वाइँ रुक्मशमशेरलाई घर बोलाएर कुराकानी गरे। आफ्नो पिताले नेपालगन्जको सम्पूर्ण जायजेथा अस्पताललाई दान दिएको सम्झाए। आफूले पनि कान्तिपथको तीन रोपनी जग्गा फत्तेबाल आँखा अस्पताललाई दान गर्ने सोच बनाएको सुनाए।

    छोरी ईश्वरीले शेषपछि मात्र दान दिन सुझाइन्। ज्वाइँले केही भनेनन्।

    ‘दानपत्र हामीलाई देखाउनुहोला,’ ईश्वरीले यत्ति भनिन्।

    शाहले दानबारे श्रीमती रुद्रकुमारीसँग कुरा गरिसकेका थिए। परिवार र एक मात्र हकवाला छोरीसँगको सल्लाहबाट उनी उत्साहित भए। बुबा फत्तेजंगको नाममा स्थापित अस्पताललाई सहयोग गर्नमा ढिलाइ गर्न चाहेनन्। काठमाडौं महानगरपालिका-१ का वडाध्यक्षलाई घरमै डाके। बकसपत्र तयार गरे।

    फत्तेबाल अस्पतालसँगको बकसपत्रमा लेखियो- ‘श्रीजंग शाहको कान्तिपथमा रहेको ३ रोपनी ३ आना २ पैसा २ दाम जग्गा र सो जग्गामा रहेको घर फत्तेबाल आँखा अस्पतालाई दान दिने। अस्पतालले घरजग्गा आयआर्जनबाहेक अन्य कार्यमा प्रयोग गर्न वा हक हस्तान्तरण गर्न नपाउने।’

    शाहले बकसपत्रमा हस्ताक्षर गरे। श्रीमती साक्षी बनिन्।

    जग्गा बकसपत्र गरिदिएपछि आँखा अस्पतालले सम्मान कार्यक्रम राख्यो। तर, शाह बिरामी परे। नेपालगन्ज जान सकेनन्।

    केही महिनापछि शाहले अस्पताल कर्मचारीलाई काठमाडौं डाके। अस्पताल कर्मचारी जग्गा दर्ता गर्न काठमाडौं आए। २०७४ असोज ३० गते डिल्लीबजार मालपोतमा जग्गा नामसारीका लागि दर्ता शुल्क तिरे। प्रक्रिया अघि बढ्यो।

    लालपुर्जा बनाउनुअघि जग्गा रोक्का भएको भन्दै मालपोत कार्यालयले प्रक्रिया रोक्यो।

    शाह छक्क परे।

    मालपोत कार्यालय प्रमुख पद्मनिधि सोतीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गा रोक्का भएको जवाफ दिए।

    शाह हुर्रिएर प्रशासन कार्यालय पुगे।

    दुई दिनसम्म जग्गा कसले रोक्का राखेको पत्ता लगाउन सकेनन्। तेस्रो दिन प्रशासनले जग्गा ईश्वरी राणाले रोक्का गराएको बतायो। शाहले रोक्काको प्रतिलिपि लिए। सहमति लिएकै छोरीले जग्गा रोक्का गरेको देखेपछि उनी भाउन्न भए।

    ‘बुबाआमा बिरामी हुनुहन्छ। बाबुको ब्रेन ठिक छैन। बहुलाले खाने औषधि खाइरहनुभएको छ। दानपत्र काम सदर नहोस्। म एउटा छोरी, मेरो सल्लाह नगरी काम नहोस्। जग्गा रोक्का गरिपाउँ,’ रोक्का कागजको विवरण पढेपछि उनी झनै रन्थनिए।

    छोरीको परिवार सम्पन्न थियो। सुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशरेसँग उनको विवाह भएको थियो। काठमाडौंमै तीन-चारवटा र भारतको दिल्लीमा समेत घर भएकी छोरीले दान गर्न ठिक्क पारेको जग्गा रोकेको देखेर श्रीजंग मर्माहत भए।

    ‘सम्पत्ति रोक्का भइहाल्यो, छोरी घर आउन छाडिन्,’ शाहले भने, ‘मलाई आपत भयो।’

    उनले सिडिओ कार्यालय गएर प्रतिवादी उजुरी दर्ता गर्न खोजे। कार्यालयले इन्कार गर्यो। मौखिक जवाफ दियो- ‘मुख्यसचिवको निर्देशनमा रोक्का भएको हो।’

    भिडियोः रमेश कार्की/ सेतोपाटी


    शाहले मुख्यसचिव भेट्न खोजे। सकेनन्। प्रशासनले यसबीच अर्को जवाफ दियो- ‘अख्तियारबाट पनि रोक्का छ।’

    ‘अरु कारण देखाएर रोक्का गरेको भए मलाई आपत्ति थिएन। मेरो ‘ब्रेन’ खराब छ, बहुलाको औषधि खाइरहको छ भनेपछि सफाइका लागि अदालत जानुपर्यो,’ उनले भने।

    छोरी ईश्वरीले बुबाको स्वास्थ्य ठिक नभएको भन्दै नक्कली रिपोर्ट पेस गरेकी थिइन्। आमाको स्वास्थ्यसमेत खराब रहेको रिपोर्ट तयार पारेकी थिइन्।

    जग्गा रोक्का खुलाउन शाह प्रधानमन्त्री कार्यालय पुगे। अख्तियार पुगे। कतैबाट केही सिप लागेन। ९४ वर्षका शाह लौरो टेकेर तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितकहाँ पुगे। दहितले मालपोतलाई ‘नामसारी गर्न’ तोक आदेश लगाइदिए।

    मालपोतले भने थाहै नपाएजस्तो गर्यो।

    ‘म त डिल्लीबजार मालपोत कार्यालय प्रमुख सोतीसँग बाझेँ। कहिल्यै राम्रो व्यवहार गरेनन्। तामेलीमा राखिदिन्छु भनेर बडा दु:ख दिए,’ शाह सम्झन्छन्, ‘मन्त्रीको आदेश पनि मानेनन्।’

    उनले मालपोतविरुद्ध सूचना हकअनुसार निवेदन दिए। मालपोतले जग्गा दर्ता पास गर्न नसकिने भन्दै दरपिठ गरिदियो। उनी दरपिठविरुद्ध काठमाडौं जिल्ला अदालत पुगे। मुद्दा लिएर जानुअघि वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराए।

    वीरका डाक्टर सुशीलकुमार शाक्यले जाँच गरे। उनलाई प्रश्न सोधे। केही लेख्न लगाए। केही पढ्न लगाए। विगतको सम्झना सुनाउन लगाए।

    ‘यु आर एब्सुलुट्ली अलराइट,’ डाक्टर शाक्यको जवाफले श्रीजंगलाई जंग जितेको महशुस भयो।

    अदालतमा उनले वीरको स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गरे। काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशकुमार पौडेलले लौरो टेकेर इजलास आएका श्रीजंगलाई प्रश्न सोधे। उनले खुरुखुरु जवाफ दिए।

    अदालतले उक्त जग्गा शाहले आफूखुसी गर्न पाउने आदेश गर्यो। मालपोतको दरपिठ बदर गरिदियो।

    माघ १२ गते अदालतको आदेशपछि श्रीजंगले फागुन ३ गते आफ्नो घरजग्गा अस्पतालको नाममा दान गरिदिए।

    ‘धर्मको जीत हुन्छ। हामीले कसैको अपराध गरेका थिएनौं,’ उनले भने, ‘पशुपतिनाथको देशमा इन्साफ पाइँदैन भन्ने हुँदैन।’

    मुद्दा लडेर जग्गा दान दिएका शाहको छोरीसँग पनि कुनै गुनासो छैन। कसैको उक्साहटमा परेको उनी बताउँछन्।

    मुद्दापछि ईश्वरी एकपटक आमाबुबा भेट्न पुगेकी थिइन्। ‘झगडा गर्ने कुरा भएन। ज्वाइँले बाँकी जग्गा नबेच्नू भने,’ शाह भन्छन्, ‘आखिर मेरी छोरी हो। कुनै गुनासो छैन। गल्ती त भगवान् श्रीकृष्णले पनि गरे। गल्ती स्वीकार गर्नुपर्छ। गल्ती ठिक छ भन्यो, झगडा बल्झिरहन्छ।’

    एक अर्बको सम्पत्ति अस्पताललाई दान दिएका शाहको कान्तिपथकै अन्य दुई रोपनी जग्गा सूर्य नेपाल कम्पनीले लिजमा लिएको छ। शाह लौरो टेकेर बाहिरभित्र गर्छन्। ९० वर्षीया श्रीमती र आफ्नो स्याहारका लागि नर्स राखेका छन्।

    ‘अब कति वर्ष हो कुन्नि, भगवानको कृपाले केही नगरे पनि दुई-तीन वर्ष मलाई खान पुग्ने सम्पत्ति छ,’ शाहले भने, ‘यो सब मैले गरेको होइन। भगवान् पशुपतिनाथले गराइबक्सेको हो। उहाँको इच्छा नभए तपाईं पत्ता हल्लाउन सक्नुहुन्न।’    

    सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.