गोरखा समाचारदाता
आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा रहेको प्राथमिक उपचार केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । हेल्प टु हेल्प नेपालको सहयोगमा संञ्चालित उक्त प्राथमिक उपचार केन्द्रलाई एक कार्यक्रमका विच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।
एम्बुलेन्सको साँचो एक कार्यक्रम बिच आन्तरिक मामिला, न्याय तथा कानुन मन्त्री हरिबहादुर चुमानले हेल्प टु हेल्प नेपालका अध्यक्ष अमिर अधिकारीलाई हस्तान्तण गरेका थिए । मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने मुल नाराका साथ २०६७ सालमा स्थापना भएको हेल्प टु हेल्प नेपालले नेपाल राज्य भरी नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
स्थानिय विकास तथा देशमा पर्दै आएको आपतकालिन पिपदको बेलामा संस्थाले मानविय हिसावले विभिन्न खालको सहयोग पु¥याउर्दै आएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए । यसै विच शनिवार नै आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा वृहत स्वास्थ्य शिवरको आयोजना गरिएको छ ।
टिचिङ्ग हस्पिटल काठमाण्डौका वरिष्ठ जनरल विशेषज्ञ डा.रामप्रसाद न्यौपाने सहितको ५ जना विशेषज्ञ डाक्टरहरुको टोलीले ४ सय जना स्थानियहरुको नाक, कान, घाँटी, तथा स्त्री रोगीहरुको निशुल्क उपचार गरिएको छ । शिविरमा झण्डै २ सय जनाले मुटुको इसिजी गराएको र २ लाख रुपैया बराबरको औषधी निशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
आफ्नै घर आगनमा विशेषज्ञ सहितको टोलीको निशुल्क उपचार गराउन पाउदा स्थानिहरु निकै उत्साहित भएको र यस्ता शिविरलाई निरन्तरता दिदै अझै वृहत रुपमा अगाडी बढाउने संस्थाका अध्यक्ष अधिकारीको भनाई छ ।




















