×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यी हुन् ११ जोडी पति पत्नी सांसद्

  •  
  • शनिबार, फागुन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले/देवचन्द्र भट्ट

    काठमाडौं : यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् ।

    निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जसमध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् ।

    यीमध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् । श्रेष्ठ काठमाडौ क्षेत्र नं. ९ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छन् ।

    माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङ र सुवेदी श्रीमान श्रीमती हुन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद् बनेकी छन् ।

    एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वाचित भएका छन् । पोखरेल दाङ क्षेत्र २‘क’बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् ।

    एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको नेकपा एमालेले जनाएको छ ।

    माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् ।

    एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् ।

    माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । ओनसरी दोस्रो संविधान सभाको सभाध्यक्ष पनि हुन् ।

    एमाले नेता रघुवीर महासेठ र उनी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठले घनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् ।

    राष्ट्रिय जनता पार्टी(राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् ।

    माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् । खड्का प्युठानको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका छन् ।

    माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् ।

    यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा पुर्‍याएको योगदानको कदर गर्दै सांसद बनाएर थप जिम्मेवारी दिइएको बताएका छन् ।

    अर्कातिर बर्दियाट पराजित भए पनि एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नि तुल्सी थापागौतम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएकी छन् ।

    समानुपातिकतर्फबाट सांसद बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई पार्टीले समानुपातिक सूचीमा राखे पनि अन्तिममा नाम काटियो ।

    दम्पति सांसद

    देव गुरुङ र यशोदा सुवेदी
    शंकर पोखरेल र सुजिता शाक्य
    महेश्वर गहतराज र उषा पुन (प्रदेश सभा)
    शेरबहादुर तामाङ र उषाकला राई(प्रदेश सभा)
    बर्षमान पुन र ओनसरी घर्तिमगर
    रघुवीर महासेठ र जुलीकुमारी महतो
    अनिलकुमार झा र डिम्पलकुमारी झा
    कृष्णध्वज खड्का र रेखा शर्मा
    शक्तिबहादुर बस्नेत र सत्या पहाडी
    विरोध खतिवडा र मुनु सिग्देल
    कृष्ण गोपाल श्रेष्ठ र बीना श्रेष्ठ

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.