×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मन्त्रालयको संख्या टुङ्गो नलाग्दा समस्या

  •  
  • शुक्रबार, फागुन ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केन्द्रमा नयाँ सरकारले प्रारम्भिक स्वरूप ग्रहण गरिसक्दा समेत मन्त्रालयको संख्याबारे टुङ्गो नलाग्दा कर्मचारी खटनपटनमा समस्या उत्पन्न भएको अधिकारीहरूले बताएका छन्।

    यसअघि मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ वटा मन्त्रालय राख्नुपर्ने निष्कर्ष निकाले पनि सरकारले त्यसलाई अनुमोदन गरिसकेको छैन।

    सत्ता सम्हालेको एमाले वाम गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छिनोफानो भएपछि मात्रै संख्या टुङ्ग्याउने मनस्थितिमा देखिन्छ।

    हाल ३१ वटा विषयगत मन्त्रालय छन्।

    सामान्य प्रशासनमन्त्री नेतृत्वको समितिले त्यसलाई घटाएर १८ वटा र मुख्यसचिव नेतृत्वको कार्यदलले १६ वटा मन्त्रालय राख्न सकिने सुझाव दिएका थिए।

    उनीहरूले गरेको सिफारिशबारे तत्कालीन सरकारले निर्णय नगरेपछि अब त्यसको टुङ्गो लगाउने जिम्मा नयाँ सरकारको काँधमा आएको छ।

    हाल रहेका केही मन्त्रालय खारेज गर्न र कतिपय मन्त्रालय गाभ्न सुझाव दिइएकाले थोरै मन्त्रालय हुने अपेक्षा गरिएको छ।

    सरकार

    तर नयाँ सरकार बनिसक्दा समेत मन्त्रालयबारे टुङ्गो नलाग्दा कर्मचारी खटाउनेबारे अन्योल बढेको अधिकारीहरू बताउँछन्।

    सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने, “कर्मचारीको दरबन्दी, मन्त्रालयको नामाकरण र संख्या, स्थानीय तहसम्म रहने तिनका संरचना लगायतबारे धेरै अघि निर्णय गरिनुपर्ने हो। तर भएको छैन। मन्त्रालयहरू नगाभिएकाले कर्मचारीहरू यही मन्त्रालयमा छन्। खटाउन पनि गाह्रो भइरहेको छ।”

    संविधान अनुसार केन्द्रमा प्रधानमन्त्री, मन्त्री, राज्य वा सहायकमन्त्री गरी बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् सदस्य रहने व्यवस्था छ।

    त्यसैलाई दृष्टिगत गरी गठबन्धनकारी दलबीच सहमति कायम गरी मन्त्रालयको संख्या टुङ्गो लगाउने एमालेका महासचिव ईश्वर पोख्रेलले बताए।

    उनले भने, “संविधान र कानूनले जे व्यवस्था गरेको छ, त्यसलाई हामी पालना गर्छौँ। हामी सरकार बनाउने टिकाउने नाममा त्यसलाई उल्लंघन गर्ने पक्षमा छैनौँ। गठबन्धन सम्बद्ध पक्षसँग पनि सल्लाह गरेर मन्त्रालयको संख्या टुङ्ग्याउन बाँकी छ।”

    विगतमा गठबन्धनकारी पार्टी तथा तिनका नेताहरूको आकांक्षा व्यवस्थापनका नाममा मन्त्रालयको संख्या बढाइएको भन्दै धेरैले आलोचना गर्दै आएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.