गोरखा समाचारदाता
सूर्योदय आधारभूत विद्यालय आँबुखैरेनी–१, याञ्चोकटार तनहुँको ६४ औं वार्षिक उत्सव भव्य रुपले सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मोच्यो भूजेलको अध्यक्षतामा तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिकाकी प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापा, श्रोत व्याक्ति तोप बहादुर कुवँर, वडा नं. १ का वडा अध्यक्ष किसान थापा, शिक्षिका खिल माया थापा, चन्द्र्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक लाल बहादुर परियार, बाल संरक्षण राम चन्द्र पण्डित, मित्रता मावि व्यवस्थापन समितीका अध्यक्ष भिष्म कान्त गौंली लगाएतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आँबुखैरेनी गाउँपालिकाको सूर्योदय आधारभूत विद्यालय एक मात्र जेठो विद्यालय रहेको र यसको संम्बद्र्धन र संरक्षणमा सबै लाग्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालयलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याई यस विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

यसैगरी, विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने १६ जनालाई सम्मान गरिएको र विविध खेलकूद विद्याका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बिष्णु अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित लोक तथा दोहोरी गायक पूर्ण बहादुर गुरुङ्ग, लोक तथा दोहोरी गायिका पारु गुरुङ्ग, लोक तथा दोहोरी गायक कमल सापकोटाले सांङ्गेगित प्रस्तुतीहरु प्रस्तुत गरेर विद्यार्थी, अभिभावक, दर्शक, अथितीहरुलाई मनोरञ्जन प्रदान गरेर सबैलाई नचाएका थिए ।
यसैगरी आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा रहेको मित्रता माध्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिक उत्सव तथा अभिभावक मिलन समारोह भव्य रुपले मनाएको छ । विद्यालयको प्राङ्गणमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिष्म कान्त गौंलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, श्रोत व्याक्ति तोप बहादुर कुवँर, वडा नं १ का वडा अध्यक्ष किसान थापा, समाजसेवी प्रेम बहादुर तमु, शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद काराखेती, जग्गादाता पिताम्बर पोखरेल, शिक्षाप्रेमी मिना अधिकारी, भू.पू. विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद अधिकारी, शिक्षक अभिभावक संघका सदस्य प्रेम बहादुर तामाङ्ग, चन्द्रोदय आधारभूत प्राविका प्रधानाध्यापक लाल बहादुर परियार लगाएतकाले मन्तव्य राखेका थिए ।
यसैगरी, विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको लागि सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिएको र विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट, मेहनती तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ती वितरण गरिएको विद्यालयका प्राचार्य धुब्र अधिकारीले जानकारी दिए ।


