×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

किन रोकियो देउवाको राजीनामा

  •  
  • बिहिबार, फागुन ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     नवीन झा 

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्।

    सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो। उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन्।

    प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए।

    ‘सरकारले सिफारिस गरेका तीन सदस्यको नियुक्ति किन भएन भन्ने बुझांै भन्ने मन्त्रीहरूको पनि सुझाव आयो’, प्रवक्ता शर्माले भने, ‘राष्ट्रपतिले सरकारको सिफारिसअनुरूप मनोनयन नगर्दासम्म सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक नहुने कुरा आएकाले राजीनामा दिनु भएन।’ निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार भेटेर प्रतिनिधिसभाको नतिजा हस्तान्तरण गरेको छ।

    कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आयोगले राष्ट्रपतिलाई नतिजा हस्तान्तरण गरेलगत्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग तीन सदस्यको सिफारिसबारे कुरा गर्न अह्राएका थिए। अर्थमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभामा ३ जनाको मनोनयन तत्काल गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस प्रवक्ता शर्माका अनुसार बिहीबार देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिनेछन्।

    बालुवाटारमा दिउँसो ३ बजेदेखि कांग्रेसका मन्त्रीसँग देउवाले राजीनामाका विषयमा छलफल गरेका थिए। निर्वाचन आयोगले राति ८ बजे राष्ट्रपतिकहाँ नतिजा हस्तान्तरण गर्ने समय लिएपछि ९ बजेसम्म सम्बोधनसहित राजीनामा दिने सल्लाह भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए।

    ‘केही साथीले ३ जनाको मनोनयनबारे जिज्ञासा राखेपछि राष्ट्रपतिसँग सल्लाह गर्ने कुरा भयो’, उनले भने।

    जेठ २३ मा माओवादीसँगको सहकार्यमा प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा आठ महिनापछि सरकारबाट बाहिरिन लागेका हुन्। देउवाको कार्यकालमा दुई चरणको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको थियो।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.