×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनोनित सदस्यबारे दलहरूबीच विवाद

  •  
  • शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति लगायतका विषयमा प्रमुख दलहरूबीच लामो समयसम्म भएको मतभेद सेलाउन नपाउँदै सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित हुने तीन सदस्यलाई लिएर विवाद शुरू भएको छ।

    वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले उक्त नियुक्ति वर्तमान सरकारले गर्ने भन्दै गृहकार्य शुरू गरिसकेको जनाएको छ।

    तर आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले सिफारिस गर्ने अधिकार काम चलाउ सरकारलाई नभएको तर्क गरेको छ।

    राष्ट्रिय सभा चुनाव सकिएसँगै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको समूहगत प्रतिनिधित्वको सिट निर्धारण गरेर पठाउने अन्तिम तयारी भइरहेको जनाएको छ।

    त्यसको केही दिनमै अन्तिम परिणाम घोषणा गर्ने उसको भनाइ छ।

    यो सरकारले नै सिफारिस गर्छ त्यसमा कुनै विवाद नै गर्नु पर्ने छैन

    यज्ञबहादुर थापा, कानुनमन्त्री

    तर राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तीनजना सदस्यका बारेमा प्रमुख दलहरूले आ-आफ्नै तर्क अघि सारेका छन्।

    कांग्रेस नेतासमेत रहेका कानुनमन्त्री यज्ञबहादुर थापाले भने, “विगतमा पनि संविधान र कानुनका आधारमा लिएका अडानहरूमा हामीहरू सही साबित भएका छौं, तीनजना मनोनित पनि त्यस्तै हो। यो सरकारले नै सिफारिस गर्छ त्यसमा कुनै विवाद नै गर्नु पर्ने छैन।”

    उक्त सिफारिस पनि निर्वाचनकै एउटा पाटो भएको र सबै निर्वाचन सकेको सरकारसँग राष्ट्रिय सभालाई पूर्णता दिने जिम्मेवारी रहेको तर्क मन्त्री थापाको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गर्ने ३ जनाका बारेमा छलफल अघि बढाइसकेको र केही दिनमै सिफारिस गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    तर आगामी सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको नेकपा एमालेले काम चलाउ सरकारलाई उक्त अधिकार नभएको तर्क गरेको छ।

    एमाले महासचिव ईश्वर पोखरेलले भने, “यो सरकार त खुट्टा उचालेर अब जानुपर्ने स्थिति आइसकेको बेलामा उसले त्यो निर्णय गर्नु हुँदैन। अर्को सरकारले नै गर्छ। यो सरकारले त्यसमा हात हाल्नु नै उचित हुँदैन।”

    यो सरकार त खुट्टा उचालेर अब जानुपर्ने स्थिति आइसकेको बेलामा उसले त्यो निर्णय गर्नु हुँदैन

    ईश्वर पोखरेल, महासचिव, एमाले

    मनोनित गर्नुपर्ने ३ जना नभए पनि संसदको पूर्णतामा कुनै असर नपर्ने भन्दै पोखरेलले वर्तमान सरकारले नैतिकताका आधारमा उक्त निर्णय गर्ने अधिकार आगामी सरकारलाई दिनुपर्ने तर्क गरे।

    वाम गठबन्धन भित्रको अर्को दल माओवादी केन्द्र पनि नयाँ जनादेश पाएको सरकारले नै राष्ट्रिय सभालाई पूर्णता दिनुपर्ने पक्षमा रहेको उक्त दलकी प्रवक्ता पम्फा भुषालले बताइन।

    ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिइसकेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.