×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दशगजामै भारतीय बस्ती

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • भारतीय पक्षले ठाडी नाकाको भन्सार कार्यालयसमेत दशगजाभित्रै बनाएको छ

    भरत जर्घामगर

    माघ २३, २०७४ ठाडी (सिरहा) — लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।

    अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् ।
    जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षांैदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।
    ‘जिल्लाबाट सीडीओ र एसपीसाबहरू यतातिर आउँदा हामी जहिल्यै पनि दशगजाबाट भारतीय कस्टम हटाउनुपर्छ भनेर कुरा राख्छौँ तर अहिलेसम्म पहल भएन,’ ठाडीका स्थानीय अगुवा कन्हैया भट्टले भने, ‘कस्टम कार्यालयअगाडि नै दशगजामा भारतीय नागरिकले चियापसल खोलेका छन्, बस्तीसमेत बसालेका छन् ।’ ठाडी सीमामा भारतीय लौकाहा बजार छ । त्यहाँ आइतबार र बिहीबार साप्ताहिक हाट बजार लाग्छ ।
    त्यस क्रममा भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको भट्टले सुनाए । सुरक्षास्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपालपक्षले सीमाछेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दशगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो । नेपाली सीमाछेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन ।
    ‘कस्टमसँगै भारतीय पक्षले सीमामै चेकजाँचका लागि ढाट नै राखेको छ,’ सशस्त्र प्रहरी बल ठाडीका प्रमुख सुशील बस्नेतले भने, ‘भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग दशगजा क्षेत्रबाट कस्टम कार्यालय सार्न आग्रह गरेका छांै, कार्यान्वयन भएको छैन, फेरि पनि पहल गर्छु ।’
    भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन् । नेपालपट्टिका भन्सार प्रमुख राजेन्द्र हमालले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.