×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

बुढीगण्डकी आयोजना – मुआब्जाले दिलायो सुविधा

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरिहरसिंह राठौर

    माघ २२, २०७४ पीपलटार (धादिङ) — एक वर्षअघिसम्म समस्यैसमस्याले ग्रस्त थियो मैदीको कुमाल बस्ती । अशिक्षा र गरिबीका कारण स्थानीयले शौचालय बनाउन सकेका थिएनन् । बालबालिका विद्यालय जाँदैनथे ।
    प्रस्तावित बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले डुबानमा पर्ने जग्गा अधिग्रहण गरेर मुआब्जा बाँडेपछि अब यहाँका बासिन्दा आर्थिक रूपमा सबल भएका छन् । बस्तीका सबैजसोले कम्तीमा ५० लाख नगद हात पारेका छन् । कतिपयको अर्को स्थानमा रहेका जग्गा, घरगोठ तथा फलफूल–रुखबिरुवाको मुआब्जा निर्धारण हुनैबाँकी छ । त्यसबाट पनि उनीहरूले थप रकम पाउनेछन् ।
    मुआब्जा बुझेकाहरूले प्राप्त रकम जग्गा र घरघडेरी खरिदमा खर्चिएका छन् । अधिकांशका आँगनमा भर्खरै किनिएका मोटरसाइकल र जिप देखिन्छन् । पहिले यहाँका अधिकांश महिला दिनभर गोरखाका बजारतिर मजदुरी गर्न जान्थे । कोहीचाहिँ बालबालिका स्याहारेर दिनभर घरमै बस्थे । अहिले उनीहरू सबैको दैनिकी फेरिएको छ । घरघरमा डिसहोम जोडिएको छ । पूरै कुमाल बस्तीमा रौनक छाएको छ ।
    मुआब्जाले स्थानीयको आर्थिक स्तर उकासिए पनि संस्कार भने फेरिएन । पैसासँगै विकृति पनि भित्रिएको छ । गोरखा र धादिङका सानातिना बजारमा मदिरा आयात र व्यापार हात्तै बढेको छ । सस्तादेखि महँगा ब्रान्डका मदिरा बेच्ने पसल छ्यासछ्यास्ती भेटिन्छन् ।
    अनि तिनै पसलमा तासका खाल जम्ने गरेका छन् । मुआब्जा बुझेकाहरूले ठूलो रकम मदिरा र तासमै उडाउने गरेको स्थानीय पीपलटार निमाविका एक शिक्षकले बताए ।
    बस्तीमा रहेको स्वास्थ्य केन्द्रमा औषधि नभएर के भो र ? सदरमुकामस्थित सानीमा बैंकको शाखाले तत्काल एम्बुलेन्स पठाइदिने गरेको छ । त्यति मात्र होइन, आफ्नामा रकम जम्मा गराउनेलाई बैंकले जिप रिजर्भ गरेर घरसम्मै पुर्‍याइदिने गर्छ ।
    बैंकमै पुग्छन् जग्गा दलाल
    स्थानीयका हातमा रकम परेको थाहा पाउनासाथ जग्गा दलालहरू निकै सक्रिय भएका छन् । मुआब्जा पाएकाहरू रकम जम्मा गर्न आउने भएकाले उनीहरू बैंकमै पुगेर घरजग्गा खरिद गर्न प्रस्ताव राख्छन् । जिल्ला सदरमुकामसहित चितवन, पोखरा, नवलपरासी, हेटौंडा, काठमाडौंसम्मका घरजग्गा देखाउँछन् । उनीहरूले ती घरजग्गाको तस्बिरसमेत खिचेर ल्याएका हुन्छन् । रकम निकाल्न बैंक पुगेका सूर्यबहादुर कुमालले दलालकै प्रस्तावमा काठमाडौं, दहचोकमा १२ आनाको घडेरी खरिद गरिसकेका छन् । उनले १८ रोपनी जग्गाको १ करोड२९ लाख ५० हजार रुपैयाँ मुआब्जा पाएका थिए ।
    उनका भाइ गुमानध्वज पनि १ करोड २५ लाखमा ४ कोठाको घर खरिद गरी तला थप्ने सुरसारमा छन् । ७० लाख रकम बुझेका हरिबहादुर कुमालको १५ जनाको परिवार छ । उनले सदरमुकामको साङोसमा प्रतिआना ४ लाख रुपैयाँका दरले ६ आना घडेरी किने । थप ३ रोपनीका लागि रकम बुझाइसकेका छन् । अलि थोरै मुआब्जा पाएकाहरूले चितवनको भण्डारातिर जंगल छेउछाउका जग्गा किनेका छन् । आयोजनाबाट उठिबास लाग्नेहरूबारे सरकारले हालसम्म ठोस योजना अघि सारेको छैन । थोरै जग्गा भएकाहरूले मुआब्जा पनि थोरै पाएकाले उनीहरू भविष्यप्रति चिन्तित छन् ।
    ‘करोड रकम बुझेकाहरूले चितवन र काठमाडौं गएर घरजग्गा किने,’ शिवबहादुर कुमालले भने, ‘हाम्रा भागमा ५२ लाख परेको छ, यसले सदरमुकाम छेउछाउ परिवारलाई वर्षभरि पाल्न पुग्ने जग्गा पाइँदो रहेनछ, पाए पनि सिँचाइ नभएको जग्गा मात्र हो ।’
    बुढीगण्डकी किनारको यो खेतीयोग्य टारमा कुमाल समुदायका १ सय ३५ घर छन् । ‘बलौटे माटामा राम्रो उब्जनी हुने भएपछि २०४० ताका नै छोरीगण्डकीबाट सिँचाइ आयोजना निर्माण गरी पीपलटारलाई थप खेतीयोग्य बनाइएको थियो,’ ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोदराज तिमल्सिनाले भने ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.