×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कर्मचारी अभावले प्रदेशमा काम गर्न ‘समस्या’

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सातवटै प्रदेशमा प्रदेश सभाको पहिलो बैठकसँगै प्रशासनिक काम शुरू भए पनि आवश्यक कर्मचारी त्यहाँ नपुग्दा समस्या उत्पन्न भएको अधिकारीहरूले बताएका छन् । केन्द्रका विभिन्न मन्त्रालयबाट करिब २ हजार कर्मचारी खटाउने निर्णय भए पनि हालसम्म ७ सयजना मात्रै सम्बन्धित स्थानमा पुगेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

    गत एक हप्ताभित्र सातवटै प्रदेशमा प्रदेशसभा बैठक सम्पन्न भइसकेका छन् । कर्मचारीको अभावमै जसोतसो प्रदेशसभा बैठक सञ्चालन गरिएको प्रदेश सचिवहरूले बताएका छन् ।

    तर अब पनि खटाइएका सबै कर्मचारी नआए प्रशासनिक काम चलाउन कठिन हुने प्रदेश नं. १ का सचिव यादव कोइरालाले बताए । उनले भने, “सबै मन्त्रालयका सचिवहरू नै आउनुभएको छैन। मन्त्रालयहरू स्थापना भएपछि पनि आउनुभएन भने काम गर्न हामीलाई गाह्रो हुन्छ।”

    प्रदेश

    प्रत्येक प्रदेशमा मुख्यमन्त्री, प्रदेश प्रमुख र प्रदेश सभाका कार्यालय तथा अन्य ६ मन्त्रालय गरी ९ वटा निकाय रहने अस्थायी व्यवस्था छ । जसअनुसार एउटा प्रदेशमा कम्तीमा १९० देखि २६६ जनासम्म कर्मचारी चाहिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

    केन्द्रले अस्थायी कर्मचारी खटाउँदा स्थानीय तहमै रहेका सम्बन्धित सरकारी निकायबाट नभइ केन्द्रबाट परिचालन गर्दा समस्या आएको तर्क गर्छन् प्रदेश नं. १ ४ का सचिव लक्ष्मण अर्याल । उनले भने, “केन्द्रबाट कर्मचारी खटाउँदा व्यवस्थापन अलि भरपर्दो भएको छैन। क्षेत्रीय कार्यालयहरू खारेज गरेको भए धेरै कर्मचारी स्थानीय तहबाटै व्यवस्थापन गर्न सकिन्थो।”

    कर्मचारी खटाउने सामान्य प्रशासन मन्त्रालयले भने तोकिएका २ हजार कर्मचारीमध्ये हालसम्म करिब ७ सयजना प्रदेशमा खटिसकेको बताएको छ । विभिन्न मन्त्रालयका कर्मचारी खटिनुपर्ने भए पनि ती निकायले कडाइ नगर्दा ढिलाइ भएको भन्दै सामान्य प्रशासनले आफ्नो बचाउ गरेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.