×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

खाद्यान्न सहयोगमा नयाँ नियम

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    कतिपय दातृ निकायले बाँडेका खाद्यान्न गुणस्तरहीन भेटिएकाले त्यसलाई नियमन गर्न कानुनमा सुधार गर्न लागिएको अधिकारीहरु बताउँछन्

    विभिन्न दातृ राष्ट्र तथा निकायले सहयोगका रुपमा नेपालमा भित्र्याउने खाद्यान्न तथा अन्य खाद्यवस्तुहरु ल्याउनुपूर्व नै अनुमति लिनुपर्ने र ल्याएपछि पनि परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्थासहित कानून परिमार्जन गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

    नेपालमा बेलाबेला हुने विपद् र खाद्यान्न अभावका बेला कतिपय दातृ निकायले बाँडेका खाद्यान्नहरु गुणस्तरहीन भेटिएपनि त्यसलाई नियमन गर्न समस्या परेकाले कानुनमा सुधार गर्न लागिएको उनीहरुको भनाइ छ।

    यसबारेमा पटक पटक नियमन गर्न सरकारलाई सिफारिस गर्दै आएको मानव अधिकार आयोगले अनुगमनमा सुधार भएपनि विगतमा भएका घटनामा संलग्नहरुलाई कारबाही गर्नेतर्फ सरकारले चासो नदिएको जनाएको छ।

    राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलगायत विभिन्न दातृ निकायले नेपालमा लामो समयदेखि विपद् र संकटका बेला खाद्यान्न वितरण गर्नुका साथै नियमित रुपमा कामका लागि खाद्यान्न कार्यक्रम पनि संचालन गर्दै आएका छन्।

    विक्रम सम्वत् २०६६ सालमा जाजरकोटमा वितरण गरिएको त्यस्तै चामल खानका लागि अयोग्य रहेको ठहर खाद्य प्रयोगशालाले नै गर्‍यो।

    सहयोग स्वरुप आउने खाद्यवस्तुहरुको पनि अनिवार्य रुपले परीक्षण गरेर कँहाबाट कहिलेको उत्पादन ल्याउन खोजिएको, सबै हेरेर आयातको अनुमति लिने अनि मात्रै नेपालमा भित्र्याउने व्यवस्था गर्न लागिरहेका छौं

    संजिव कुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग

    २०७२ सालको भूकम्पका बेला गोरखा र सिन्धुपाल्चोकमा पनि कुहिएको र ढुसी लागेको चामल भेटियो।

    उक्त चामल वितरणमा त रोक लगाइयो, तर कसैलाई कुनै कारवाही भएन।

    आफूखुसी ल्याउने र वितरण गर्ने प्रवृत्तिका कारण समस्या बढेको भन्दै सरकारले कानून नै बनाएर त्यस्ता खाद्य सहयोगको नियमन गर्न लागेको जनाएको छ।

    हाल मस्यौदा भइरहेको खाद्य स्वच्छता तथा गुणस्तर ऐनमा गर्न लागिएको परिमार्जनबारे खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले भने, “विभिन्न देश र दातृ निकायहरुबाट सहयोग स्वरुप आउने खाद्यवस्तुहरुको पनि अनिवार्य रुपले परीक्षण गरेर कहाँबाट ल्याउन खोजेको, कहिलेको उत्पादन ल्याउने, सबै हेरेर आयातको अनुमति लिने अनि मात्रै नेपालमा भित्र्याउने व्यवस्था गर्न लागिरहेका छौं। “

    मस्यौदालाई नयाँ संसद्‍मा विधेयकका रुपमा लैजाने कर्णले बताए।

    यसबाट आगामी दिनमा दातृ निकायहरुले बाँडेका खाद्यान्नमा समस्या देखिएमा उनीहरुलाई कानूनी दायरामा ल्यान सहज हुने विश्वास विभागले गरेको छ।

    सहयोग सामग्री
    सर्वोच्च अदालतले खान नहुने खाद्यान्न वितरण गर्ने दातृ निकायलाई कालोसूचीमा राख्न र खाद्य प्रयोगशालालाई प्रभावकारी बनाउन सरकारलाई भनेको छ

    तर विगतमा यस्ता घटनाहरुमा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेको राष्ट्रिय मानवअधिकार आयोगले कानून निर्माण र कारबाहीमा सुधार नभएको जनाएको छ।

    आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, “दोषी देखिएकाहरुलाई कारबाही गरेको अवस्था पाएका छैनौं। नियमित अनुगमनमा केही सुधार भएको छ, तर कानूनको अभाव अहिले पनि छ। त्यसमा काम हुन अझै बाँकी छ।”

    सर्वोच्च अदालतले आदेश नै गरेर खान नहुने खाद्यान्न वितरण गर्ने दातृ निकायलाई कालोसूचीमा राख्न र खाद्य प्रयोगशालालाई प्रभावकारी बनाउन सरकारलाई भनिसकेको छ।

    संसदीय समितिहरुले पनि दातृ निकायका खाद्यान्न राखेका गोदामहरुको अनुगमन गरेर उनीहरुलाई नियमन गर्न र गुणस्तर परिक्षण गरेर मात्रै वितरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.