भक्तपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले दुई वाम दलहरु नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने दाबी गरेका छन् ।
रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधानअनुसार दुई वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने पनि पार्टी एकीकरण भने हुनै नसक्ने जिकिर गरे ।
नेपाल सुरु गरिएको संघीयताको अभ्यास प्रान्तीय सरकारको आर्थिक भार थेग्न नसकेर योजनाबिनाको संघीयताले देशमा थप समस्या ल्याउने बताए ।
३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा राखिए पनि अरु धेरै जिल्लालाई अपायक भएकाले प्रदशेसभाले अन्यत्र सार्न सक्ने उनले उल्लेख गरे ।
ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको भ्रमणबाट थालिएको पनि उनले बताए । ओलीसमेत पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेकाले दुई देशबीच आगामी दिनमा सहजरुपमा सहकार्य हुने उल्लेख गरे ।
annapurnapost


