×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

तस्करीको चरेसमाथी लुटको योजना : यसरी समातियो चरेस र लुटेरा

  •  
  • आइतबार, माघ २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     मनिष दुवाडी 

    धादिङ : लुकाईछिपाई बेच्न लैजान लागिरहेको अवस्थामा धादिङ प्रहरीले १ सय ७० किलो चरेस सहित १ जनालाई पक्राउ गरेको छ। चरेस बरामद गरिएसँगै तस्करी भइरहेको चरेसलाई नै लुट्ने योजना बनाइरहेका अन्य चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

    चरेस तस्कारी हुँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय गजुरीले राजमार्ग क्षेत्रमा निगरानी बढाएको थियो। निगरानी तथा गस्तीको क्रममा तस्करी हुँदै गरेको चरेस र उक्त चरेसलाइ नै लुट्ने योजना बनाएका चार जनालाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए। उनले भने, ‘चरेस तस्करी हुँदै छ भन्ने सूचना पाएपछि मध्यराति हामी गस्तीमा निस्कियौँ। चरेस बरामद हुनुभन्दा पहिले तस्करी हुँदै गरेको चरेसलाइ लुट्ने योजना बनाएर पृथ्वीराजमार्गको जहरेखेत र पोखरेखोलाबीचको जंगल नजिक बसिरहेका टोलीसंग जम्काभेट भएपछि दुई जनालाई पक्रियौँ।’

    यसरी बरामद भयो चरेस र पक्राउ परे लुटेरा

    प्रहरीसँगको जम्काभेटमा धादिङको गल्छी गाउँपालिकाको वडा नं ५ का स्यामबहादुर तामाङ र सोही स्थान बस्ने विनोद तामाङ पक्राउ परेपछि राजमार्गको बाटो हुँदै तस्करी भइरहेको चरेस लुट्ने योजना प्रहरीले थाहा पाएको थियो। प्रहरी निरिक्षक तिमिल्सेनाले भने,‘राजमार्ग नजिकैको जंगलमा ८÷९ जनाको संख्यामा चरेस लुट्ने समूह बसेका रहेका रहेछन्, प्रहरीसँगका जम्काभेट भएपछि चरेस तस्करी हँुदैछ र त्यसलाइ लुट्ने योजना बनाइएको हो भनेर पत्ता लागेपछि सुरक्षा चेकजाँच थप कडा बनाइयो।’

    सुरक्षा चेकजाँचको क्रममा सुक्रबार बिहान साढे २ बजेतिर पोखरेखोलामै ना ३ ख ४३२४ नम्वरको ट्रकमा चरेस लोड हुँदै गरेको सूचना गस्तीमा रहेको प्रहरी टोलीले इलाका प्रहरी कार्यलय गजुरीको चेक प्वाइन्टमा सूचना दिएपछि प्रहरीले तस्करी हुँदै गरेको चरेस र ट्रक नियन्त्रणमा लिएको थियो। मुग्लिनको बाटो हुँदै भारतर्फ निकासी गर्ने योजनाको साथ ट्रकको गियर बक्स र ड्राइभरको सिटमाथी फल्स बटन बनाएर लुकाई राखेको अवस्थामा ट्रकका चालक मकवानपुर हैटोडा उपमहानगरपालिका वडा नं १० का रामकृष्ण स्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

    बरामद गरिएको चरेससंगै ट्रक चालक रामकृष्ण श्रेष्ठ

    पो खरेखोलाबाट चरेस लोड गरेर ट्रक हिँडेपछि उक्त ट्रकलाई स‌स्कास्पद रुपमा पच्छ्याइ रहेको बा ३३ प ७०२५ र वा ३६ प ४५६५ नम्वरको २ वटा मोटरसाइकलाई पनि गजुरी प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा नियन्त्रणमा रहेका मोटरसाइकल चालकहरु पनि चरेस लुट्ने योजनाका साथ पच्छ्याइरहको पत्ता लागेको थियो।

    प्रहरी निरिक्षक तिमल्सेनाले भने, ‘ट्रकमा चरेस लोड भएपछि चरेस लुट्ने योजनाकारहरुले मोटरसाइकल मार्फत फेरी ट्रकलाइ पच्छ्याए, ट्रक नियन्त्रणमा लिएपछि हामीले मोटरसाइकल चालकहरु गजुरी गाउँपालिका वडा नं ८ का देव बहादुर तामाङ र गल्छी गाउँपालिका वडा नं ६ का नवराज तामाङलाइ नियन्त्रणमा लिएर सोधपुछ गर्दा लुट्ने योजनाका साथ ट्रकलाइ पिछा गरिरहेको रहस्य खुलेको हो।’

    १ सय ७० किलो चरेससँगै पक्राउ परेका ट्रक चालक र लुट्ने योजना बनाएकाहरु चार जनालाई थप अनुसन्धान पस्चात लागुऔषध कारोवार ऐन अन्तरगत मुद्धा प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ। त्यस्तै लुट्ने योजना बनाएर फरार भएकाहरुको पनि खोजी कार्य जारी रहेको छ।

    यसैबीच चरेस पक्राउ गर्ने र लुट्ने योजना बनाउनेहरु पक्राउ गर्न सफल भएका प्रहरी निरीक्षक सञ्जय तिमल्सेनालाई प्रहरीले पुरस्कृत गरेको छ। ३ नं प्रदेसका प्रहरी अतिरिक्त महानिरिक्षक केसरीराज घिमिरेले ठुलो मात्रामा चरेस पक्राउ गर्न सफल भएकोमा तिमल्सेनालाई पुरस्कृत गरेका हुन्। अन्य प्रहरीहरुलाई पनि राम्रो काम गर्ने मनोबल बढाउन पुरस्कृत गरिएको प्रहरीले जनाएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.