×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अनुदानको चामलबाट मदिरा

  •  
  • शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     नन्दराम जैसी 

    जुम्ला : नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।

    संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ । अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ । ‘अरुवा मोटो चामलबाट घरेलु मदिरा निकै राम्रो बन्छ, यसबाट बनाएको मदिरा प्रतिबोतल सय रुपैयाँमा बिक्री गर्छौं । अनुदानको चामल खानुभन्दा मदिरा बनाउँदा फाइदा छ’, पातारासीका धनराज बुढाले भने, ‘मदिराबाटै कमाएको पैसाले बजारमा पाइने महँगो चामल किनेर खान्छौँ । महँगो चामलले मदिरा बनाउन सकिन्न, अनुदानको चामलले फाइदा गर्‍यो ।’

    कर्णालीका हुम्ला, मुगु, डोल्पा र भेरी जाजरकोटका विभिन्न गाउँमा यतिखेर अनुदानको चामल समयमै नपुगेका कारण खाद्य संकट भइरहेको छ । जुम्लावासीले भने अनुदानको चामलबाट मदिरा बनाई महँगोमा बेचेका हुन् । जुम्लामा संस्थानले प्रतिउपभोक्ता दुई बोरा अर्थात् ६० केजी चामल दिने व्यवस्था गरेको छ तर स्थानीले एकै घरका धेरैजनालाई लाममा राखेर एकमुष्ट १०–१५ बोरासम्म चामल लिने गरेको पाइएको छ ।

    कतिपय घरेलु मदिरा उत्पादक व्यापारीले हिउँदमा बनाएको मदिरा चैत–वैशाखमा यार्सा टिप्न पाटन जाँदा यार्सासँग साट्ने गर्छन् । ‘संस्थानको चामल मात्रै पकाउँदा भात स्वादिलो हुँदैन, घरेलु चामलसँग मिसाएर प्रयोग गर्नुपर्छ, हामीकहाँ घरेलु चामल उत्पादन हुन्न । त्यसैले अनुदानको सस्तो चामल किनेर मदिरा बनाउँछौं, स्वादिलो चामल किनेर खान्छौं’, छुमचौरका ताराबहादुर बोहोराले भने ।

    संस्थानको चामलले गाउँमा मदिरा बनाउने होड चलेको छ । ‘संस्थानलाई जसरी पनि चामल बेच्नु छ, स्थानीयलाई मदिरा बनाउनु छ, कसले निगरानी गर्ने ? ’, पातारासीका मणिकृष्ण बुढाले भने, ‘सदरमुकामका भोटे समुदाय तथा पातारासी र गोठीचौर गाउँपालिकाका खसान समुदायले बढी मात्रामा अनुदानको चामल लिएर मदिरा बनाउने गरेका छन् ।’

    तर, सर्वसाधारणले भने बिहे, भोजभतेरका लागि भन्दै संस्थानबाट चामल लिने गरेका संस्थान प्रमुख रणबहादुर ऐरले बताए । संस्थानको चामल केका लागि प्रयोग हुन्छ भन्नेबारे अहिलेसम्म अनुसन्धान नगरिएको उनको भनाइ छ । खाद्य संस्थानबाट अहिले अरुवा मोटो चामल प्रतिकिलो ४०, अरुवा मकवानपुर ३९, उसिना चामल ३४, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैयाँमा चामल बिक्री भइरहेको छ ।

    कसैले कर तिर्दैनन्

    जुम्लामा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन हुने गरे पनि कुनै पनि करको दायरामा आएका छैनन् । जिल्लाका १८ हजार घरधुरीमध्ये आधाभन्दा बढीमा घरेलु मदिरा उत्पादन हुन्छ । जुम्लामा जति पनि घरेलु मदिरा उत्पादन हुन्छन् ती सबै अवैध रहेको जिल्ला करदाता सेवा कार्यालयका करअधिकृत खडानन्द खत्रीले बताए । ‘घरेलु मदिरा उत्पादक कुनै पनि कर दायरामा छैनन्, गैरकानुनी रूपमा उत्पादित घरेलु मदिरा राज्यले बन्देज गर्नुपर्छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।

    गैरकानुनी रूपमा घरेलु मदिरा उत्पादन भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले स्विकारे । तर, यसको रोकथाम र नियन्त्रणमा प्रहरी प्रशासन लागिपरेको उनको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.