×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारतद्वारा महत्त्वाकांक्षी स्वास्थ्य योजनाको घोषणा

  •  
  • शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारत सरकारले स्वास्थ्य उपचारमा पहुँच नभएका दशौं लाख जनताप्रति लक्षित गर्दै एउटा मह्त्वाकांक्षी स्वास्थ्य बिमा योजनाको घोषणा गरेको छ।

    उक्त स्वास्थ्य बिमा योजना संसारमै सबैभन्दा ठूलो योजना हुनसक्ने ठानिएको छ।

    बजेटमार्फत प्रस्तुत सो योजना ग्रामीण भेगका मतदाताबीच लोकप्रिय हुने अपेक्षा गरिएको छ।

    हाल भारतले कूल गार्हस्थ उत्पादनको एक प्रतिशत भन्दा केही बढि रकममात्र जनस्वास्थ्य उपचारमा खर्च गर्दछ, जुन संसारमै निकै कममध्ये हो।

    आगामी वर्षमा हुने आम निर्वाचनको अघि ल्याईएको उक्त योजना भारतको वार्षिक बजेटमार्फत घोषण गरिएको हो।

    भारतका वित्तमन्त्री अरुण जेट्लीले पेश गरेको बजेटमा अर्बौं अमेरिकी डलर स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र ग्रामीण पूर्वाधार निर्माणका लागि छुट्याईएको छ।

    उनका अनुसार उक्त स्वास्थ्य बिमा योजनाले १० करोडभन्दा धेरै गरिब परिवारलाई समेट्नेछ भने प्रत्येक परिवारलाई वार्षिक पाँच लाख भारतीय रुपियाँ बराबर औषधोपचार सुविधा प्राप्त गर्नेछन्।

    भारतीय बजेट

    संसदलाई संबोधन गर्दै वित्तमन्त्री जेट्लीले सरकारको लगानीमा ल्याईएको यो योजना संसारमै सबैभन्दा ठूलो हुने बताए।

    उनले भने, ‘सरकार तीव्र र सही गतिमा देशव्यापी स्वास्थ्यको पहुँच पुर्‍याउने लक्ष्यमा अघि बढिरहेको छ।’

    बीबीसी न्युजकी देवीना गुप्ता भन्छिन्, बिहीवार पेश गरिएको बजेट ग्रामीण किसान र ग्रामीण भेगमा बस्ने मानिसहरुको हितमा बढी लक्षित रहेको छ।

    तर मन्त्री जेट्लीले भने उक्त बजेटले अन्य क्षेत्रलाई पनि विशेष सहुलियत प्रदान गर्ने र त्यसले थुप्रै रोजगारी सृजना गर्ने एवम् निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।

    गत हप्तामात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संरक्षणवादको चुनौतीबारे सचेत पार्दै गर्दा उनका मन्त्रीले विदेशी मोबाइल र टेलिभिजनको भन्सार शुल्क बढाएका छन्।

    उक्त निर्णयले भारतीय कम्पनीहरुलाई फाइदा पुग्ने भारत सरकारको आशा छ, तर एप्पल र गुगल जस्ता प्रविधिसम्बन्धी ठूला कम्पनीलाई घाटा पुग्ने छ।

    पछिल्लो समय निर्यात, निजी लगानी र कृषि आम्दानी ओरालो लागेका कारण अर्थतन्त्र खुम्चिएको चिन्ताका माझ नयाँ बजेटसँगै आर्थिक वृद्धि बढ्ने अनुमान गरिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.