×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बुधवारको चन्द्रग्रहण किन यति दुर्लभ खालको ?

  •  
  • बिहिबार, माघ १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विशेष किसिमको ग्रहणको अवस्थामा देखा पर्ने ब्लड मुन वा रक्त चन्द्र, पूर्ण चन्द्र ग्रहण तथा एकै महिनाभित्रकै दोस्रो पूर्णिमा एकै चोटि पर्दा हुने ब्लु मुन एकैचोटि परेको यस्तो खगोलीय घटना यो भन्दा १५२ वर्ष पहिले पनि भएको थियो।

    यो दुर्लभ घटना सबै ठाउँबाट राम्ररी देख्न भने सकिने छैन।

    संयुक्त राज्य अमेरिकाको पश्चिमी भाग, अस्ट्रेलिया र पूर्वी एसियाबाट चन्द्रग्रहणको दृश्य राम्रोसँग देखिने अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले बताएको छ।

    तर यूरोपका धेरैजसो भाग, अफ्रिका तथा दक्षिण अमेरिका भने यो दृश्य देख्नबाट वञ्चित रहने बताइएको छ।

    बुधवारको रात नै पृथ्वीको एकमात्र प्राकृतिक भू-उपग्रह चन्द्रमा, पृथ्वीको एकदमै नजिक पनि आएको छ।

    अझ जोड दिएर भन्ने हो भने बुधवारको चन्द्रग्रहणका क्रममा तीनवटा खगोलीय घटना एकैसाथ भएका छन्।

     यो चन्द्रग्रहण किन विशेष र दुर्लभ?

    सुपरमुन, ब्लु मुन र ब्लड मुन

    ‘सुपरमुन’ भन्नाले त्यस्तो खगोलीय घटना हो जतिबेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ र १४ प्रतिशत बढी चम्किलो हुन्छ।

    एकै महिनाभित्र पूर्ण चन्द्रमा दुई पटक देखिने अवस्थालाई ‘ब्लु मुन’ भनिन्छ।

    खासमा चन्द्र ग्रहण लाग्दा पृथ्वीको छायाले गर्दा चन्द्रमा कालो देखिन पुग्छ। तर आज लागेको चन्द्रग्रहणको क्रममा केही सेकेण्डका लागि चन्द्रमा पूरै रातो पनि देखिने बताइएको छ र यही अवस्थालाई ‘ब्लड मुन’ भनिन्छ।

    पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ।

    त्यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ।

    छायाको त्यस्तो अवस्था नै चन्द्रग्रहण हो।

    चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।

    चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ ।

    बुधवारको चन्द्र ग्रहण सन् २०१८ को पहिलो ग्रहण हो।

    ३३ वर्षभन्दा कम उमेरका मानिसहरुले आफ्नो जीवनमा ‘ब्लड मुन’ देख्न पाएको यो नै पहिलो मौका हो।

    नासाका अनुसार पछिल्लो पटक यस्तो ग्रहण सन् १९८२ मा लागेको थियो र अब त्यस्तो मौका २५ वर्षपछि मात्र सन् २०३३ मा आउनेछ।

    खगोल वैज्ञानिकहरुका लागि पनि बुधवारको घटना एकदम महत्वपूर्ण हो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.