×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

  •  
  • बुधबार, माघ १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १७, २०७४ काठमाडौँ — वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

    आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् ।

    ‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्यायाधीश पराजुलीले नै फोन गरेर मलाई धम्क्याउनु भयो’ अधिवक्ता भण्डारीले कान्तिपुरसित भने, ‘त्यसको केही सातापछि पनि उहाँको अर्को धम्कीपूर्ण फोन आयो। सामान्य होला भन्ठानेको थिएँ। मेरो फर्ममा नै अज्ञात व्यक्तिहरु आएर अस्वाभाविक गतिविधि गर्न थालेपछि पुरानो घटनासमेत सार्वजनिक गरेको हुँ।’

    गत असोजमा वरिष्ठताको उपाधी पाएका भण्डारी कानूनमा विद्यावारिधी गरेका व्यक्ति हुन्। उनी जापानलगायतका मुलुकका केही विश्वविद्यालयका अतिथि प्राध्यापक समेत हुन्। डा. गोविन्द केसी विरुद्ध अदालतको अवहेलना मुद्दाको प्रतिरक्षा गरेका उनले केही दिनअघि मात्रै पाका प्रशासनविद् र सरोकारवालाहरुले तयार पारेको ‘एनसेल करछली प्रकरण’मा सार्वजनिक सरोकारको मुद्दाको मस्यौदा गरेका थिए।

    प्रधानन्यायाधीश स्वयंले धम्क्याएको विषय सार्वजनिक भइसक्दा सर्वोच्च अदालतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। बारम्बारको प्रयासका बाबजुद सर्वोच्च अदालतका प्रबक्ता नारायण पन्थी सम्पर्कमा आउन चाहेनन्। प्रधानन्यायाधीश न्याय सेवा आयोगको बैठकमा व्यस्त रहेको भन्दै प्रधानन्यायाधीशको सचिवालयले समेत डा. भण्डारीको भनाईबारे प्रधानन्यायाधीश पराजुलीको प्रतिक्रिया दिन नसकिने जनायो।

    वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार, डा. गोविन्द केसीको मुद्दाको प्रतिरक्षा गरेर फर्केको दिन साँझ ५ बजेतिर फोन गरेर प्रधानन्यायाधीशले ‘मेरी श्रीमतीको ज्यान तलमाथि भयो भने तपाई बच्नुहुन्न’ भनेर धम्क्याएका थिए। सर्वोच्च अदालतमा डा. गोविन्द केसीले प्रश्न उठाएको प्रमाणपत्र र जन्ममिति विवादमा आफ्नी श्रीमतीले निकै तनाव झेलेको बताएका प्रधानन्यायाधीश पराजुलीले त्यसमा तलमाथि भए जिम्मेवार हुनुपर्ने भन्दै आफूलाई फोन गरेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।

    त्यतिबेला सामान्य आवेशयुक्त आक्रोश ठानेकाले उक्त टेलिफोन कुराकानी सार्वजनिक नगरेको उनले बताए। त्यसपछि नागरिक दैनिकमा ‘प्रधानन्यायाधीशले राजिनामा दिनुपर्छ’ भनी लेख प्रकाशित गरेपछि फेरी फोन गरेर ‘तपाईलाई बेकारमा बरिष्ठ बनाएछु’ भन्ने लगायतका आरोप लगाई फेरी धम्की दिएको उनले बताए।

    उक्त घटनालाई समेत सामान्य कुराकानीको रुपमा लिंदै अघि बढेको अवस्थामा एक्कासी आफ्नो ल फर्ममा केही व्यक्तिहरु आएर धम्क्याएपछि सबै विवरण सार्वजनिक गर्न बाध्य भएको भण्डारीले बताए। उनका अनुसार, फर्ममै कार्यरत अर्की कानून व्यवसायी इन्दु तुलाधर कार्यालयमा भएको अवस्थामा डा. सुरेन्द्र भण्डारी खै भन्दै केही युवाले ‘उनलाई ठिक पारिदिने’ भन्दै धम्की दिएर फर्किएका थिए। ‘त्यसपछि नै मैले आफू असुरक्षित महशुस गरेर यि सबै घटना विवरण सार्वजनिक गरी प्रशासनमा निवेदन दिएको हुँ’ भण्डारीले कान्तिपुरसित भने। उनका अनुसार, फर्ममा आएका व्यक्तिहरुले, ‘हामी को हौं र किन आएको भन्ने कुरा पछि देखाइदिनेछौं’ भनी फर्किएका थिए।

    कानून व्यवसायीहरुमाथि सामान्य हातपात र गालीगलौजा हुँदासमेत तत्काल बैठक बसेर प्रतिरोधमा उत्रिने नेपाल बार एसोसिएसन हालसम्म पनि मौन छ। बारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। डा. गोविन्द केसीले भने आफ्नो मुद्दाको प्रतिरक्षा गर्ने कानून व्यवसायीमाथि भएको धम्कीप्रति चिन्ता व्यक्त गरेका छन्।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.