×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘सुन्दर पश्चिम’ अभियन्ता

  •  
  • बुधबार, माघ १७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश अधिकारी

    माघ १७, २०७४ सुर्खेत — नेपाली भाषाको पहिलो अभिलेखका लागि चिनिन्छ दैलेख । विसं १०३८ मै लेखिएको दुल्लुस्थित दामु पालको अभिलेखदेखि राणा शासनको जग बसाल्ने जंगबहादुरका पिता बालनरसिंह कुँवरले जीर्णोद्धार गरेको मन्दिर यहीँ छन् ।

     नेपाली आर्य समुदायका दुई दर्जनभन्दा बढी थरको उदगम थलोको चिनारी पनि यसले बोकेको छ । यीलगायत मध्यपश्चिमका ऐतिहासिक सम्पदाहरू तन्नेरी पुस्तामा खासै प्रवद्र्धन हुन नसकिरहेका बेला फोटो पत्रकार भरतबन्धु थापा यति बेला यिनलाई मल्टि मिडियामा उतार्दै छन् । यसअघि मध्यपश्चिममै केन्द्रित भई ‘वाइल्ड वेस्ट नेपाल : अ पिक्टोरियल जर्नी’ पुस्तक ल्याइसकेका यिनी यति बेला दैलेखसँगै प्रदेश नम्बर ५, ६ र ७ लाई समेटेर तस्बिर र भिडियो प्रदर्शनीको अभियानमा लागेका हुन् ।
    ‘मुलुकको पर्यटकीय र सांस्कृतिक चिनारीलाई बल पुर्‍याउने अतुलनीय सम्पदा पश्चिम नेपालमा छन्,’ हालै पश्चिम एक फन्को घुमेर फर्किने क्रममा सुर्खेतमा भेटिएका भरतबन्धुले भने, ‘विडम्बना मान्नुपर्छ, यी सम्पदाको उचित प्रवद्र्धन हुन सकेको छैन ।’
    ब्याकप्याक, गगल्स अनि क्यामेरा । दैलेखको मन्घरका उनको धेरैजसो समय घुमफिरमै बित्छ । यो घुमफिरसँगै जोडिएको खास सपना छ, पश्चिम चिनाउने । यही सपनामा डोरिएर उनले आधा दशकदेखि पश्चिमकेन्द्रित फोटो प्रदर्शनी गर्दै आएका छन् । ‘समृद्ध मध्यपश्चिम’ थिममा उनले सुर्खेत, नेपालगन्ज, दैलेख र काठमाडौंमा एकल फोटो प्रदर्शनी गरिसकेका छन् भने नेपालभरकै सम्पदा र प्रकृति समेटेर भक्तपुरमा र सुदूरपश्चिम केन्द्रित रहेर धनगढीमा पनि एकल प्रदर्शनी गरिसकेका छन् ।
    उनको ‘समृद्ध मध्यपश्चिम’ प्रदर्शनीले राम्रै काम पनि गर्‍यो । पश्चिम नेपालमै सबैभन्दा बढी पर्यटक आइपुग्ने थलो बर्दियाको पर्यटकीय नक्सा उनैले बनाएका हुन् । यो जिम्मेवारी उनले आफ्नो ‘समृद्ध मध्यपश्चिम’ प्रदर्शनीकै ख्यातिका कारण पाएका थिए ।
    ‘बर्दिया पर्यटकीय थलो बनेको दुई दशक हुँदा पनि पर्यटकीय नक्सा बन्न सकेको रहेनछ,’ उनले अनुभव सुनाए, ‘बेलायतका राजकुमार हयारी पनि काठमाडौंबाट बाघ हेर्न कहीँ नगई सिधै बर्दिया आएका थिए । यस्तो थलोमा पनि नक्सा नहुनु दु:खद कुरा थियो ।’ पश्चिम नेपालको कला–संस्कृति, मठमन्दिर, ताल–झरना, वन्यजन्तु, हिमाली जनजीवन, प्राकृतिक सुन्दरताबाट मुलुकको अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने सम्भावना भए पनि आझेलमा परेको प्रति उनी गुनासिए ।
    तैपनि उनले आफ्नो व्यक्तिगत प्रयास जारी नै राखेका छन् । ‘यस पटक फोटो प्रदर्शनीसँगै भिडियो प्रस्तुतिलाई पनि जोडेको छु,’ पश्चिमका तीनवटै प्रदेशकेन्द्रित रहेर हुन लागेको प्रदर्शनीबारे उनले भने, ‘यसले पक्कै पनि नयाँ पुस्तालाई आफ्नो रुटतिर फर्काउन र पश्चिमको पयर्टकीय एवं सांस्कृतिक सम्पदा सम्वद्र्धनमा योगदान दिनेछ ।’
    यसबाहेक उनी दैलेख केन्द्रित रहेर फोटो पुस्तक पनि तयार पारिरहेका छन् । पुस्तकको मूल विषय दैलेखको इतिहास, प्रकृति र संस्कृति रहेको उनले जनाए । यसअघि छापिएको ‘वाइल्ड वेस्ट नेपाल : अ पिक्टोरियल जर्नी’ मा भने खप्तड, रारा, जुम्ला, अपि हिमाल, बर्दियाका कलासंस्कृतिसँगै पर्यटकीय पक्ष झल्कने फोटाहरू समेटेका थिए ।
    कुराकानी क्रममा उनले घुमफिर अविस्मरणीय अनुभव पनि सुनाए । ‘बडीमालिका खप्तड यात्रामा १६ घण्टा हिँडेर पनि दुई घुटकी पानीको भरमा सुत्यौं । बाटो भुलेर हैरान त्यस्तै,’ उनले भने, ‘हामीजस्तै थुपै्र पर्यटकले दु:ख पाइरहेका छन् । नक्सा छैन, होडिङ बोर्ड छैन ।’ गत वर्ष सिमकोटबाट पाँच दिन हिँडेर उनी हुम्लाको लिमी भ्याली पुगे । त्यहाँ उनले हजार वर्षभन्दा पुराना गुम्बाहरू भेट्टाए । तिब्बतसँग जोडिएको त्यहाँको मौलिक जनजीवन बाँकी दुनियाँका लागि रोचक थियो । क्यामेरामा कैद गरे । त्यसपछि ५४ सय मिटर उचाइमा पुगेर यार्सागुम्बा टिप्न जानेहरूको फोटो स्टोरी बनाए । तिनै फोटाका कारण उनले यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’पनि पाए ।
    ‘यसअघि यार्साबारे तल्लो भेकका मात्रै तस्बिरहरू आउँथे,’ उनले भने, ‘त्यति उचाइमा पुग्ने हिम्मत गरेर खिचिएको यार्सा फोटो अरूसितसायद छैन ।’
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.