×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राजधानी बाहिर बिरामीहरू ‘अझ बढी ठगिँदै’

  •  
  • बुधबार, माघ १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिकित्सासम्बन्धी योग्यता र अनुमति विनै उपचार गरी बिरामी ठग्ने प्रवृत्ति राजधानी काठमाण्डूका अतिरिक्त अन्य शहरमा पनि बढेको नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    गत सोमवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले एउटा उपभोक्तावादी संगठन र नेपाल मेडिकल काउन्सिलको सहभागितामा छापा मारेर बिरामी ठगेको आरोपमा अस्पताल सञ्चालक र केही विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

    उपभोक्तावादीहरूले काउन्सिलको हेलचेक्र्याइँका कारण स्वास्थ्य सेवा क्षेत्रमा जोखिम बढेको आरोप लगाएका छन्।

    उपभोक्ता हित संरक्षण मञ्चको उजुरीका आधारमा सीआइबीले तीन अस्पताल सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको हो।

    पक्राउ परेकामा अधिकांश चिनियाँ चिकित्सक रहेको र उनीहरू उपत्यकाका विभिन्न अस्पतालमा उपचार गरिरहेकै अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

    अनुसन्धान गर्दा उपत्यकाभित्र मात्रै नभइ बाहिरबाट पनि यस प्रकारको सूचना पाइएको छ। यसमा अनुसन्धान थप अघि बढ्छ।

    पुष्कर कार्की, निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो

    प्रहरीका अनुसार पक्राउ परेकालाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइनेछ।

    अनुमतीविना चिकित्सकलाई काममा लगाउनु गैरकानुनी भएको थाहा हुँदा-हुँदै अस्पताल सञ्चालकहरूले हेलचेक्र्याइँ गरेको पाइएको सीआइबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए।

    उपत्यका बाहिर उक्त संख्या निकै ठूलो हुन सक्ने बताउँदै उनले भने, “प्रक्रिया मिचेर चिकित्सकलाई गैरकानूनी ढङ्गले काममा लगाएको पाइएको छ। अनुसन्धान गर्दा उपत्यकाभित्र मात्रै नभइ बाहिरबाट पनि यस प्रकारको सूचना पाइएको छ। यसमा अनुसन्धान थप अघि बढ्छ।”

    नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ।

    तर उपभोक्ता हित संरक्षण मञ्चले नेपाल मेडिकल काउन्सिलकै हेलचेक्र्याँका कारण विदेशी चिकित्सकहरू विना कुनै अवरोध काम गरिरहेको र लाखौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाएको छ।

    आफूहरूले पटक-पटक त्यस्तो प्रवृत्तिवारे ध्यानाकर्षण गराउँदा पनि काउन्सिलले आँखा चिम्लेको मञ्चको आरोप छ।

    औषधि

    मञ्चका महासचिव ज्योति बानियाँले भने, “धेरै चिकित्सकहरू अहिले पनि दर्ता भएको अवस्था छैन। बिरामीलाई प्रयोगशाला बनाइएको अवस्था छ। यो पक्राउसँगै धेरै शक्तिकेन्द्रहरू चलखेल गरिरहेको अवस्था छ। पक्राउ परेकाहरू विभिन्न शक्ति वा राजनीतिक दलसँग नजिक भएर काम गरेको देखियो।”

    पक्राउ परेकालाई मुलुकी ऐन अन्तर्गत ठगी अभियोगमा थप अनुसन्धान गर्ने तयारी भएपनि विभिन्न कानूनी छिद्रको आडमा उनीहरू मुक्त हुने चिन्ता उपभोक्तावादीहरूको छ।

    गत वर्ष नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको भनिएका कैयौँ मानिस पक्राउ परे पनि उनीहरू पुन: काममा फर्किएको भन्ने आलोचना हुने क्रम रोकिएको छैन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.