×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !

  •  
  • बुधबार, माघ १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतिवेदन नआउँदै हतार–हतार आरोपितहरु तारिखमा रिहा  -सरकारी वकिल स्रोत भन्छ– ‘घटनास्थलमा उच्चारण गरेको भनिएका नाम, पीडितले बयानमा दिएको हुलिया र व्यक्तिको पहिचानसमेत सही ढंगले भएको अवस्थामा साधारण तारिखमा रिहा गरिनु आश्चर्यजनक छ’

    काठमाडौँ — पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

    ‘कसले घटना घटाएको भन्ने प्रश्नमा पीडित पक्षका कानुन व्यवसायीहरू कसैले कुन प्रतिवादीप्रति भनी देखाइदिन सकेको पाइँदैन,’ आदेशमा भनिएको छ, ‘पीडितले समेत यी–यी व्यक्तिले करणी गरेको भनी लेखाइदिन सकेको देखिँदैन ।’ कान्तिपुरलाई मुद्दाको सम्पूर्ण मिसिल उपलब्ध गराउने जिल्ला अदालतस्रोतका अनुसार प्रहरी प्रतिवेदनमा उक्त घटनामा भएको आक्रमणको विस्तार र हुनुपर्नेजति प्रमाण उपलब्ध छ । उपचारका क्रममा होस खुलेपछि पीडित युवतीले दिएको किटानी जाहेरीमा प्रतिवादीहरूको नाम स्पष्ट रूपमा उल्लेख गरी आफूमाथि आक्रमण, मुख थुन्ने काम र ढुंगा प्रहार भएको उल्लेख गरेकी छन् । जाहेरीअनुसार पीडितमाथि सुरुमै ढुंगा प्रहार भएको देखिन्छ । त्यसपछि उनी बेहोस भइन् । जिल्ला सरकारी वकिल कार्यालयस्रोतले भन्यो, ‘बेहोस अवस्थामा उनले आफूमाथि क–कसले जबर्जस्ती गरे, थाहा पाउने कुरै भएन ।’

    जिल्ला अदालतको आदेशबाट रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर आश्चर्यजनक ढंगबाट साधारण तारिखमा रिहा भएका हुन् । तीनै जना पीडितका नजिकका छिमेकी हुन् भने विशालध्वज र पवन त अत्यन्त मिल्ने साथीसमेत हुन् ।

    पीडितले घटनास्थलमा आक्रमण हुनासाथ ‘रघु–रघु’ भनी बोलाइएको र रघु सिलवाल आएको भनी किटानी दरखास्त दिएकी छन् । त्यसपछि भने टर्च बालेर ‘विशाल’ र ‘पवन’ भनेरसमेत बोलाइएको भनी विशालध्वज कार्की र पवन कुँवरको नाम किटेकी छन् । आरोपितहरूको वीर्य परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको छ । उक्त प्रतिवेदन नआउँदै जिल्ला अदालतले थुनछेक बहसपछि ‘हतार’ मा आरोपितहरूलाई तारेखमा रिहा गरेको देखिन्छ ।

    आदेशमा आरोपितहरूलाई सामान्य तारेखमा रिहा गर्नुको अर्को आश्चर्यजनक आधारसमेत उल्लेख छ । ‘पीडितउपर परेको चोट आरोपितले प्रहार गरेको कारणबाट भन्ने देखिँदैन,’ जिल्ला अदालतले ‘ज्यान मार्ने प्रयास भएको तर तेस्रो पक्षको उपस्थितिले त्यो रोकिएको भन्ने सबुद प्रमाणबाट नदेखिएको’ ठम्याएको छ । बयानमा भने पीडित ‘गोदामचौर–क’ ले आफूमाथि प्रहार गर्ने व्यक्तिले ‘रघु–रघु’ भनी चिच्याएको र पछि मोबाइलको उज्यालोमा आफूमाथि आक्रमण गर्नेको अनुहार चिनेको बताएकी छन् । त्यतिले मात्रै प्रमाण नपुग्ने भएकाले अन्य व्यक्तिलाई समेत सामेल गराई चिन्न लगाउँदा पीडितले आरोपितहरूको पहिचानगरेकी थिइन् ।

    न्यायाधीश दवाडीको थुनछेक आदेशमा लामो समयको अन्तरालपछि पीडित महिलाले आरोपितको नाम उल्लेख गरेको घटनालाई समेत शंकास्पद ढंगले हेरेका छन् । ‘पीडितले मुद्दाको अनुसन्धान क्रममा लामो समयको अन्तरालमा प्रतिवादीको संलग्नता देखाएका आधारमा,’ आदेशमा भनिएको छ, ‘थुनामा राखिरहनु न्यायसंगत नहुँदा पछि ठहरेबमोजिम हुने गरी तीनै जनालाई तारेखमा राखी पुर्पक्ष गर्नू ।’

    सरकारी वकिल स्रोतका अनुसार आदेशले बलात्कार हुनुअघि नै पीडितमाथि आक्रमण भएको र त्यसक्रममा उनी बेहोस भएको घटनालाई बेवास्ता गरेको छ । घटनाको भोलिपल्ट बाटोमुनिको तोरीबारीमा बेहोस अवस्थामा भेटिएकी पीडितको एक साता लामो शिक्षण अस्पतालको आईसीयूमा रहेपछि मात्रै होस खुलेको थियो । बोल्न सक्ने भएपछि मात्रै पीडितको किटानी जाहेरीका आधारमा आरोपितहरू पक्राउ परेका थिए ।

    जिल्ला अदालतको आदेशमा जबर्जस्ती करणीको विषयवस्तु उल्लेख छैन । जब कि स्वास्थ्य परीक्षणले समेत पीडितमाथि बलात्कार भएको तथ्य स्थापित गरेको छ । गोप्य एवं एकान्त खालका ठाउँमा घटनाको प्रयास हुने र साक्षीको अभाव हुने भएकाले बलात्कारका घटनामा पीडितको किटानी जाहेरी महत्त्वपूर्ण प्रमाण मानिन्छ । त्यसमाथि पीडितको भनाइमा प्रहरीले बारम्बार सत्यता परीक्षण गरेर मुद्दा दायर गरेको अवस्थामा प्रमाणलाई बेवास्ता गर्नु अस्वाभाविक हुने ती सरकारी वकिल स्रोतको दाबी छ ।

    लामो समय अचेत भएका कारण पीडितको भनाइको सत्यतामा समेत प्रश्न उठाई प्रहरीले परीक्षण गरेको थियो । उदाहरणका लागि पीडितले बयानका क्रममा आफू सातदोबाटोबाट घर फर्कने क्रममा हिमालयन बैंकको एटीएमबाट ३ हजार रुपैयाँ निकालेको बताएकी थिइन् । त्यस क्रममा अनुसन्धान गर्दा उनले बताएकै समयमा उक्त एटीएम मेसिनबाट ३ हजार रुपैयाँ नै निकालेको तथ्य खुल्यो । पोलिग्राफ बयानमा आरोपितहरूले झूटो नबोलेको संकेत मिलेको तथ्यलाई महत्त्वका साथ उठाइएको छ । तर आरोपितहरूको बयान भने झूटो रहेको तथ्यसमेत प्रहरीले संकलन गरिसकेको थियो । अदालतमा ल्याइएका आरोपितहरूले घटना भएको दिनको बयान सुनाउने क्रममा एकअर्कामा बाझिने कुरा गरेका थिए । तीन जनामध्ये कसैले मंसिर २ गते साँझसम्म पुल खेल्न गएको भनेका छन्, अनुसन्धान क्रममा उक्त दिन पुल हाउस नै बन्द रहेको पुष्टि भयो । मंसिर ३ गते गाउँले युवती बलात्कृत भएको घटनाक्रम थाहा पाएर हतार गर्दै पाटन अस्पतालसम्म कुरा बुझ्न गएको भन्ने बयान पनि शंकास्पद देखिएको छ । जिल्ला अदालतले आरोपितहरूलाई रिहा गर्ने क्रममा भने यी विवरण उल्लेख गरेको छैन ।

    अर्कोतर्फ, पीडितले बयानमा आरोपितहरूको हुलिया (शरीर र पहिरन) बताएकी थिइन् जुन पक्राउ परेका व्यक्तिसँग मिल्दोजुल्दो देखियो । ‘घटनास्थलमा पीडितहरूले उच्चारण गरेको नाम, हुलिया र व्यक्तिको पहिचानसमेत सही ढंगले भएको अवस्थामा,’ सरकारी वकिल स्रोतले भन्यो, ‘साधारण तारिखमा रिहा गर्नु आश्चर्यजनक छ ।’

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.