दुई अध्यक्षबीच पार्टी एकता प्रक्रियामा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउने तथा गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको माओवादी केन्द्रका एक नेताले बताए । ओली र प्रचण्डबीच प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको स्रोतको दाबी छ ।

ओली र प्रचण्डबीच भएको गोप्य छलफलले प्रदेशको मुख्यमन्त्रीको पनि टुंगो लगाएको छ ।

प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य
प्रदेश नम्बर ४ मा किरण गुरुङ
प्रदेश नम्बर ५ मा शंकर पोखरेल
प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही
प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी

प्रदेश नम्बर १ मा भने एमालेका भीम आचार्य र शेरधन राईबीच विवाद भएको कारण टुंगो लाग्न नसकेको बताइएको छ।

यस्तै प्रदेश नं २ मा विजय यादवको चर्चा रहेको छ ।

himalayapost