×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘मगाउन लगाएर सरकारले जस्तापाता किनेन’

  •  
  • मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    तस्वीर सरकारकै निर्देशन अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि आयात गरिएको जस्तापाता सरकारले खरिद नगरिदिँदा करोडौँ रूपैयाँ घाटा बेहोर्नुपर्ने भएपछि साल्ट ट्रेडिङ् कर्पोरेशनले बेच्न लागेको बताएको छ।

    भूकम्पका कारण भत्किएका सरकारी भवन निर्माणका लागि मगाइएको भएपनि स्वास्थ्य र शिक्षा मन्त्रालयले किन्न नमानेपछि ती जस्तापाता थन्किएका छन्।

    भारतबाट ५० हजार बण्डल जस्तापाता किनेकोमा एक बण्डल पनि बेच्न नसकेको कर्पोरेशनले साढे २ वर्षको अवधिमा ऋणको ब्याजका लागि मात्र झण्डै ७ करोड रूपैयाँ घाटा लागेको जनाएको छ।

    मन्त्रिपरिषद्को निर्देशन अनुसार किनिएको र शुरूमा बजारमा बेच्न अनुमति नदिइएको उक्त जस्तापाता ८० करोड रुपैयाँ बराबरको थियो।

    तर शिक्षा र स्वास्थ्य मन्त्रालयले किन्न नमानेपछि समस्यामा परेको कर्पोरेशनका सह-महाप्रबन्धक कुमार राजभण्डारीले बताए।

    आफ्नै खरिद प्रक्रिया हुने भन्दै उनीहरू किन्न मानेनन्। न त हामीलाई बाहिर बेच्ने स्वीकृति नै दिइयो। जसले गर्दा हामी घाटामा जान बाध्य भयौँ।

    कुमार राजभण्डारी, सह-महाप्रबन्धक, साल्ट ट्रेडिङ् कर्पोरेशन

    उनले भने, “शिक्षा र स्वास्थ्य मन्त्रालयलाई किनिदिन हामीले पटक-पटक अनुरोध गर्‍यौँ। तर आफ्नै खरिद प्रक्रिया हुने भन्दै उनीहरू किन्न मानेनन्। न त हामीलाई बाहिर बेच्ने स्वीकृति नै दिइयो। जसले गर्दा हामी घाटामा जान बाध्य भयौँ।”

    कर्पोरेशनले पटक-पटक बेच्नका लागि गरेको अनुरोध सम्बन्धित मन्त्रालयले अस्वीकार गरेपछि आपूर्ति मन्त्रालयको पहलमा साढे २ वर्षपछि उक्त जस्तापाता बजारमा बेच्न सरकारले स्वीकृति दिएको कर्पोरेशनले जनाएको छ।

    तर राम्रो गुणस्तरको जस्तापाता बेच्दा लाग्न सक्ने घाटा सरकारले बेहोर्ने वाचा गरेको कर्पोरेशनका सह-महाप्रबन्धक राजभण्डारीले बताए।

    आपूर्तिमन्त्री जयन्त चन्दले पनि कर्पोरेशनलाई अन्यायमा नपार्न पहल गर्ने बताए।

    उनले भने, “जस्तापाताको रकम पनि ठूलो भयो र समय पनि धेरै नै बितिसकेको छ। उनीहरूले जे गर्दैछन् त्यो ठिक छ। त्यसमा घाटा भएमा मन्त्रालयले क्षतिपूर्ति दिन सकारात्मक रूपमा अगाडि बढ्छ।”

    सरकारको २१.५ प्रतिशत लगानी भएको साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक निजी साझेदारी कम्पनी हो।

    भूकम्पका बेला कर्पोरेशनलले त्रिपाल पनि खरिद गरेर बेचेको थियो।

    सरकारले नै गरेको निर्णय सरकारी निकायले नै पालना नगर्दा जस्तापाताबाट कर्पोरेशनलाई ठूलो क्षति पुग्न गएकोमा कतिपयले सरकारको आलोचना गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.