×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रानीपोखरी पुनर्निर्माण – पुरातत्त्वको बखेडा

  •  
  • मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — रानीपोखरीमा डेढ वर्षअघि विवाद आउँदा पुरातत्त्व विभागले प्रमाण भेटिए प्राचीन शैलीमा पुनर्निर्माण गर्न सकिने बताएको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरले कान्तिपुरसँग भनेका थिए, ‘प्राचीन शैलीको प्रमाण भेटियो भने त्यहीअनुसार निमार्ण गर्न तयार छौं ।’

    उनै व्यक्तिका दुईथरी कुरा किन आए भनेर आश्चर्यमा छन् सम्पदाप्रेमी । ‘पहिला पुरातत्त्वले आफूले बनाउने जिम्मा लिएको थिएन । त्यतिबेला यसको निर्माणको जिम्मा महानगरपालिकाले लिएको थियो । महानगरले बनाउने बेलामा चाहिं प्राचीन शैली भन्ने अनि अहिले आफूले बनाउनुपर्ने बेलामा चाहिं सांस्कृतिक परिवर्तन भनेर बखेडा निकाल्ने ?’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘यो सब कमिसनको खेल हो । ठेक्कापट्टाको खेल हो । हामी यो वा त्यो बहानामा सम्पदा मासिन दिंदैनौं ।
    विज्ञले प्रमाणसहित प्रताप मल्लको पालाको स्वरूप दिएको छ । यसलाई पुरातत्त्वले नमानी सुखै छैन । अनेक परिभाषा दियो भन्दैमा हामी पत्याउन तयार छैनौं । विज्ञले दिएकै शैलीमा बनाउन हामी पुरातत्त्व विभागलाई बाध्य बनाउँछौं ।’ रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिं यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको विज्ञ समितिका संयोजक पुरातत्त्व विभागका पूर्वमहार्निदेशक विष्णु कार्कीले जानकारी दिए ।
    ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ । उक्त चित्र सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपाल घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि प्रताप मल्लकै शैलीमा पुनर्निर्माण गर्न सुझाव दिने गरी बनेको विज्ञ समिति सदस्यमा उनै कुँवर समितिमा छानिए । समितिले प्रतिवेदन बुझाउने क्रममा कुँवरसहित पुरातत्त्व विभागका तीन जना सदस्यले हस्ताक्षरै गरेनन् ।
    हस्ताक्षर नगरेपछि कँुवरले भने, ‘यो सांस्कृतिमा आएको परिवर्तन हो । राणाकालमा संस्कृतिमा परिवर्तन आयो । परिवर्तन आएको संस्कृतिलाई स्विकार्नुपर्छ । राणाकालमा आएको सांस्कृतिक परिवर्तनलाई हामीले मास्नु हुँदैन ।’
    रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिरको कामको निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ । मन्दिरको पनि पहिला महानगरले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसलाई भत्काएर पुरातत्त्वले निर्माणको जिम्मा लिएको थियो । मन्दिरको निर्माण लागत १ करोड २६ लाख रुपैयाँ छ । पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न तथ्यसमेत प्राप्त भएको कार्कीले जानकारी दिए । त्यही प्राप्त तथ्यको आधारामा पोखरी पुनर्निर्माण गर्न पनि समितिले सुझाव दिएको छ ।
    पुरातत्त्वले भने विज्ञ समिति पोखरीको अध्ययन गर्नका लागि मात्रै भएकाले मन्दिरको विषयमा विज्ञ समितिले दिएको प्रतिवेदन मान्नुपर्ने बाध्यता नरहेको बताएको छ । मन्दिरका धेरै काम सकिएका छन् । अब यसलाई चलाउन थाल्ने हो भने ५ वर्षमा पनि मन्दिर निर्माण सकिंदैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.