कैलासबावु श्रेष्ठ/गोरखा
माघ १३ गते । सनिबार बिहान धनुषामा भएको टाटासुमो दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन । काठमाडौंवाट झापातर्फ जाँदै गरेको बा.९ च ३३१४ नम्बरको टाटासुमो धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलपुरमा विहान २ः३० बजेतिर दुर्घटना भएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा संखुवासभा धर्मदेवी नगरपालिका ९ का २२ वर्षिय छत्रबहादुर जिमी, मोरङको विराटनगर महानगरपालिका ४ की ४५ वर्षिया शारदा रेग्मी, मोरङ लेटाङका ४० वर्षिय खेमबहादुर रानामगर तथा मोरङकै ३२ बर्षिय प्रल्हाल न्यौपाने रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
टाटासुमो बाटोको छेउमा रहेको पोखरीमा खसेर दुर्घटना हुदा खोटाङको निर्मल डाँडाका २७ बर्षिय ज्ञानबहादुर चौहान र पाँचथरकी ३१ वर्षिया प्रणिता राईको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन । घाइते सबैलाई पोखरीमा डुबेको टाटासुमोबाट सिसा फुटाएरु बाहिर निकालिएको थियो ।
घाईते सबैको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले भने तिब्र गतिका कारण टाटा सुमो अनियन्त्रित भै पोखरीमा खसेको हुनसक्ने अनुमान गरेको छ ।
त्यस्तै गएराति नै पाँचथरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ओयाम भञ्याङवाट चरिभञ्याङ आउदै गरेको ग. १ ज ६०८५ नम्बरको जीप सिमलेभिरवाट ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि याडबरक गाँउपालिका ३ ओयामका १६ बर्षिय सन्दीप योङया र १८ बर्षिय प्रवेश योङयको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापा पठाइएको छ । दुर्घटनाको कारण भने अहिले सम्म पनि खुल्न सकेको छैन ।




















