×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भारतीय दूतावासको भोजमा किन गएनन् ओली ?

  •  
  • शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ । दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो ।

    नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए ।

    तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

    ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर ओली काठमाडौँ फर्किने कार्यक्रम छ ।

    गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । तर, अन्य शीर्ष नेताहरु भने त्यो कार्यक्रममा पुगेका थिए ।

    एक सातअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिएका थिए । उनले ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका थिए । प्रत्युत्तरमा ओ‌लीले पहिले मोदीलाई नेपाल आउन आग्रह गर्दै मुक्तिनाथ र जनकपुर घुमाइदिने उल्लेख गरेका थिए ।

    ओलीका प्रेस सं‌योजक चेतन अधिकारीले अध्यक्ष ओली शुक्रबारै पोखराबाट काठमाडौँ फर्किन लागेको बताउँदै राजधानी आएपछि उनी कुनै कार्यक्रममा सहभागी हुने योजना नरहेको जानकारी दिए ।

    कुन् कुन् नेता पुगे दूतावास ?

    लैनचौरस्थित भारतीय दूतावासमा गरिएको गणतन्त्र दिवसको प्रमुख अतिथिकारुपमा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा पनि अतिथिका रुपमा पुगेर औपचारिक कार्यक्रम तथा दिवा भोजमा सहभागी भए ।

    दूतावासको कार्यक्रममा पुगेका नेपालका शीर्ष नेताहरु । तस्बिर: रासस

    त्यसैगरी यो कार्यक्रममा पू्र्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी भए ।

    दूतावासको भोजमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजय गच्छदार र बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि सहभागी भए । कार्यक्रममा अभिनेत्री मनीषा कोइराला पनि सहभागी भइन्।

    त्यसैगरी दूतावासले शीर्षस्थ मधेसवादी नेताहरुलाई पनि बोलाएको थियो । उनीहरु पनि दिवा भोज कार्यक्रममा सहभागी हुन दूतावास पुगेका छन् ।

    दूतावासले गरेको दिवा भोजमा प्रम ओलीबाहेक दलका शीर्ष तथा दोस्रो तहका नेताहरु पनि सहभागी भएका छन् । भावी प्रम तथा एमाले अध्यक्ष ओलीले भने दुतावासको निम्तो आएर पनि सामुदायिक रेडियको कार्यक्रममा सहभागी हुन सचिवालयका केही सदस्यसहित पोखरा हिँडेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.