×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली पर्वतारोहणकी अध्येता रहिनन्

  •  
  • शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालका अग्ला हिमाल आरोहणहरूको ५० वर्षभन्दा धेरै समयदेखि अभिलेख राख्दै आएकी एकजना अध्येता एलिजाबेथ हलीको ९४ वर्षको उमेरमा काठमाण्डूस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

    काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालले उनको निधन शुक्रवार बिहान भएको पुष्टि गरेको हो।

    सन् १९६० यता लगभग सबैजसो समय उनी नेपाल बस्दै आएकी थिइन्।

    पत्रकारसमेत रहेकी उनी रोयटर्स र टाइम जस्ता प्रतिष्ठित पत्रिकाहरूमा काम गर्थिन्।

    उनले ‘द हिमालयन डाटाबेस’ नामक वेबसाइटमा पर्वतारोहणसम्बन्धी सबै अभिलेखहरू तथ्यांकसहित राखेकी छन्।

    उनलाई सन् १९८० को दशकदेखि चिन्दै आएका पत्रकार कुन्द दीक्षितले उनीबारे भने, “कुन हिमालमा कुन समय को कहाँबाट चढ्यो र त्यतिबेलाको मौसम कस्तो थियो भन्ने सम्मको तथ्यांक उहाँले संकलन गरेर राख्नुहुन्थ्यो।”

    सन् १९२३ मा जन्मिएकी हलीले मिसिगन विश्वविद्यालयमा पढेकी थिइन्।

    न्यूयोर्कस्थित फर्च्युन पत्रिकामा अनुसन्धानकर्ताको रुपमा काम गरिरहँदा उनी आफ्नो जागिर छोडेर विश्व भ्रमणमा निस्किएका बेला काठमाडौं आएकी थिइन्।

    त्यसपछि नै उनी हिमालबारे अनुसन्धान गर्न प्रेरित भइन् र सन् १९६३ देखि हिमाल आरोहणसम्बन्धी विवरणहरू संकलन गर्दै आएकी थिइन्।

    त्यतिबेला नेपाल भर्खरै विदेशी पर्यटकका लागि खुल्ला गरिएको थियो।

    उतिबेला नेपाली महिलाहरू एक्लै सार्वजनिक ठाउँहरूमा नदेखिने गरेको उनले केही वर्षअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा बताएकी थिइन्।

    एलिजाबेथ हली

    करिब ३० वर्षको उमेरमा उनी काठमाडौंमा एक्लै बसेको देख्दा धेरैले त्यसबारे चासो लिन्थे।

    उनले त्यतिबेला नेपालबाट पर्वतारोहणबारे समाचार रोयटर्स समाचार संस्थालाई पठाउन थालिन्।

    उनी नेपाल आएदेखि नै काठमाण्डूको डिल्लीबजारस्थित भण्डारी कम्पाउण्डमा बस्न थालिन्।

    र, त्यसयता सधैँ त्यहीँ बसिन्।

    सगरमाथा आरोहण गर्ने पहिला व्यक्ति एडमण्ड हिलरी पनि नेपाल आउँदा उनी बसेकै घरमा बस्थे।

    आफूहरु मिल्ने साथी रहेको उनले यसअघि बीबीसीलाई बताएकी थिइन्।

    उनले पर्वतारोहणबारे मात्रै होइन नेपालको सन् २००१ मा भएको दरबार हत्याकाण्डपछि पनि सत्यतथ्य समाचारहरू अन्तर्राष्ट्रिय समाचार संस्थालाई पठाउने गर्थिन्।

    पत्रकार दीक्षितले भने, “नेपालका विभिन्न गतिविधिका समाचार उहाँ पठाउनुहुन्थ्यो। दरबारसँग निकट सम्बन्ध रहेकोले उहाँले पठाएका सूचनाहरू तथ्यमा आधारित हुन्थे। अब नेपाललाई अन्तर्राष्ट्रिय जगत्‌मा चिनाउने र नेपालका गतिविधि संसारभर बताइदिने व्यक्ति रहिनन्।”

    उनी नेपालका लागि न्यूजिल्याण्डकी अवैतनिक वाणिज्य दूत समेत भएकी थिइन्।

    एलिजाबेथ हली

    उनले शुरु गरेका हिमाल पर्वतारोहणसम्बन्धी सूचना संकलनलाई केही पर्वतारोहीहरूले निरन्तरता दिन थालेको बताइएको छ।

    उनले राखेका तथ्याङ्कहरुले हिमाल आरोहणका कतिपय विवादहरु समेत निरुपण गरेका उदाहरण छन्।

    उनले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीहरूलाई संकलन गरी तयार पारिएको ‘द नेपाल शिन’ नामक पुस्तकको दुई भाग प्रकाशित छ।

    उक्त पुस्तकमा नेपालको गएको ४० वर्षका विभिन्न घटनाक्रमहरू समेटिएको पत्रकार दीक्षितले बताए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.